निर्णय नं. ५०६९ - उत्प्रेषण, प्रतिषेधयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०६९ - उत्प्रेषण, प्रतिषेधयुक्त परमादेश भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५१/१२/२९ २७५१ निर्णय नं. ५०६९ ने.का.प. २०५२ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०५० सालको रिट नं. ...२७३७ आदेश मिति : २०५१।१२।२९।४ विषय : उत्प्रेषण, प्रतिषेधयुक्त परमादेश । निवेदक :का.जि. इन्द्रायणी गा.वि.स.वडा नं. ८ बस्ने वर्ष ४७ को बच्चु भन्ने मान बहादुर थापा । विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत । ऐ. अदालतको तहसिल फाटं का.जि इन्द्रायणी गा.वि.स. वडा नं. ८ बस्ने कृष्ण बहादुर थापा । धेरै अघि अंश पाउने भई छुटयाई दिने भन्ने अदालतको अन्तिम ठहर भएको फैसलालाई तहसिल फा“टबाट कार्यान्वयन गर्ने कार्य यदि कानुनसंगत छैन भने दण्ड सजायको ६१ नं. मा भएको कानुनी व्यवस्थाबाट जिल्ला न्यायाधीश समक्ष उजूर गरी निर्णय गराउनु पर्नेमा सोझै सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको वैकल्पिक उपचारको सिद्धान्त अनुसार असंगत हुने । (प्रकरण नं. ८) ०४४।६।२९ को आदेशलाई बदर गर्न निवेदकको ०५०।६।५ को रिटनिवेदन विलम्ब गरी परेको समेतबाट रिटनिवेदन जारी हुन नसक्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री परशुराम आचार्य विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री नरहरि आचार्य अवलम्बित नजीरःX आदेश न्या.गोविन्द बहादुर श्रेष्ठःनेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) बमोजिम रिट निवेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. हामी निवेदकका बाजे नरबहादुर र बज्यै सन्तकुमारीको ४ भाइ छोराहरुमा जेठा तोक बहादुर माहिला देवीबहादुर, साहिँला हाम्रो पिता भद्रबहादुर र कान्छा विपक्षी कृष्णबहादुरको पिता भिमबहादुर भएकोमा माहिला तथा साहिँला अघि नै परलोक भएको र बज्यै सन्तकुमारीले निजका जेठा छोरा तोकबहादुर, माहिला छोराको छोरा केलबहादुर, साहिँला छोराको छोराहरु मध्ये रिट निवेदक मध्येका रामचन्द्र र कान्छा छोरा भिमबहादुर समेत ४ जनालाई प्रतिवादी बनाई पाँच अंशको एक अंश दावी गरी अंश मुद्दाको उठान हुँदा बज्यै सन्तकुमारी २०२३ सालमा परलोक हुनु भई निज बज्यैले शेषपछिको बकसपत्र गरी दिनु भएको भनी विपक्षी कृष्णबहादुरले भु.सु.गरी सर्वोच्च अदालतबाट मिति १९९३।११।१० लाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डा हुने ठहर भै मिति २०२४।११।१८ मा भएको फैसला अन्तिम भै रहेको छ । त्यस्तै जेठा बाबु तोकबहादुर वादी विपक्षी कृष्णबहादुर प्रतिवादी भई चलेको शेषपछिको बकसपत्र बदर मुद्दामा विपक्षी कृष्णबहादुरले पाएको शेषपछिको बकसपत्र लिखत आधा बदर ठहरी शुरु का.जि.अ. र वा.अं.अ. समेतबाट मिति २०३०।२।१७ मा भएको पुनरावेदन फैसला अन्तिम भैरहेको र विपक्षी कृष्णबहादुरले तोकबहादुर उपर उठान गर्नु भएको दपोट मुद्दा निजले हारेको समेत स्थिति छ । त्यसरी विभिन्न मुद्दामा अघि नै फैसला भइरहेकोमा विपक्षी कृष्णबहादुर चुप लागि अरु छोरा नाती सरह बाजे नरबहादुरकै पालामा मिति १९९३।११।१० मा भएको घरायसी बण्डा अनुसारको चल अचल सम्पत्तिहरु खाई भोगी आएकोमा जेठा बाबु तोकबहादुरको सन्तानमा बण्डापत्र भई मिति २०३२।१०।११ मा अंशबण्डा पारित समेत भएको र हामी निवेदकहरुले पनि अघि आफ्नो बाबुले ९३ सालमा प्राप्त गर्नु भएको र पछि आर्जेको सम्पत्तिहरु आपसमा मिली खाई आएका छौं । विपक्षी कृष्णबहादुरले बज्यै सन्तकुमारीको मु.स.गरेको भनी आफ्नो हकदैयाको कुनै प्रमाण नै नराखी अंश मुद्दामा प्रत