निर्णय नं. ५०६६ - उत्प्रेषण मिश्रित परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०६६ - उत्प्रेषण मिश्रित परमादेश समेत भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०१/०७ २५३८ निर्णय नं. ५०६६ ने.का.प. २०५२ अङ्क ३ विशेष इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०५० सालको रिट नं. २८७० आदेश मिति : २०५२।१।७।५ विषय : उत्प्रेषण मिश्रित परमादेश समेत । निवेदक : पर्सा जिल्ला भेडिहारी गा.वि.स. वडा नं. ३ घर भै वीरगञ्ज न.पा. मा ओभरसियर पदमा कार्यरत देवकी प्रसाद चौरसिया। विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद्, सचिवालय । श्री ५ को सरकार,स्थानिय विकास मन्त्रलय । श्री वीरगन्ज नगरपालिका । नगरपालिका (कार्य व्यवस्था) नियमावली, ०४९ नगरपालिका ऐन, ०४८ को दफा ८३ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले बनाएको देखियो । उक्त नियमावलीले नगरपालिकाको कर्मचारीका सम्बन्धमा व्यवस्था गरेको र निवेदक नगरपालिकाको कर्मचारी रहेकोमा विवाद छैन। यस्तो अवस्थामा निजामती कर्मचारी सम्बन्धी निजामती सेवा नियमावलीको व्यवस्था निवेदकका हकमा प्रयोग हुने अवस्था नदेखिने । (प्रकरण नं. ९) विशेष कानुनले व्यवस्था गरेको कुरामा अन्य कानुनी व्यवस्था लाग्ने अवस्था नहुने । (प्रकरण नं. ९) धारा ८८(१) ले कुनै अन्य नियमावलीसंग कुनै नियमावली बाझिएको भन्ने आधारमा अमान्य गरी पाउँ भन्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. ९) निजामती सेवा नियमावली लाग्ने कर्मचारी र प्रस्तुत नियमावली लाग्ने कर्मचारी समान अवस्थाको कर्मचारी भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ९) समान अवस्थाका कर्मचारीका हकमा असमान कानुन प्रयोग हुने होइन । (प्रकरण नं. ९) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२) को प्रतिबन्धात्मक वाक्यांश ५ ले योग्यता तोक्ने गरी कानुन बनाउन रोक लगाएको समेत नदेखिंदा कर्मचारीको योग्यता तोक्न सक्ने कुरामा मौलिक हकमा हनन् हुने गरी संविधान विपरीत भएको भन्न मिल्ने अवस्था नहुने। (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानी अवलम्बित नजीरःX आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा (१) र (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदक वीरगंज न.पा. मा २०३७।१२।१६ मा ओभरसियर पदमा नियुक्त भई हालसम्म सेवारत छु । नगरपालिका ऐन, २०४८ को दफा ८३ ले दिएको अधिकार प्रयोग गरी मिति २०४९।११।१८ देखि लागू हुने गरी नियमावली प्रकाशित भएको छ । नियम ४ मा पदपूर्ति शीर्षक दिई ऐ.उपनियम (१) मा नगरपालिकामा रिक्त दरबन्दी पूर्ति नयाँ नियुक्ति वा बढुवाद्वारा गरिने भनी व्यवस्था भएको र उपनियम (२) मा न्यूनतम शैक्षिक योग्यता लो.से.आ.ले निर्धारण गरेको प्रकृया अपनाउन पर्ने आदि व्यवस्था गरिएको छ । नियमावलीको नियम १४ को उपनियम (४) मा प्राविधिक पदमा बढुवा गर्दा बढुवा हुने पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेको कर्मचारी हुनु पर्ने छ भनी प्रावधान राखिएको विपक्षी न.पा.ले असिस्टेण्ट इन्जिनियर पद ३ मध्ये बढुवा प्रकृयाद्वारा एक पदमा पदपूर्तिको निमित्त बढुवा प्रकृया प्रारम्भ गर्न थालेको नियमावलीको नियम १४ को उपनियम (४) अन्य नियमको व्यवस्था सँग अमिल्दो देखिएकोले उक्त नियम संवैधानिक प्रत्याभूति समेतको प्रतिकूल भएकोले सम्मानीत अदालतको शरण पर्न आएको छु । ३. नेपाल अ