निर्णय नं. २२७६ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२७६ - ज्यान भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/१३ २३१५ निर्णय नं. २२७६ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ६०४ मुद्दा : ज्यान । पुनरावेदक/वादी: सियाराम सिंहको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:जि. स.सुदामा गा.पं. वडा नं. ६ बस्ने रूप नारायण सिंह समेत । फैसला भएको मिति: २०४१।१।१३।५ मा ज्यान लिनेसम्मको अवस्था नपुग्दै वा गुहार मद्दत माग्न नसक्ने वा गुहार मद्दत मागे पनि बखतमा नै मद्दत पुग्न सक्ने अवस्थामा आत्मरक्षाको कसैले चोट छाडी कुनै व्यक्ति मरेमा त्यस्तोमा ज्यानसम्बन्धी महलको ७ नं. आकर्षित हुन सक्दैन । (प्रकरण नं.२३) पुनरावेदक/वादी तर्फवाट: विद्वान सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ तथा विद्वान व.अ. श्री मुकुन्द रेग्मी विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा र विद्वान अधिवक्ता श्री अरविन्दकुमार सिंह उल्लिखित मुद्दाःX फैसला न्या.त्रिलोक प्रताप राणाः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएका प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. ०३७ साल भाद्र २ गतेका दिन बिहान रूपनारायण सिंहले बाटो बन्द गरिरहेको ठाउँबाट सिताराम सिंह आफ्नो खेततर्फ जाँदा रूपनारायण सिंहले मेरो आलीको बाटोबाट किन हिंडेको भनी भन्दा अन्य प्रतिवादीहरूले हात हातमा लाठी भाला समेत लिई आइलाग्दा जगदीश सिंहलाई घेरी दिँदा निज जगदीशले प्राण रक्षार्थ ग्वार मागेका मानिस सिताराम समेत आइपुगे । प्रतिवादीले लाठी भाला चलाउँदा त्यसबखत मद्दतमा आएका सिताराम सिंहलाई प्रतिवादी रूपनारायण समेतका मानिसहरूले चलाएका लाठी भालाले लाग्न गई घाइते भएकाले उपचार निमित्त छतौना हेल्थपोष्टमा लगी उपचार गराउँदा गराउँदै निज सितारामको मृत्यु भएकोले आवश्यक कार्यार्थ लाश समेत साथै राखी जाहेर गरेको छु भन्ने समेत व्यहोराको सिताराम सिंहको जाहेरी दर्खास्त । ३. काका रूपनारायणले बन्द गरेको बाटोबाट विपक्षहरू हिँडेको देखि काकाले रोक्न जाँदा विपक्षी जगदिश, रमाइन, शिवधारी, रंजित, बालकिशोरसित हामी प्रतिवादीहरूको झगडा भई लाठी भाला आदि हतियार चल्दा रूपनारायणले चलाएको लाठीबाट सिताराम घाइते भई उपचार गराउन लाग्दा निजको मृत्यु भएको हो भन्ने प्रतिवादी जगतनारायणले प्रहरीमा गरेको बयान । ४. मेरा तर्फका मानिसले गरेको लाठी भालाको प्रहारबाट मृतक सितारामलाई लागी घटनास्थलमा घाइते भई मरेका हुन् तर कसको चोट पीरबाट निजको मृत्यु भएको हो भन्न सक्दिन भन्ने समेत व्यहोराको रूपनारायणको प्रहरीमा भएको बयान । ५. रूपनारायणले बन्द गरेको आलीको बाटो खुलाउने भनी रामनारायण, जगदीश, सिताराम समेतले लाग्दा प्र.रूपनारायण रोक्न पनि गएका थिए । त्यहाँ झगडा भई जगदीशले लाठी प्रहार गरेपछि रूपनारायणले पनि लाठी चलाउँदा मृतक सितारामलाई लाग्न गई घटनास्थलमा सख्त घाइते भई उपचार गराउन अस्पतालमा लगी उपचार गराउँदा गराउँदैका अवस्थामा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको केही र आत्मरक्षाको लागि रूपनारायणले चलाएको लाठीको चोट मृतकलाई लाग्न गई घाइते भएका र पछि उपचार गराउँदैका अवस्था मरेका हुन् भन्ने अधिकांश व्यक्तिले मौका तहकिकात हुँदाका अवस्था गरिदिएका सरजमीन मुचुल्का । ६. मृतक र प्रतिवादीका बीच पहिले रिसइवी नभएको र जोखिमी हतियारबाट निजको मृत्य