निर्णय नं. ४७५७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७५७ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०३/०९ २४०४ निर्णय नं. ४७५७ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत २०४७ सालको रिट नं. ९७० आदेश मिति: २०५०।३।९।४ निवेदक : का.जि.कमलपोखरी स्थित कृष्ण पाउरोटी प्रा.लि. को तर्फबाट अधिकार प्राप्त संचालक धनश्याम राजकर्णिकार । विरुद्ध विपक्षी : श्री ५ को, सरकार कर कार्यालय काठमाडौं । : श्री राजश्व न्यायाधीकरण काठमाडौं वागबजार । विषय : उत्प्रेषण । (१) हिसाब किताब अमान्य नभएको कुनै पनि करदाताले आफ्नो हिसाब किताबको आधारमा दिएको आयको विवरणबाट करदाताको वास्तविक आय देखिन्छ र करदाताले आफ्नो वास्तविक आय फरक पर्ने गरी विवरण दिएको छैन भने सो विवरणको आधारमा कानुनद्वारा कटाउन मिल्ने खर्च कटाई आय निर्धारण गर्न बाधा नदेखिने । (प्र.नं. ७) (२) निवेदक करदाताले पाउरोटीको निर्धारित मूल्यमा कमिशनको अंक कटाई बाँकी मात्र पाउने गरेको भन्ने कुरा समेत विवाद देखिदैंन । यस स्थितिले गर्दा निवेदकले कमिशनको अंकलाई आफ्नो हिसाबमा नदेखाएको र देखाउनु नपरेको भन्ने निवेदक पक्षको कथन छ । यद्यपी निवेदक पक्षको सो कथनलाई नमान्ने हो र निवेदकले आफ्नो हिसाबमा पाउरोटी विक्रीबाट प्राप्त रकममा निर्धारित मूल्य नै देखाउनु पर्ने हो भने स्वभावतः लेखा राख्ने विधि अनुसार रिक्सा र भ्यान चालकले प्राप्त गरेको कमिशनको अंकलाई खर्च देखाउनु पर्ने हुन्छ । यस्तो खर्चलाई आयकर ऐन, २०३१ को दफा १२ को उपदफा (१) को खण्ड (ज) बमोजिम आम्दानी रकममा कट्टी गरी खुद आय निकाल्नुपर्ने व्यवस्था समेत रहेको छ । कानुनको सो व्यवस्था बमोजिम कर दाताको खुद आय निर्धारण गरी त्यसमा कर लगाउने गरेको नदेखिएकोले कर कार्यालय काठमाडौंको कर निर्धारण आदेश र सो सदर गरेको राजश्व न्यायाधिकरण काठमाडौंको फैसला त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । कानून बमोजिम गर्नु भनी विपक्षीका नाउँमा परमादेश समेत जारी हुने । (प्र.नं. ७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या. केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछः– २. यस प्रा.लि. को आ.व. २०३६।०३७ को कर कार्यालय काठमाडौंबाट आयकर निर्धारण हुँदा मिति २०४२।११।३० को निर्णयानुसार भनी खूद आय रु. ४,१२,६८६।८७ मध्ये एक महिनाको २६ दिनको २५% छुट भनी रु. १६,०४०।९० कटाई रु. ३,९६,६३७।९७ कायम गरी त्यसमा कर रकम रु. १,७७,५६८। र जरिवाना रु. १,०९७।५० समेत गरी जम्मा रु. १,७८?६६६।४८ निर्धारण गरी पठाएको मिति २०४२।११।३० को आयकर निर्धारण आदेश मिति २०४२।१२।१३ मा प्राप्त हुन आएकोले त्यस उपर चित्त नबुझी आयकर ऐन, २०३१ को दफा ५७ तथा ५७ क. समेत बमोजिम राजश्व न्यायाधिकरण काठमाडौं समक्ष पुनरावेदन गरेकोमा रु. १,३०,५९४।– कमिशन खर्चको सम्बन्धमा श्रेस्ताबाट प्रमाणित नभएको तथा फाँटवारी समेत पेश नभएको कारण जनाई अमान्य गरेको मनासिव ठहर्छ । मेसिन मर्मत खर्चमा कन्ट्रोल ल्याम्प तथा ट्रान्सफरमर खरिद खर्च समेत समावेश भएको कारण त्यस्तो पूँजीगत खर्च रु. ३,६५७।३० भन्सार महसूल तथा अन्य खर्च मध्ये रु. १२,४६०।०८ विल भरपाईबाट प्रमाणित नभएकोले सो मिलेकै देखिन्छ भनी अन्य केही शिर्षकको हकमा मिन्हा हुने ठहर गरी राजश