निर्णय नं. २२९२ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२९२ - लिखत बदर भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/२५ २१८३ निर्णय नं. २२९२ ने.का.प. २०४२ अङ्क ३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको दे.फु.नं. ५५ मुद्दा : लिखत बदर । निवेदक/वादी:जि.काभ्रेपलान्चोक सुनथान शारदा गा.पं.वा.नं. ३ बस्ने रत्न बहादुर खत्री क्षेत्री विरूद्ध विपक्षी/प्रतिवादी:ऐ.चलाल गणेशस्थान गा.पं.वा.नं. ४ बस्ने कृष्ण बहादुर कुँवर क्षेत्री फैसला भएको मिति:०४२।३।२५।३ मा नातातर्फ कुनै कुरा नबोली लिखत बदरतर्फ वादी दावी खारेज गर्ने गरी गरेको फैसला बदर हुने । (प्रकरण नं.२०) निवेदक/वादी तर्फवाट :विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना उल्लेखित मुद्दाःX फैसला प्र.न्या.नयन बहादुर खत्रीः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो भए बिन्तिपत्रमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्चबाट ०३९।१।२।५ मा किनारा भएको लिखत बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बाजे धनराजबाट मेरा बाबु मान बहादुर औमान जन्मेका मेरा बाबुबाट ४ छोरा जेठा भीमबहादुर, माइला पद्म बहादुर, साँइला हनुमान, कान्छा म खड्ग बहादुर भएका जेठा मरेका र साँइला विदेश गएका, औमानतर्फका जेठा काजीराम, माइला पद्म बहादुर, साँइला टेक बहादुर, कान्छा सिसे समेत भएका जेठो र कान्छा मरेका साँइला टेक बहादुर विदेश गएका धेरै समय काल बित्यो माइला पनि २००९ सालमा मरेका र माइला दाजुको छोरा कृष्ण पनि विदेश गएका मरे बाँचेको ठेगाना नभई बेपत्ता छन् निज दाजु पद्म बहादुर साँइला बाबुको छोरा हुँदा उनीले ०९।८।२।१ मा जगतबहादुर साहूलाई आफ्नो हकको बारी रु. ५१८। मा भोगबन्धकी पास गरिदिनु भएछ र वहाँको जिन्दगी बितेको । २०२१ सालमा भूमि सुधार लागू भएपछि बारी विजन ।।४ को दाजु पद्म बहादुरले फाराम भरी जो.अ.नि. पाएको त्यस्तैमा दाजु पद्म बहादुरका नाउँमा दुर्गा सिंले तत्कालीन भू.सु.विशेष अदालतमा उजूर गरेपछि बन्धकी साहुलाई पनि झिकाएकोमा बन्धकी जग्गा हो आयस्ता खाएको छैन भनी विशेष अदालतमा बयान भई मुद्दा गरी ०३२।५।७ मा पद्म बहादुरले मोही निष्कासन गरेको ठहरेन । बारी विजन ।।४ को जग्गाको २०२३ सालदेखि गा.पं.मा तिरो तिरी आएको, दुर्गा सिंले र दाजु पद्म बहादुरले भोग गरेनन् जग्गा बाँझै छ रेखदेख मैले गरिआएको त्यस्तैमा प्रेम बहादुर खडा गरी बिक्री गर्न लिने कृष्ण बहादुर भई का.पं.मालमा ०३०।९।२ मा रु. २९००। मा पास गरेछन् ०३०।११।११ मा नक्कल सारी थाहा पाएँ । प्रेम बहादुरको हकै नभएको तिरो दर्ता नभएको जग्गा विपक्षहरूले गरेको २०३०।९।२ को रु. २९००। को राजीनामा पास गरेको हक नपुग्ने जग्गा बिक्री लिनुदिनु गरेको र बदर गरी पछि विदेशी कृष्णे आएमा मैले फिर्ता दिने गरी नआएसम्म मेरो हकमा रहने गरी उक्त राजीनामा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रत्न बहादुर भन्ने खड्ग बहादुर खत्री क्षेत्रीको फिराद । ३. मेरा पिता पद्म बहादुरको दुई श्रीमतीमा कान्छी पट्टीको छोरा प्रेम बहादुर