निर्णय नं. २२९४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२९४ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/११ १८९२ निर्णय नं. २२९४ ने.का.प. २०४२ अङ्क ३ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको रिट फु.नं. ५३ विषय : उत्प्रेषण । निवेदक/विपक्षी :जि.ललितपुर ठेचो गा.पं.वा.नं. १ बस्ने चक्रबहादुर ज्यापू । विरूद्ध विपक्षी/रिट निवेदक:ऐ.ऐ. चापागाउँ गा.पं.वार्ड नं. ७ मूलढोल बस्ने शान्त प्रसाद न्यौपाने। आदेश भएको मिति:२०४२।३।११।३ मा सबूद प्रमाण बुझी इन्साफ गर्नुपर्ने देखिएपछि अदालतमा नालिश दिन जानु भनी सुनाउनु पर्नेमा भूमिप्रशासन कार्यालय आफैंले अधिकारक्षेत्र ग्रहण गरी निखन्न पाउने ठहराएको र सोही इन्साफ सदर गरी प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं.९) निवेदक तर्फबाटःX विपक्षी रिट निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतबाट निर्णय भएको यसमा लेखिएको उत्प्रेषणको रिट मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. चापागाउँ गा.पं. वा.नं. ७(ख) कि.नं. २५ को जग्गा रोपनी १४–२–० मध्ये उत्तरतर्फबाट ७–१–० र कि.नं. २६ को जग्गा रोपनी ५–२–० मध्ये ऐ. तर्फबाट २–९–० ऐ. कि.नं. ३० को जग्गा रोपनी ६–१–० मध्ये ऐ. तर्फबाट ३–०–२ को जग्गा मिश्रीदेवी लोतामाङबाट थैली रु.६५००। दिई ०३३।२।२५।२ मा भू.प्र.का. बाट राजीनामा रजिष्ट्रेशन पास गराई लिएको थिएँ । कुनै प्रकारको सन्धीसर्पन नपर्ने विपक्षी चक्रबहादुरले सन्धीसर्पन परेको भन्ने दावी लिई भू.प्र.का. मा दर्खास्त दिई धरौट राख्नु भएछ । विपक्षी सन्धीसर्पन पर्ने व्यक्ति हैन निखन्न दिन मञ्जूर छैन भन्ने जिकिर लिई इन्कारी बयान गरेकोमा विपक्षी भूमिप्रशासकज्यूले निखनी लिन पाउने ठहर्याई ०३४।४।६।५ मा निर्णय गर्नु भयो । सो उपर पुनरावेदन गर्दा सुरुको निर्णय सदर गरी विपक्षी प्रमुख जिल्ला अधिकारीज्यूबाट ०३७।७।२९ मा फैसला भयो । ३. विपक्षीले आफ्नो दर्खास्त लेखेमा कहीँ कतै पनि मेरा किल्लासँग आफ्नो किल्ला जोडिन्छ वा छुन्छ भनी दावी गर्नसम्म पनि नसक्नु भएको, जग्गा राजीनामा पारित गरेको ८ महिना पछि राखिएको धरौटबाट इन्साफ तहकीकात गरी निखन्न पाउने ठहर गर्नु कानुनसंगत छैन । विपक्षी सन्धिसर्पन पर्ने व्यक्ति होइन भनी प्रतिवाद गरेपछि सन्धिसर्पन पर्ने हो वा होइन भनी रजिष्ट्रेशन गर्ने अड्डामा रहने बाहेक नक्सा सरजमीन साक्षी सर्भेको नक्सा ट्रेस समेतको प्रमाण बुझी इन्साफ गर्नुपर्ने अवस्थाको प्रस्तुत मुद्दा हुनाले रजिष्ट्रेशनको ३५ नं. अनुसार ३५ दिनभित्र अदालतमा फिराद गरी सन्धिसर्पण ठहराई ल्याएमा ठहरे बमोजिम हुने भन्ने निर्णय गर्नुपर्नेमा निखनी लिन पाउने ठहर्छ भनी गरिएको फैसलाबाट लेनदेन व्यवहारको १२ नं. रजिष्ट्रेशनको ३५ नं.अ.बं. ३५ नं. तथा अ.बं. ७२ नं. समेतको त्रुटि गरी निर्णय गरेको र नेपालको संविधानको धारा १०(१), धारा ११(२)(ङ), तथा १५ द्वारा प्रदत हकमा आघात परेकोले विपक्षी भूमिप्रशासन का