निर्णय नं. २२८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/२२ २३४९ निर्णय नं. २२८० ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नम्बर १४२१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जनकपुर अंचल सिन्धुली जिल्ला डाडी गुरासे गा.पं. वडा नं.७ हाल महादेवस्थान गा.पं.वा.नं.१ बस्ने विष्णु प्रसाद आचार्य । विरूद्ध विपक्षी :भूमि सुधर अधिकारी., भूमि सुधार कार्यालय, सिन्धुली । सिन्धुली जिल्ला डाडी गुरासे गा.पं.को हाल महादेव स्थान गा.पं.वडा नं. ४ बस्ने रत्न बहादुर श्रेष्ठ। आदेश भएको मिति: २०४२।२।२२।३ मा कमाई आएको जग्गाको बाली बुझाउँदै आएको मोही देखिँदा भन्दै निजको आचरण समेतलाई आधार बनाई मोही यथावत कायम राख्ने गरेको निर्णयमा न्यायिक मनको प्रयोग भएको भन्नुपर्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ र विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग उल्लेखित मुद्दाःX आदेश न्या.त्रिलोक प्रताप राणाःनेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०४१।९।८ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : भूमिसम्बन्धी ऐन, २०२१ दफा ३४ को उपदफा (२) मा जग्गावालाले नगदमा जिन्सीको रूपमा कुत वापत मोहीबाट बुझी लिएको हर एक रकमको तोकिए बमोजिमको रसिद गरी मोहीलाई दिनु र दोहरी लिनुपर्ने कुराहरू दफा ३८ को उपदफा (२) मा जग्गावालाका मोहीलाई रसिद नदिए जरिवाना गर्ने व्यवस्था छ सोही ऐनको दफा ३६ मा तोकिएको समयभित्र मोहीले कुत बुझाउनुपर्ने कटनी मडनी हुँदाकै बखत बाली लिने शर्त भएकोमा जग्गावालालाई राख्ने इत्यादि कुराहरू छन् विपक्षी रत्न बहादुरले निवेदकको नाउँमा दर्ता रहेको जिल्ला सिन्धुली डाँडीगुराँसे गा.पं. वार्ड नं. ७(क) कि.नं. ३७ को धनहर बिगहा १–०–७।। जग्गा अधिया बाली बुझाउने गरी कमाई आएकोमा ०३७ सालको बालीमा निवेदकलाई खबरै नदिई बाली उठाएको र पञ्चायत समेत धरौट समेत नराखेकोले बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी निवेदकले विपक्ष भूमि सुधार कार्यालय समक्ष निवेदन दिएको २०३७ साल पौष महिनामा नै धान दाउनी गरी आधा आधा बाँडफाँड गरी जग्गाधनी आफैंले बुझी लगेको हो भर्पाई माग्दा आज भोलि भन्दै भर्पाई नेदिएको र उक्त सालमा धान बाली १२ मुरी ३ पाथी भएकाले ६ मुरी १ पाथी ४ माना धनीलाई र ६ मुरी १ पाथी ४ माना मैले राखेको हो भन्ने व्यहोराको विपक्षी मध्येका मोही रत्न बहादुर श्रेष्ठले बयान गरेकोमा ०३७ सालको बाली जग्गाधनीलाई बुझाएको कुनै प्रमाण पेश गर्न नसकेकोले मोहियानी हक मोहीकै कायम रहने गरी ०३७ सालको बाली मोहीको बयान अनुसार १ मुरी १ पाथी ४ माना जग्गाधनीलाई दिनुपर्ने ठहर्छ भनी २०३८।१२।१५।१ मा निर्णय गरिए उपर निवेदकले सर्वोच्च अदालतमा रिट निवेदन गरेकोमा उक्त ०३८।१२।१५ को निर्णय कानुनी त्रुटी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयका नाउँमा परमादेशको आदेश जारी भई पुनः निर्णयको लागि गएकोमा ०३७ सालमा कति उब्जनी भएको थियो भन्ने कुरालाई यकीन हुने तर्फ विचार गर्दा ०३३, ०३९, ०४० हरूमा क्रमशः ७–५–०, ८–८–०, ७–८–६ आफैं गा.पं. हरू मार्फत बुझी लिएको एकातिर देखिन्छ भने अर्कोतिर उल्