निर्णय नं. ५०६७ - क्षतिपूर्ति
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०६७ - क्षतिपूर्ति भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५१/१२/२१ ३११७ निर्णय नं. ५०६७ ने.का.प. २०५२ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०४९ सालको दे.पु.नं. ७६४ फैसला मिति : २०५१।१२।२१।३ मुद्दा : क्षतिपूर्ति । पुनरावेदक/वादी: जि.सर्लाही ढुंगेखोला गा.वि.स. वा.नं. ४ बस्ने भोज बहादुर भण्डारी। विरुद्ध विपक्षी/प्रतिवादी: इलाका प्रहरी कार्यालय हरिपुरका इन्चार्ज यज्ञ बहादुर थापा क्षेत्री । इलाका प्रहरी कार्यालय हरिपुर सर्लाही । जिल्ला सर्लाही हरिओम के.सी. । ऐ.वा.नं.६ बस्ने गोपालकृष्ण भुजु । विवादकै कारणले थानामा ट्याक्टर राख्दैमा क्षतिपूर्ति दिनु पर्ने प्रावधान नागरिक अधिकार ऐन, २०१२ को दफा १८ मा रहेको नपाइने । (प्रकरण नं. १३) वादी दावीमा श्री ५ को सरकार उपरको दावी हो वा कर्मचारी उपरको दावी हो सो स्पष्ट उल्लेख गर्न सकेको देखिँदैन । सरकारी कर्मचारीको अनधिकृत कार्यको निमित्त उक्त दफा १८ अन्तर्गत दावी दिई आउन नमिल्ने समेत हुंदा क्षतिपूर्ति दिलाई दिन मिल्ने नदेखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः पुनरावेदन अदालत जनकपुरबाट भएको मिति २०४९।५।७ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– २. यसमा मेरो नाममा दर्ता रहेको ज.अ.त. ३१७ को Msro DOTA कुवोटो हर्ष पावर ५५ सिलिण्डर संख्या ६ च्यासिस नं. ५१०७७ इन्जिन नं. ९२६००च् ३४८९१ सुन्तला रातो प्लेट भएको टेक्टर कृषि विकास बैंक र हरिओन बस्ने कृष्णभक्तको छोरा गोपाल कृष्ण भुजुसँग मेसी फरगुर्सन पावर ४५ घरसार भै ०४२।११।२९।४ मा खरिद गरी लिएको नामसारी गराउन आलटाल गरेकोमा नामसारी मुद्दा जि.अ. सर्लाहीमा दायर गरेको छु उक्त कुवेट टेक्टर मैले नारायणी अञ्चलको चन्द्र निगाहपुर देखि वागमती सम्म सडक सुधार काममा ठेकेदार अर्जुन के.सी.लाई प्रति महिना रु. ६,०००।– का दरले शर्तमा ०४४।६।३ देखि बहालमा दिएको थिए । विपक्षी मध्येको गोपाल कृष्णको अर्जुन के.सी.सँग के को झगडा रिसइवी थियो निजै जानुन विपक्षी स.ई. यज्ञबहादुर थापा क्षेत्रीलाई आफ्नो प्रभावमा ०४४।१२।५ को मेरो उल्लेखित कुवोटा टेक्टर र ०४५।४।२५ गते दिनमा चन्द्रनिगाहपुर स्थित प्रहरी थाना मार्फत मेसी फरगुसन टेक्टर समात्न लगाई आफ्नो जिम्मा राखेकोले नागरिक अधिकार अपहरण गर्न मिल्दैन गरे नागरिक अधिकार ऐन बमोजिम क्षतिपूर्ति दिनु पर्ने हुन्छ । विपक्षीहरुबाट दामासाहीले विगो रु. १,२२,४००।– दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. यसमा वादीले मलाई मुद्दा चलाउने सम्बन्धमा नोटिस नपठाएकोले र म्यादभित्र दायर नभएकोले खारेज गरी पाउँ जहाँसम्म तथ्यगत प्रश्न तर्फ विचार गर्दा गोपाल कृष्ण भुजु र पदमध्वज खत्री बीच झगडा भई अशान्तिको वातावरण भएको अवस्था प्र.जि.अ.ज्यू पाल्नु भई प्र.जि.अ. को मौखिक आदेशानुसार उक्त ३१७ को टेक्टर इलाका प्रहरी कार्यालय, हरिपुरमा राखिएको हो । विपक्षीलाई छलफल गरी टेक्टर बुझ्नको लागि पत्र लेखी पठाउँदा उपस्थित हुन नआई इ.प्र.का. चन्द्रनिगाहपुरको प्र.स.मु. २३।०४५।४६ च.नं. ५४ मिति ०४५।४।२५ को पत्रसाथ निवेदक गोपाल कृष्ण भुजुको नाम दर्ता भएको ज.अ.ख. ८५ को ट्याक्टर इ.प्र.का. हरिपुरमा दाखिल हुन आएको हो, यस सम्बन्धमा गोपाल कृष्ण भुजुले जि.का.मा निवेदन दिई सो सम्बनधमा श्