निर्णय नं. २२८३ - राजीनामा पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२८३ - राजीनामा पास भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/१३ ३११७ निर्णय नं. २२८३ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं. ४८६ मुद्दा : राजीनामा पास । पुनरावेदक/वादी:जि.कपिलवस्तु,वीरपुर हाम जवाभारी गा.पं.वा.नं. ४ वालानगर बस्ने पटेश्वरी पाण्डे। ऐ.हाल तौलिहवा न.पं.वा.नं.५ मौजे वर्गदवा बस्ने पटेश्वरी लाल भैया । ऐ.बहादुर गंज गा.पं.वा.नं.२ बहादुर गंज बस्ने बद्री प्रसाद उपाध्याय । ऐ.जवाभारी गा.पं.वा.नं.५ वालानगर बस्ने रामलखन कुर्मी । विरूद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने चन्द्रा पडाइन फैसला भएको मिति:०४२।२।१३।१ मा विशेषज्ञले प्रष्ट रूपमा दिएको राय र त्यसलाई अदालतको आदेशानुसार अदालतमा उपस्थित भई प्रमाणित समेत गरिदिएकोलाई शंका गरी बोर्ड गठन गरी पुनः जाँच गरिपाउँ भन्ने जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १७) पुनरावेदक वादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता कुन्ज विहारी प्रसाद सिंह विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता रतनलाल कनौडिया उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन लगतमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. प्रतिवादी चन्द्रा पडाइनीले मसँग घर खर्च गर्न भनी रु. १९,६९८। लिई जवाभार गा.पं.वा.नं. ३(क) कि.नं. ४६, ५९, ६३, १०६, १२८, १४४, १७१, २१३, २२६, २७६, ३३६, ३०, ५२, १३५, १५१, १६५, १८५, १९६, २७२, २८५, ३१५, ३५३, ४९, ६१, ७६, १२५, १३१, १५४, २१२, २१४, २२९, ३१०, ३५८, ३३, १०१, १४२, १५८, १८४, १९०, २१७, २७४, ३०६ र ३५१ को जग्गा र जगदीश पाण्डे से पूर्व राहस उत्तर, निजको जग्गा सो पश्चिम, कमलनाथको घर सो दक्षिण यति ४ किल्ला भित्र मिहिडङ जग्गामा पूर्व पश्चिम लम्बाई हात २५ उत्तर दक्षिण चौडाई हात २१ को क्षेत्रफल ०–०–६ ४।१ सवा ६ धुर जग्गामा बनाई राखेको इँटा दिवाले लिन्टरको छाना भएको १ कोठा २ तले बाँकी भूईं तले भएको पक्कीघर एक समेत ०३४।९।२३।७ मा राजीनामा गरिदिएको पारित गरिनदिएकोले पारित गरिपाउँ भन्ने फिराद दावी । ३. वादीले मलाई रु. १९,६९८। दिई मैले निजलाई आफ्नो सम्पूर्ण घर तथा कित्ता ४४ को ज.बि. ६–५–१ मिति ०३४।९।२३।७ मा राजीनामा लेखिदिएको नहुँदा सो राजीनामा पास गरिदिनपर्ने होइन, वादीको राजीनामा कीर्ते जालसाजी हो । वादीबाट सक्कल राजीनामा झिकाई ल्याप्चे भिडान गर्नलाई सम्बन्धित ठाउँमा पठाई ल्याप्चे भिडाउन लगाई पाउँ र जालसाजी कीर्ते राजीनामा बनाई सहिछाप गरेमा सजायँ गरी लिखत बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. राजीनामामा लागेको ल्याप्चे सहिछाप मेरो होइन, मैले राजीनामा गरिदिएको होइन, दावी झुठ्ठा हुँदा पटेश्वरी पाण्डे र साक्षी लेखक साक्षीलाई कीर्ते कागज बमोजिम सजायँ गरिपाउँ भन्ने समेत प्र.को वा.राम प्रसाद गुप्ताले गरेको बयान । ५. सद्दे व्यवहारबाट मैले चन्द्रा पडाइनीलाई रुपैयाँ बुझाई निजबाट राजीनामा लेखाएको हुँ, राजीनामा कीर्ते होइन भन्ने समेत वादी पटेश्वरी पाण्डेले गरेको बयान । ६. ०३४।९।२३।७ मा रु. १९,६९८। बुझी कित्ता ४४ को ज.वि. ६–५–१ जग्गा र घर समेत प्रतिवादी चन्द्रा पडाइनीले पटेश्वरी पाण्डेलाई राजीनामा गरिदिएको हो राजीनामा लेखी दिनुस् भन्दा तौलिहवा शिवालय बसी लेखी पैसा गनी गनाउ गरी ऋणी चन्द्रा पडाइनीलाई