निर्णय नं. २२७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/२० २१६२ निर्णय नं. २२७९ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४१ सालको रिट नम्बर १२१६ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :सुनसरी जिल्ला,धरान न.पं.वार्ड नं. १ बस्ने विजय कुमार श्रेष्ठ । झापा जिल्ला दमक न.पं. वार्ड नं.११ बस्ने चमेली प्रधान । तनहुं जिल्ला,आदर्श वन्दीपुर गा.पं. वार्ड नं.३ बस्ने लक्ष्मीमाया श्रेष्ठ । विरूद्ध विपक्षी : मोरङ जिल्ला,मधुमल्ला गा.पं.८ बस्ने बुद्धिमान दमाई । भूमि सुधार कार्यालय,मोरङ । आदेश भएको मिति: २०४२।२।२०।१ मा सबूद प्रमाणको मूल्याङ्कन नगरी विपक्षीको नाउँमा मोही कायम हुने ठहराएको भूमि सुधार कार्यालयको निर्णय हचुवा भई त्रुटिपूर्ण देखिँदा उक्तनिर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री नारायणराज खरेल र विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.त्रिलोक प्रताप राणाः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. मोरङ जिल्ला मधुमल्ला गा.पं.वार्ड नं. ३ च.कि.नं. ९ को जो.खा.जनिएको ज.वि. ५–४–७।। मध्येबाट म निवेदक विजय कुमार श्रेष्ठले ज.वि. १–०–० र म निवेदिका चमेली प्रधानले ज.बि. २–०–० र म निवेदिका लक्ष्मीमाया श्रेष्ठले ज.बि. १–०–० उक्त जग्गाका जग्गाधनी द्वय कृष्णकुमारी उप्रेती र चमेली उप्रेतीबाट ०३९ साल भाद्र महिनामा मालपोत कार्यालय मोरङबाट राजीनामा पारित गरिलिएका थियौं र कित्ताकाट भई म निवेदक विजय कुमार श्रेष्ठको कि.नं. २७०, म निवेदिका चमेली प्रधानको कि.नं. २७१ र म निवेदिका लक्ष्मीमाया श्रेष्ठको कि.नं. २७२ कायम भएको छ । हाम्रा दाता चमेली उप्रेती र कृष्णकुमारी उप्रेतीले उक्त जग्गा टिकादेव भक्त उप्रेतीबाट मिति ०३०।११।११ मा राजीनामा पारित गरिलिएका हुन् । निवेदकका उक्त जग्गाका दाता चेली उप्रेती र कृष्णकुमारी उप्रेतीका दाता टिकादेव भक्त उप्रेतीका पालामा समेत उक्त जग्गामा कोही मोही थिएनन् । टिकादेव भक्त उप्रेतीका नाममा दर्ता भएको मोरङ मधुमल्ला गा.पं. वार्ड नं. ३ च.कि.नं. ८ को ज.बि. ३–१०–० मैले ०१३ सालदेखि जोती आएको छु, उक्त जग्गाको मोही पूर्जा लिन बाँकी रहेकोले मोही पूर्जा पाउँ भन्ने व्यहोरा समेत उल्लेख गरी मिति ०४०।१।१४ मा एउटा निवेदन र मिति ०४०।१।२२ मा बाली बुझाएको भर्पाई अनुसूची नं. २ र कबुलियत भर्पाई अनुसूची २ नं. र कबुलियत तीनैवटा संलग्न गरी एउटा निवेदन गरी जम्मा २ वटा निवेदन प्रत्यर्थी नं. १ ले नं. २ समक्ष दिएको थियो । उक्त दुवै निवेदनमा हामी निवेदकहरू प्रत्यर्थी नं. १ ले विपक्षी नबनाएको भए पनि प्रत्यर्थी नं. २ ले हामी निवेदकहरूलाई झिकाउँदा म निवेदक विजय कुमार श्रेष्ठले मधुमल्ला गा.पं. वार्ड नं. ३ (च) कि.नं. २७० को ज.बि. १–०–० जग्गा चेली उप्रेती, कृष्णकुमारी उप्रेतीका नाममा दर्ता कायम रहेको निजहरूको जोतभोगको मोही नभएको लगत जो.खा. जनिएको जग्गा मैले खरिद गरिलिएको छु । वादी मोही भएको भए लगत तथा फिल्डबुकमा नाम उल्लेख भएको हुनुपर्ने, कबुलियत तथा बाली बुझेको भर्पाई हुनुपर्ने सो समेत पेश नभएकोले झुठ्ठा फरेवबाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको म नि