निर्णय नं. २२८७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२८७ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/२४ २२८८ निर्णय नं. २२८७ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ३५३।४१६ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी:जिल्ला कैलाली गोदावरी गा.पं.को जन्म घर भै हाल कैलाली कारागारमा थुनामा रहेको देवीराम आचार्य । विरूद्ध पुनरावेदक/वादी:गोवर्धन खत्रीको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:जि.कै. गोदावरी गा.पं.वार्ड नं. २ बस्ने खगीसरा आचार्य । फैसला भएको मिति:२०४२।२।२४।५ मा कुनै रिसइवी भएको र ज्यान मार्नुपर्ने सम्मको इवीलाग वा मनसाय रहेको पनि देखिन आउँदैन । ऐन बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजायँ चर्को पर्ने देखिएकोले अदालती बन्दोवस्तको १८८ नं. बमोजिम कैद हुने । (प्रकरण नं.२३) वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल उल्लेखित मुद्दा:X फैसला न्या.पृथ्वी बहादुर सिंह: सुदूर पश्मिाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवै थरको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. मिति ०३७।२।२५ गते दिनको तीन बजे देवीराम र निजको श्रीमती गौरीको बीच झगडा भई कुटपीट हुँदा कविराजले छुट्याउँदा सोही रिसको झोकमा देवीरामले कविराजलाई आंसीले हानी मर्ने अवस्थामा पारेकोले अस्पताल ल्याउँदा बाटैमा मृत्यु भएकोले जाहेर गर्न आएको छु भन्ने समेत गोवर्धनको जाहेरी । ३. मिति ०३७।२।२५ गते लोग्ने कविराजलाई देवीराम र निजकी श्रीमती खगिसराले कर्तव्य गरी मारेका हुन् भन्ने समेत मृतककी श्रीमती रम्मा खत्रीको कागज । ४. खगिसरा र देवीरामको चोटबाट कविराज मर्न गएको हो भन्ने समेत मृतकको बाबु गम्भीर सिंहको कागज । ५. चन्द्र बहादुरको श्रीमती र मेरी श्रीमतीको झगडा कुटपीट भई मेरी श्रीमतीलाई पल्टाई कुटपीट गर्दा योनीबाट रगतका डल्ला समेत खस्दा सहन नसकी चक्रबहादुरलाई मार्छु भनी हँसियाले हान्दा छुट्याउन आएका साला कविराजलाई लागी सोही चोटबाट मृत्यु भएको हो भन्ने समेत देवीराम आचार्यको बयान कागज । ६. चन्द्र बहादुरको दुवै स्वास्नी आई मेरो कपाल समाती लुटपीट गरेको र चन्द्र बहादुर समेतले लोग्नेलाई कुटपीट गरेकोले सहन नसकी लोग्ने देवीरामले हँसियाले हानेकोबाट कविराजको मृत्यु भएको हो । कर्ण बहादुर समेतको कुटपीटबाट मेरो ३ महिनाको गर्भ रगतका डल्ला भई खस्यो र कुकुरले खायो । गर्भ पतन गरेतर्फ जँचाई पाउँ भन्ने समेत खगिसराको बयान कागज । ७. देवीरामले निजको श्रीमती गौरीलाई कुटपीट गर्दा हामीहरूले छुट्याउँदा देवीरामले हानेको हँसियाको प्रहारबाट कविराजको मृत्यु भएको हो । चन्द्र बहादुर समेतले कुटपीट गरी खगिसराको गर्भ पतन गराएको होइन । देवीराम र खगिसराले हँसियाले हान्दा कविराजको मृत्यु भएको हो भन्ने समेत सरजमीन मुचुल्का । ८. देवीराम र खगिसराले हँसियाले हान्दा कविराजको मृत्यु भएको हो भन्ने चन्द्र बहादुर समेतको र मैले हँसियाले हान्दा कविराजको मृत्यु भएको भन्ने देवीरामको बयान भएकोले देवीराम र खगिसरा उपर ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँको दावी लिई परेको प्रहरी प्रतिवेदन । ९. २०३७।२।२५ मा चन्द्र बहादुर खत्री समेतका ८ जना मेरो घरमा आई चन्द्र बहादुरको श्रीमतीले मलाई कुटपीट गरिरहेकोमा मेरो गर्भ तुहेको र छुट्याउन गएका कविर