निर्णय नं. २२९३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२९३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/२८ २०६९ निर्णय नं. २२९३ ने.का.प. २०४२ अङ्क ३ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको रि.फु.नं. ३४ विषय : उत्प्रेषण । निवेदक/विपक्षी :कपिलबस्तु जि.ठूलोनन्द गा.पं.वा.नं.२ बस्ने समी मुसलमान । विरूद्ध विपक्षी/रिट निवेदक:ऐ.ऐ. बस्ने अमिन मुसलमान । आदेश भएको मिति: २०४२।३।२८।६ मा निखन्न दिनुपर्ने व्यक्तिले निखन्न दिनुनपर्ने कारण देखाएमा रजिष्ट्रेशनको ३५(२) नं. बमोजिम अदालतमा ३५ दिनभित्र उजूर गर्न जानु भनी सुनाउनुपर्ने । (प्रकरण नं.१८) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस उल्लिखित मुद्दाःX आदेश प्र.न्या.नयन बहादुर खत्रीः डिभिजन बेञ्चबाट मिति ०४०।१०।१७।३ मा भएको निर्णय फुल बेञ्चबाट दोहोर्याई हेरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. अमिन मुसलमानको नाम दर्ताको ठूलोनन्द नगर गा.पं.वडा नं. २(क) कि.नं. १ को ज.वि. १–०–० कि.नं. ११६ को ज.वि. १–५–६ ऐ. कि.नं. १२३ को जग्गा मध्ये ०–३–८ र ऐ. वडा नं. २(ख) को कि.नं. २५१ को जग्गा ०–५–१८ समेत जम्मा जग्गा २–१४–१२ रू. २०,०००। मा नगेश्वर थारूलाई राजीनामा पारित गरिदिएकोमा बेगल बसेको हकवाला हुँदा रु. २०,०००। धरौट राख्न आएको छु निखनाई पाउँ भन्ने समी मुसलमानको कपिलवस्तु मा.पो.का. मा दर्खास्त परेको। ३. अमिन मुसलमानको छोरा श्रीमतीको सल्लाह भई मैले राजीनामा लिएको जग्गा जमीनलाई पुनः राजीनामा दिएको हुँदा धरौट उठाई रहनुपरेन भन्ने नगेश्वर थारुको मा.पो.का.मा बयान । ४. मैले जग्गा नगेश्वरलाई बिक्री गरेकोमा छोरा श्रीमतीको मञ्जूरी नहुँदा थैली बुझाई राजीनामा गराई सकेको छु लिखत पारितमा नालेश गरेको हुँदा थैली बुझ्नुपर्ने होइन भन्ने अमिन मुसलमानको बयान । ५. अंश नभएको अंशियारको मञ्जूरी नभएमा लेनदेन व्यवहारको १० नं. बमोजिम उजूरी हुनुपर्ने सट्टा पट्टा भएकोमा चित्त नबुझे लेनदेन व्यवहारको ३६ नं. को म्यादभित्र आ–आफ्नो गर्नुपर्ने व्यवस्था भएको, पक्षलाई हकदार होइन भन्न नसकेको र अंशबण्डाको लिखतको प्रतिलिपिबाट हकदार देखिँदा पारित गरी बिक्री गरेको जग्गा पुनः घरसारमा लिए दिएको बयान भए तापनि घरसारको राजीनामा मान्यता दिन नमिल्ने हुँदा नगेश्वर थारुले पारित गरिलिएको राजीनामा बमोजिमको जग्गा समी मुसलमानले रजिष्ट्रेशनको ३५ नं. बमोजिम हकसफा गरी लिन पाउने र नगेश्वरलाई थैली नुबझे वापत लेनदेन व्यवहारको ३८ नं. बमोजिम रु. ५००। जरिवाना हुने भन्ने समेत मा.पो.का.कपिलबस्तुको ०३५।१२।२४ को निर्णय । ६. अमिन मुसलमान तथा नगेश्वरको अञ्चलाधीश कार्यालयमा परेको पुनरावेदन जिल्ला कार्यालयमा सरी आएका र राजीनामालाई मान्यता दिने नदिने सम्बन्धमा निर्णय गर्न मालपोत कार्यालयलाई अधिकार नहुँदा मा.पो.का.को निर्णय बदर गरी जि.अदालतमा पठाउने गरी निर्णय गरी पाउन पुनरावेदन माग भएको रहेछ । ७. मा.पो.का.को इन्साफ सदर भन्ने समेत प्र.जि.अ. कपिलवस्तुले ०३७।११।१६ मा गरेको पुनरावेदन फैसला । ८. उक्त फैसला त्रुटिपूर्ण हुँदा बदरभागी भएकोले पुनरावेदनको अनुमति पाउँ भनी पश्चिमान्चल क्षेत्