निर्णय नं. २२९० - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२९० - उत्प्रेषण समेत भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/३२ २४०० निर्णय नं. २२९० ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.नं. २३१२ विषय : उत्प्रेषण समेत । निवेदक :जिल्ला स्याङजा थुमपोखरा गा.पं.वार्ड नं. ६ खनिया डाँडा बस्ने दिल प्रसाद तिवारी । ऐ.ऐ बस्ने मुवाडी बस्ने गुनाखर डुम्रे । ऐ.ऐ बस्ने काशिराम डुम्रे । ऐ.ऐ बस्ने लिला वल्ली डुम्रे । विरूद्ध विपक्षी :जिल्ला स्याङजा स्थित पेखू बाघखोर गा.पं. कार्यालय । जि.स्याङजा पेखू बाघखोर गा.पं. वार्ड नं.४ रैपाले बस्ने कुल बहादुर कामी आदेश भएको मिति: २०४२।२।३२।६ मा निर्णय कानुनले तोकेको कार्यविधि अपनाई भएको नभई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.९) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री हरिशंकर निरौला उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहःनेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. विपक्षी कुल बहादुरले बाटो गेरो भन्ने खेत मुरी ।३ मध्येको खेत मुरी ।१।१० जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम सर्भे हुँदा पेखु बाघखोर गा.पं.वार्ड नं. ४ कि.नं. ९७९ मा दर्ता भएको जग्गामा कोपचे खोलाको पानी ठाना पेखू तर्फका मोहीहरूसँग बाँधी दिएको हुँदा कहिलेकाँही झर्ने र कहिलेकाहिँ कालीमाटी मूलका पानीमा मिसाएर लगाई आएको पानी ०४०।४।२६ मा मेरो खेतमा पानी लाने कुलोको बाँध मुहान खनी नोक्सान पारिदिएकोले कुलो पानीको व्यवस्था गरिपाउँ भन्ने समेत फिराद दिनु भएछ । कोपचे खालोको पानी कालीमाटीमा मिसाएर विपक्षीले लाने गरेको होइन । हाम्रो कुलोको बाँध विपक्षीको भनिएको बाँध भन्दा माथि छ । हामीले विपक्षीको कुलोको मुहान भत्काएको होइन भन्ने समेत हाम्रो प्रतिवाद परेको थियो । यस्तो अवस्थामा पुराना जग्गालाई कुलो पाउँदैन भन्न नमिल्ने हुँदा खिचोला गरेको देखिएकोले कोपचे रातो छहरा बोगटीको पँधोरा कालीमाटी समेतको ल्याउने पानी वादी कुल बहादुरले पाउने ठहर्छ भनी रु. ५०। जरिवाना गरी विपक्षी गा.पं. बाट ०४१।२।१ गते फैसला भयो । ३. विपक्षीको खेतमा जाने कामीको पधोरा भन्दा तल छुट्टै मूलपानी छ, हाम्रो मुहान माथि छ विपक्षलाई पानी दिएमा हाम्रो खेत सुख्खा लाग्दछ, नक्सा गरी हेरियोस् भनी हामीले जिकिर लिएपछि अ.बं.१७१ नं. बमोजिम नक्सा गर्नुपर्नेमा सो नगरी बुझ्नुपर्ने प्रमाण नबुझी फैसला भएको छ । पञ्चायत ऐनको दफा ५६ को अधिकार प्रयोग गरी फैसला गरिएको छ उक्त ऐन प्रचलनमा छँदै छैन । रु. ५०। जरिवाना कुन कानुन अन्तर्गत गरिएको हो उल्लेख छैन । गा.पं. ऐन, ०१८ को दफा ४१ अन्तर्गत मुद्दा छिनिएको हो कि भन्दा ऐ. उपदफा (४) अनुसार न्यायिक समिति गठन गरिएको छैन । हामी विपक्षी गा.पं.का क्षेत्रका नभई थुमपोखरा गा.पं.का व्यक्ति हुनाले हामीलाई प्रतिवादी बनाई निर्णय गर्ने अधिकार गा.पं.लाई छैन । अधिकारक्षेत्र नभएको निकायले गरेको काम कारवाही बदर हुन्छन् भनी विभिन्न सिद्धान्तहरू प्रतिपादित भएका छन् र अ.बं. ३५ नं. समेतले बदरभागी छ हामीले पेश गरेका प्रमाणको कुनै न्यायिक मूल्याङ्कन भएन तसर्थ विपक्षी गा.पं.को ०४१।२।१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवे