निर्णय नं. ५०६४ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०६४ - अंश भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०१/१५ ३९३३ निर्णय नं. ५०६४ ने.का.प. २०५२ अङ्क ३ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे दे.पु.नं. ५४ आदेश मिति : २०५२।१।१५।६ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी: इलाम जि.माई मझुवा गा.वि.स. वडा नं. २ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राई । ऐ.ऐ बस्ने वर्ष ३३ को सुक बहादुर राई । विरुद्ध प्रत्यर्थी/वादी: इलाम जि.सुलुवुङ गा.वि.स. वडा नं. १ बस्ने दिल बहादुर राई । न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) मा भएको व्यवस्थालाई हेर्दा शुरु अदालत, निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णय उपर पुनरावेदन सुनी पुनरावेदन अदालतले गरेको निर्णयमा तात्विक भिन्नता भएकोमा यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरले शुरु इलाम जिल्ला अदालतको निर्णय उपर पुनरावेदन सुनेको नभै शुरु अदालतले गरेको फैसलालाई तत्कालिन मेची अञ्चल अदालतले उल्टाई फैसला गरे उपर तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा सो पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा २६ को उपदफा (१) अनुसार पुनरावेदन अदालत विराटनगरमा सरी सो अदालतबाट निर्णय भएको देखिन्छ । सो बमोजिम प्रस्तुत मुद्दामा पहिलो पुनरावेदन तत्कालिन मेची अञ्चलबाट हेरिएको र पुनरावेदन अदालतले मेची अञ्चल अदालतको निर्णय उपर दोस्रो पुनरावेदन हेरी निर्णय गरेकोमा उपर्युक्त दफा ९ को उपदफा (१) को खण्ड (ग) आकर्षित हुने अथवा पुनरावेदकले पुनरावेदन अदालत, विराटनगरको फैसला उपर यस अदालतमा फेरि पुनरावेदन गर्न पाउने अवस्था देखिन्न । माथि उल्लेख भए अनुसार पुनरावेदन अदालतले गरेको पुनरावेदन फैसला उपर उक्त दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन नलाग्ने मुद्दाहरु खास खास आधारहरुमा यस अदालतले दोहोर्‍याई हेर्न सक्ने व्यवस्था दफा १२ मा भएकै देखिन आउंछ । तर सो अनुसार यो मुद्दामा पुनरावेदन अदालतले गरेको निर्णय दोहोर्‍याई पाउं भनी यस अदालतमा निवेदन दर्ता भएको नभै सो निर्णय उपरको पुनरावेदनको रुपमा मुद्दा दर्ता हुन आएको र उक्त दफा ९ को उपदफा (१) को खण्ड (ग) अन्तर्गतको पुनरावेदन र दफा १२ अन्तर्गतको मुद्दा दोहोर्‍याउने निवेदन लाग्ने अवस्था र आधारहरु भिन्न भिन्न भएकोले यसमा अब केही विचार गरी रहन परेन । तसर्थ प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला उपर पुनरावेदन नलाग्नेमा पुनरावेदन परेको देखिन आएकोले पुनरावेदनको औचित्य तर्फ विचार गरी रहन नपर्ने । (प्रकरण नं. २०) निवेदक तर्फबाटःX विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX आदेश प्र.न्या.विश्वनाथ उपाध्यायः प्रस्तुत मुद्दाको संक