निर्णय नं. २२७५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२७५ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/०३ २३१७ निर्णय नं. २२७५ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १३२३ विषय : उत्प्रेषण । निवेदक : का.न.पं. १९ वार्ड का.जि.ढोकाटोल बस्ने बलभद्र मिश्र समेत । विरूद्ध विपक्षी : जिल्ला भूमि सुधार कार्यालय काठमाडौं डिल्लीबजार । का.न.पं. १९ वार्ड का.जि. दमाईटोल बस्ने प्राणमाया महर्जन । आदेश भएको मिति: २०४२।२।३।२ मा मोहीको मृत्यु पछि मोही हक कसलाई प्राप्त हुने भन्ने कानुनी व्यवस्था तर्फ हेरिएमा भू.सं. ऐन, २०२१ को दफा २६(१) मा...“मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई हुने ।” (प्रकरण नं.१६) बुहारी नाताकी व्यक्तिलाई भर्पाई गरिदिएकै भए पनि उक्त भर्पाईहरूले प्रत्यर्थीलाई मद्दत गर्न नसक्ने र हकदारहरूले जोत नामसारीका लागि मञ्जूरी दिन सक्ने कानुनी व्यवस्था समेत नदेखिने । (प्रकरण नं.१६) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल र विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंह: नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर निम्न प्रकारको रहेछ : २. का.न.पं. १९ वार्ड का.जि.ढोकाटोल बस्ने बलभद्र मिश्र समेतको हक भोगको का.जि.स्वयंभू गा.पं.वा.नं. ५ को कि.नं. २१० को क्षेत्रफल रोपनी ०–५–२ र ऐ. ऐ. कि.नं. २१६ रोपनी २–११–० समेत जग्गा रोपनी ३–०–२ सो जग्गाको जोताहा मोही मेरो ससुरा का.जि.दमाईटोल बस्ने अष्टमान महर्जन भएकोमा निज ससुरा अष्टमान महर्जन आफ्ना कालगतिबाट २०२३ सालमा परलोक हुनु भएबाट निजको नजिकको हकदार निजको हक खाने निजको सहोदर बुहारी म निवेदिका बाहेक अरू कोही पनि नभएको र निज ससुरा परलोक भएपछि उक्त जग्गा मैले नै जोती भोगी कमोद गरिआएकोले सो जग्गाहरू म निर्विवाद जोताहा मोही भएकोले उक्त मेरा ससुराको नाममा जोताहा मोहीबाट कट्टा गरी म निवेदिकाको नाममा जोताहा नामसारी गरिपाउँ भनी सम्बन्धित वडाको सिफारिश र क्षेत्रीय पुस्तिकाको प्रतिलिपि समेत राखेर भू.सु.का. मा २०३९।१२।१७।५ मा विपक्षीले निवेदन दिएको । ३. यो मोही नाउँसारी गरिपाउँ भनी भनेको जग्गाको मोही विपक्षीको ससुरा अष्टमान हो निज परलोक भएको र निजको पत्नी र छोराहरू जीवित छँदाछँदै यो विपक्षी निवेदिका बुहारीलाई दिने ऐन प्रतिकूल कार्य हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएका व्यक्तिलाई प्राप्त हुनेछ भनिएबाट निवेदिका उक्त नाता भित्रको व्यक्ति नभई छोरा बुहारी भएकोले कानुन प्रतिकूल कार्य गरी विपक्षीलाई दिने हाम्रो मञ्जूर छैन भनी २०४०।१०।२३।२ मा म बलभद्र मिश्र समेतको संयुक्त बयान भएको । ४. यसै बीच पुनः विपक्षीले ०४१।१।३ मा ज.ध.लाई बाली बुझाएको ०३०।६।२६।५ को भर्पाई १, २०२७ सालको १ र २०२६ सालको १ समेत भर्पाई थान ३ र ०४० सालको बाली धरौट राखेको बैङ्कको भौचर १ समेत कागज थान ४ पेश गरेको छु प्रमाण लगाई पाउँ भन्ने निवेदन दिएकोमा विपक्षीको ससुरा अष्टमान महर्जनको नाता प्रमाणित गरी पठाएको प्रमाणपत्रबाट मृतक अष्टमानको नातामा श्रीमती माया महर्जनी १ छोरा आलुचा भन्ने भाजुन