निर्णय नं. २२८९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२८९ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/३२ २६३४ निर्णय नं. २२८९ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ को रि.नं. २२०८ विषय : उत्प्रेषण । निवेदक : का.जि.का.न.पं.वडा नं. ८ बस्ने दयालक्ष्मी पकवान । विरूद्ध विपक्षी : श्री महानिर्देशक, भन्सार विभाग, त्रिपुरेश्वर । श्री अर्थ सचिव,श्री ५ को सरकार,अर्थ मन्त्रालय । श्री प्रमुख भन्सार अधिकृत,त्रि.वि.भन्सार कार्यलय,गौचर । गंभिरमान बज्राचार्य ऐ.ऐ । आदेश भएको मिति:२०४२।२।३२।६ मा अधिकार विहिन प्रमुख भन्सार अधिकृतले सोधेको स्पष्टीकरण र निजैले उठाएको टिप्पणीको आधारमा निवेदिकालाई सेवाबाट बर्खास्त गर्ने गरेको विपक्षी भन्सार विभागको निर्णय र सो निर्णय सदर गरेको विपक्षी अर्थ सचिवको निर्णय समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१०) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की विपक्षी तर्फबाट :विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. म निवेदिका २०३८।९।२६ मा खरिदार पदमा भन्सार विभागमा नियुक्ति भई ०३९।४।२७ देखि त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा काज खटाइएको हुँदा सो कार्यालयमा हाजिर भएदेखि विमानस्थलमा बाहिर जाने र भित्र आउने यात्रुहरूको शरीर तथा मालसमानहरू चेक गर्ने काम अख्तियारवालाले लाए खटाए अनुसार गर्दै आएकी थिएँ । ०४०।५।७ का दिन मलाई पनि प्रत्यर्थी गंभिरमान सहित स्पेशल चेक र मालसमान चेक गर्न खटाइएको थियो । खटाइएको काम कर्मचारीहरूसँग मिली गरेकी थिएँ । मैले चेक लगाएका ब्याग र सुटकेश मध्ये २ थान सुटकेश व्याग कसैले नउठाए पछि शंका लागी चेक गर्न खटिएका मध्यकै गंभिरमान समेतले खोली अवैध सामान फेला पारेकोमा मेरो स्पष्टीकरण लिइएको र स्पष्टीकरण दिएपछि मेरा उपर नि.से.नि. १०.६(५) को कसूर गरेको भनी ऐ. को १०.१.५ को सजायँ प्रस्तावित गरी पुनः स्पष्टीकरण मागी सत्य साँचो व्यहोरा लेखिदिएकोमा अवैध सामान चोरी निकासी गर्न गराउन प्रयत्न सहयोग गरेको ठहराई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको सूचना ०४०।८।७ को पत्रबाट अवगत हुन आयो । म्यादैमा अर्थ सविच समक्ष मेरो पुनरावेदन परेकोमा शुरू निर्णय सदर गरिएको व्यहोरा ०४०।११।९ मा जानकारी हुन आयो । ३. ०४०।५।७ को कार्यतालिकाबाट मलाई तोकिएको कार्य गरेको र सो दिन मैले चेक गरेका अरू ब्याग सदर भएबाट ब्याग चेक गर्ने अधिकार थिएन भन्ने झुठ्ठा सावित हुन्छ । उल्लिखित बाकस सुटकेश बाकस, बेवारिसी भएबाट चोरी निकासी गर्न गराउन सहयोग गरेको भन्ने प्रमाणित हुन सकेको छैन । बेवारिसी ब्यागमा चिन्ह लगाउँदैमा अपराधिक दायित्व हुँदैन किनभने यसको लागि मनसायको आवश्यकता पर्दछ । भूलको कारणबाट भएको कार्य नि.से.नि.को आचरण खण्डभित्र पर्दैन त्यसैले पद अनुसार आचरण नगरेको भन्ने निर्णय गैरकानुनी छ । म माथि लगाइएको आरोपको छानविनको प्रक्रिया सम्बन्धमा समेत नि.से.ऐन, २०१३ को दफा ६ तथा नि.से.नि.२०२१ को १०.९ को मनसाय र कार्यविधि पूर्णरूपमा भएको छैन मलाई सोधिएको मिति ०४०।७।३१ को आरोपमा त्यसको उल्लेख छैन । नि.से.नि. २०२१ को नियम १०.६ अन्तर्गत निर्धारित एवं परिभाषित ९ किस