निर्णय नं. ४७५५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७५५ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०५/०१ २४५६ निर्णय नं. ४७५५ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४९ सालको रिट नं. २५६३ आदेश मिति: २०५०।५।१।३ निवेदक : का.जि.का.न.पा. वडा नं. ५ हाँडीगाउँ बस्ने कृष्णलाल प्रजापती । विरुद्ध प्रत्यर्थी : मालपोत कार्यालय, काठमाडौं । : विशाल मिलन केन्द्र विशाल अध्यक्ष श्री हरि प्रसाद अधिकारी । : विशाल मिलन केन्द्र विशाल नगर का.जि.का.न.पा. वडा नं. १ । विषय : उत्प्रेषण । (१) एकाका नाममा विधिवत दर्ता भई सकेको जग्गा कानुन बमोजिम दर्ता बदर नभई वा कानुनी प्रकृयाबाट रोक्का नराखी मिलन केन्द्र जस्तो संस्थाबाट रोक्का गराउन सकिने कानुनी व्यवस्था नदेखिने । (प्र.नं. ८) (२) स्वयम मालपोत कार्यालयको लिखित जवाफमा सरकारी अर्ध सरकारी संस्थाबाट मात्र रोक्का गराउन पाउने व्यवस्था भएको पाइन्छ । अत एवं विशाल मिलन केन्द्रको पत्रको आधारमा निवेदकको जग्गा रोक्का राखी दिने मालपोत कार्यालयको कारवाही आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकको जग्गा फुकुवा गरी दिनु भनी मालपोत कार्यालयको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विष्णु भट्टराई प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री शारदा बज्राचार्य आदेश न्या. गोविन्द बहादुर श्रेष्ठ १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छः– २. काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वडा नं. २३ म को हाल परिवर्तन वडा नं. ४ को कि.नं. १२३ को क्षेत्रफल ३–७–०–० जग्गा साविक दर साविक देखिको निवेदकको पैतृक सम्पत्ति हो । साविक काठमाडौं हाँडी गाउँ ८५७ मा निवेदकका बाजे बेखा कुमालका नाममा दर्ता भएको उपरोक्त जग्गा समेत निवेदक वादी र प्रतिवादी निवेदकका बाबु विवेक सिंह प्रजापतीको काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा परी म निवेदकले का.जि.का.न.पा. साविक वडा नं. २३ को कि.नं. ४१ को ५–२–० मध्ये ३–०–० ऐ. कि.नं. १२८ को २–११–० ऐ कि.नं. १२३ को ३–७–० ऐ कि.नं. ३८ को १–७–२ ऐ. कि.नं. ५१ को १–५–२ समेत जम्मा पाँच कित्ता जग्गाबाट जग्गा रोपनी ११–१५–० जग्गा अंश वापत पाई मिति २०४६।५।१२ मा दिन अंश मुद्दा मिलापत्र गरी सोहि मिलापत्र फैसला बमोजिम विपक्षी मालपोत कार्यालय काठमाडौंको मिति २०४६।६।१६ गतेको टिप्पणी सदर मुताविक जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत पाई निर्वाह भोग चलन गरी रहेको थिए । उक्त जग्गा घरायसी सल्लाह अनुसार विक्री गर्न मिति २०४९।४।९ गतेका दिन विपक्षी मालपोत कार्यालयमा हेर्दा उक्त जग्गा रोक्का प्रत्यर्थी विशाल मिलन केन्द्रको मिति २०४७।२।९ गतेको पत्रले रोक्का रहेको रेकर्डबाट देखिएको तर रोक्कापत्र खोज्दा नभेटिएकोले रोक्का राखी नै रहन पर्ने हो फुकुवा गरेपनि हुने हो भन्ने पत्र विपक्षी मिलन केन्द्रमा पठाउँदा समेत आजसम्म कुनै जवाफ नदिइ विपक्षी मिलन केन्द्र र मालपोत कार्यालय भई मेरो मात्र निर्वाह भोग चलनको दर्ता नम्बरी जग्गा रोक्का राखी छाडेको छ । विपक्षी विशाल मिलन केन्द्रको मिति २०४७।२।९ को पत्रद्वारा विपक्षी मालपोत कार्यालयले मेरो निर्विवाद दर्ता तिरो हक भोग चलनको का.जि.का.न.पा. वडा नं. २३ को हाल परिवर्तित वडा नं. ४ का कि.नं. १२३ को क्षेत्रफल २–७–० जग्गा रोक्का राख्ने लगाउने गरे