निर्णय नं. २२७४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२७४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/१७ २३०३ निर्णय नं. २२७४ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् ०४१ सालको रि.नं. १२३२ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक : जि.दोलखा गा.पं. माटी वा.नं. ४ बस्ने लक्ष्मण खत्री । विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय काठमाडौं । प्रहरी नायव निरीक्षक,जिल्ला प्रहरी कार्यालय काठमाडौं । बागमती अन्चल प्रहरी कार्यालय,काठमाडौं । मध्यक्षेत्र प्रहरी कार्यालय,काठमाडौं । प्रहरी नायव-महा-निरीक्षक,मध्यक्षेत्र प्रहरी कार्यालय,काठमाडौं। प्रहरी प्रधान कार्यालय । प्रहरी महानिरीक्षक,प्रहरी प्रधान कार्यालय,काठमाडौं। आदेश भएको मिति:२०४२।२।१७।५ मा प्रहरी नियमावलीको नियम ९.६(२) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ग) अनुसार सफाईको मौका दिन मनासिव नपरेको भन्ने व्यहोरा सो पर्चामा खुलाएको देखिँदैन । तसर्थ त्यस्तो पर्चालाई उक्त नियम ९.६(२)(ग) अनुसारको पर्चा भन्न मिल्दैन । (प्रकरण नं. १५) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः पदबाट बर्खास्त गर्ने गरेको निर्णय पर्चा लगायत पुनरावेदन तहबाट भएको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटको संक्षिप्त विवरण यस प्रकार छ । २. निवेदक हाल प्र.स.नि. पदमा छु र देश नरेशको सेवा गर्दै आएको छु । आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा मिति ०४०।३।६।२ मा प्रहरी सेवाबाट बर्खास्त गरिएको व्यहोराको पत्र दिइयो, उक्त पत्रमा प्रहरी नियमावली, ०३३ को नियम ९.५ को (ग)(ङ) अनुसारको कसूर गरेको प्रमाणित हुन आएकोले प्रहरी नियमावली, ०३३ को ९.५ को देहाय (क) र (ङ) अनुसार सरकारी नोकरीको लागि सामान्यतया अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको व्यहोरा उल्लेख छ । ३. मिति ०४०।२।२८ का राति थुनवा इन्द्रबहादुर के.सी. र राजकुमार राउतलाई सम्बन्धित गार्डले दिशा पिसाब गराउन लाँदा भागेको विषयलाई लिएर निवेदक लगायतसँग जिल्ला प्रहरी कार्यालय काठमाडौंमा बयान लिने काम गरेको थियो । पछि निज कैदीहरू राति ग्रिल काटी भागेको भन्ने प्रतिवेदन अनुसार कारवाही भई मलाई नोकरीबाट हटाइएको रहेछ । त्यस उपर पुनरावेदन दिंदा पनि शुरूकै कारवाहीलाई सदर गरी ०४१।२।२९ मा निर्णय भयो । ४. मलाई त्यसरी बर्खास्त गर्नुभन्दा पूर्व प्रहरी नियमावली, ०२१ को नियम ९.६ बमोजिम सफाई पेश गर्ने मौका दिइएको छैन । २ पटक स्पष्टीकरण माग्नुपर्ने उक्त नियमको व्यवस्था अनुशरण गरिएन जुन प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । निर्णय पर्चा कहाँबाट भएको भन्ने पनि उक्त मलाई दिएको पत्रबाट खुल्दैन । प्रहरी ऐन, ०१२ को दफा ११ ले विभागीय कारवाही र सजायँको कार्यविधि र पुनरावेदन सम्बन्धमा व्यवस्था गरेको छ । उक्त दफा ११(१) मा दफा ९ बमोजिम विभागीय सजायँ गर्ने अधिकारीले कुनै प्रहरी कर्मचारीलाई बर्खास्त गर्ने आदेश दिँदा सो गर्नाको आधार सहितको अभियोग सोबारे जाँचबुझ गरेको व्यहोरा, निजलाई सफाईको मौका दिएकोमा निजको सफाइको जिकिर र सो जिकिर बमोजिम थप केही बुझिएको भए सो समेत बारे आफ्नो ठहर लेखी र सफाइको मौका नदिएकोमा सो दिन मनासिव नपरेको अवस्था देखाई व्यहोरा खुलाइएको पर्चा समेत खडा गरी सही गर