निर्णय नं. २२७३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२७३ - लेनदेन भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/०३ २७२३ निर्णय नं. २२७३ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ७८८ मुद्दा : लेनदेन । पुनरावेदक/प्रतिवादी: धनुषा जिल्ला जनकपुर नगर पञ्चायत वडा नं. ६ बस्ने झावरमल गोयन्का विरूद्ध विपक्षी/वादी: राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखा धनुषाका मैनेजर वेदमान सिंह मल्ल फैसला भएको मिति: २०४२।२।३।५ मा हक अधिकार नै नभएको व्यक्तिबाट दायर भएको फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.१४) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान व.अ. श्री कृष्ण प्रसाद पन्त विपक्षी/वादी तर्फवाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी फैसला न्या.धनेन्द्र बहादुर सिंह: मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. जनकपुर नगर पञ्चायत वडा नं. २ स्थित बेनी माधोको घरमा राखिएको रु. ३३,०००। मूल्यको ३७ थान सुटिङका कपडाहरू सुरक्षण वापत राखी ०२८।९।२८ गते लिखत गराई उल्लिखित शर्त पालन गर्ने गरी रु. २३,००१। कर्जा दिएकोमा विपक्षीले भाषामा सावाँ ब्याज समेत नबुझाई शर्तको उल्लंघन गरेको हुँदा वा.बै. ऐन, ०३१ को दफा ४७ खण्ड (ङ) को अधीनमा रही सुरक्षण वापत राखेको कपडा ०३४।४।५ मा लिलाम गर्दा रु. ४८००। प्राप्त भएको उक्त रकम र निजले दाखिल गरेको सावाँ मध्यकै रकम कट्टा गर्दा आजसम्म बाँकी रहेको रु. ४६३७।९५ र शुरू देखिको ब्याज राष्ट्र बैङ्कले निर्धारित गरे बमोजिम हुन आउने रू. ११२०९।९४ समेत गरी जम्मा रु. १५८४७।८९ विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत राष्ट्रिय बाणिज्य बैङ्क जनकपुर शाखा धनुषाका मैनेजर बेदमान मल्लको फिरादपत्र । ३. मेरो ३७ थान कपडा रु. २३,१००। को लागि सुरक्षणमा राखिएको सो सामान रु. २३,१००। मा पनि निश्चित रूपले कम्तिमा २५ प्रतिशत थप मूल्यको थियो । त्यस्तो सामान ४८००। मा लिलाम भएको भन्ने भनाई फरेव हो । कानुन बमोजिम लिलाम गर्नुअघि प्राकृतिक न्याय सिद्धान्त अनुरूप मलाई सूचना दिनुपर्ने त्यस्तो गरिएन । ०३३।५।१४ मा मलाई प्रेषित गरेको पत्रमा साँवा रु. ९२५०। देखाइएको छ । फिरादमा लिलामबाट आएको रु. ४८००। कट्टा गर्दा बाँकी हुन आएको रकम रु. ४६३७।९५ देखाएको गलत छ । दावी प्रष्ट एवं तथ्यमा आधारित छैन भन्ने समेत झावरमल गोयन्काको प्रतिउत्तरपत्र । ४. वादी दावी बमोजिम धितो राखेको कपडा ३७ थान मध्ये १६ थान लिलाम भएको कागज देखिन्छ । बाँकी २१ थान कपडा लिलाम भएको कागज कर्जा सम्बन्धी फाइलमा नरहेको फाइलमा हेर्दा शिवचन्द्रको गोदाममा धितो राखेको कागज देखिन्छ, बेनी माधोको गोदाममा राखेको भनेको फिराद दावी बमोजिम कागज देखिँदैन भन्ने समेत व्यहोराको ०३६।६।७ मा प्रतिवादीको वा विष्णुप्रसादले गरेको बयान । ५. दावी बमोजिम सावाँ ब्याज रु. १५,८४७।८९ र मुद्दा फैसला हुँदाको अवस्थासम्मको बैङ्कको नियमानुसारको ब्याज समेत वादीले प्रतिवादीबाट असूल उपर गरी लिन पाउने ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको ०३८।२।२५ को फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी झावरमलको पुनरावेदन । ७. दावी बमोजिम सावाँ ब्याज भराउने गरेको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।३।२१ को फैसला । ८. वाणिज्य बै