निर्णय नं. २२८२ - प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२८२ - प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/१३ २५२६ निर्णय नं. २२८२ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. २३२२ विषय : प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :का.जि. जोरपाटी गा.पं.वा.नं. ८ बस्ने सुरेन्द्र बहादुर लामा । विरूद्ध विपक्षी : चक्र बहादुर ठकुरी, प्रधानपञ्च,जोरपाटी गा.पं.का. काठमाडौं । ऐ.गा.पं.वा.नं. ७ आरुबारी बस्ने लाल बहादुर पण्डित क्षेत्री । ऐ.ऐ बस्ने यज्ञ बहादुर पण्डित क्षेत्री । आदेश भएको मिति:२०४२।२।१३।१ मा बन्न लागिरहेको घर नबनाउनु भनी रोक्का पुर्जी दिन पाउने अधिकार गा.पं.का. लाई गाउँ पञ्चायत ऐन, २०१८ को कुनै दफाले प्रदान गरेको नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री घनश्याम अधिकारी र विद्वान अधिवक्ता श्री प्रकाश राउत आदेश उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. जग्गा धनी गंगाराम झा र निजको हकदार कृष्णदर्शन झा भएको र मोहीमा ठूलीकान्छी पण्डित क्षेत्रीनी भनी सर्भेमा लेखिएको का.जि.जोरपाटी गा.पं.वा.नं. ७(ग) कि.नं. १० को ०–५–० को कित्ता १ र जग्गाधनी ऐ. र मोहीमा ठूलीकान्छीकै एकाघरको सौता भाइ देवी पण्डित क्षेत्रीनी उल्लेख भएकोमा कि.नं. १० को जग्गाको मोही ठूलीकान्छी २०२४ सालमा परलोक भएको र कि.नं. ११ को मोही भाइ देवी २०२५ सालमै वेपत्ता भएको र मोहीहरूको पति जीत बहादुर २०२२ सालमा परलोक भएका ठूलीकान्छी भाइ देवीको छोराहरू नभई अपुताली परेको र निज मोहीहरूको सौतेनी छोरा विपक्षी मध्येका लाल बहादुर, यज्ञबहादुरको बाबु काले भन्ने भीमबहादुर अघि नै भिन्न बेगल बसी आएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार उक्त जग्गाको मोहियानी हक भीमबहादुरले नपाउने प्रष्ट भएको र उक्त ऐनकै उपदफा १(ग) ले मोही भागी बेपत्ता भएमा मोहियानी हक समाप्त हुने समेत कानुनी व्यवस्था भएको हुँदा उक्त जग्गाको जग्गाधनीले कानुन अनुसार जग्गामा आफ्नो हक प्राप्त गर्नु भएपछि ०२५ सालको बालीदेखि ज्ञान टुकी लमिनीलाई कि.नं. १० र ११ को जग्गा कमाउन दिई ०२५ देखि ०३३ साल सम्म निज लमिनीले कमाई बाली बुझाई भर्पाई लिएको र त्यस्तैमा ज्ञानटुकी लमिनीले जग्गा कमाउन नसक्ने भनी जग्गा छाडी दिएपछि भू.सं. ऐन, २०२१ को दफा ३४(१) अनुसार ०३४।१।१८ मा कबुलियत गरी म रिट निवेदकले जग्गा कमाई आएको र ०३८।१।१।२ मा जग्गाधनीको मञ्जूरीनामा समेत गरी लिई ०३८ चैत्रमा नै १ तल्ला घर बनाई जस्ताको छाना हाली मोही नामसारी गर्न भू.सु.का. मा निवेदन गर्दा बेवास्ता गरेपछि भू.सु. मन्त्रीमा निवेदन गर्दा भएको आदेश अनुसार भू.सु.का.बाट कारवाही भइरहेको छ । त्यस्तैमा मैले ०३८ सालमा बनाएको उक्त घरको तल्ला थपी बनाउनलाई ०४०।१०।१८ गते जस्ता झिकेपछि विपक्षी लाल बहादुर र यज्ञबहादुर समेतले विपक्षी गा.पं.का. को प्र.पं.समक्ष ०४०।१०।२० गते बजै भाइ देवी ठूली कान्छीको नाममा मोहियानी कायम भएको कि.नं. १० र ११ को पाखोबारीमा हाल जबरजस्ती घर बनाउन लागेकोले रोक्का गरिपाउँ भनी मेरो बोलाउने नाम सुक्रे तामाङ लेखी निवेदन दिएकोमा घर बनाउन रोक्का गरिन्छ ३ दिनभित्र सब