निर्णय नं. २२९५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२९५ - अंश भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/२१ २५३२ निर्णय नं. २२९५ ने.का.प. २०४२ अङ्क ३ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४१ सालको दे.फु.नं. ६४ मुद्दा : अंश । निवेदक/प्रतिवादी:का.जि.का.न.पं.वार्ड नं. १७ क्षेत्रपाटी धोविचौर बस्ने छिरिङ फिन्जो । विरूद्ध विपक्षी/वादी:ऐ.ऐ. वडा नं. ३० ज्याठा टोल बस्ने दावाङ गोल्छेन । फैसला भएको मिति:२०४२।३।२१।६ मा कुनै अंशियारको हित सम्बर्धनमा धेरै रकम खर्च भयो भन्दैमा उक्त रकमलाई निजले अंश वापत पाउने रकम हो भनी अंश हकबाट वञ्चित गर्न मिल्ने पनि देखिँदैन । (प्रकरण नं.११) निवेदक/प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान विपक्षी/वादी तर्फवाट :विद्वान व.अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. पिता सोनाम केलर र आमा छेमलाबाट विपक्षी छिरिङ फिन्जो, म र एक बहिनी भएकोमा बहिनीको विवाह भइसकेको र पिताको स्वर्गवास भएपछि पिताले आर्जन गर्नुभएको सम्पत्ति र हामीले कमाएको समेत विपक्षी दाज्यूको जिम्मामा भएकोले अंश छुट्याई माग्दा मिति ०३५।१।२३ गते जो गर्नुपर्छ गर भन्ने जवाफ दिएकोले विपक्षीसँग भएको सम्पत्तिको तायदाती लिई मेरो अंश छुट्याई पाउँ भन्ने समेत ड्वाङ गेल्छेनको फिरादपत्र रहेछ । ३. चुं जे दस्तूर तिरी बस्ने गरी विपक्षीलाई ०७ सालमा तिब्बत ल्हासा स्थित धेपु गुम्वाङ्गकपा धार्चामा विपक्षीलाई लामा भिक्षु बनाई राखेकोमा ०१५ सालमा निज १६ वर्ष पुगेपछि गुम्बाको नियम बमोजिम ठूलो दर्जा दिई धेरै पैसा खर्च गरिएको थियो । जन्मभरी भिन्न भई बस्न सक्ने गरी चाहिएको सरसामानहरू समेत दिइएको थियो । विपक्षी भिक्षु भइसकेको हुँदा अंशबण्डाको ९ नं. ले पनि अंशमा दावी नपुग्ने हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र रहेछ । ४. वादीबाट रु. ५०१८। को र प्रतिवादीबाट दाइजोको रु. १,००,०००। बैङ्कमा डिपोजिट भएको ऋण धनका हकमा अचल घर ल्हासामा भएको हुँदा नेपालमा बण्डा नलाग्ने र अरू ऋण धनका हकमा दिनुपर्ने ९,०६,०००। लिन पर्ने रु. ८९,६९०। को तायदाती रहेछ । ५. वादीले आफ्नो अंश अघि बुझी लिई गुम्बामा भिक्षु बनी सकेको देखिएको हुँदा एकपटक आफ्नो अंश लिई आफूखुस गरी सकेपछि पुनः यी प्रतिवादी दाज्यूले अंश भोग्दै आएको भन्ने वादीको फिराद दावी पुग्न सक्दैन भन्ने समेत शुरू जि.अ.को फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन भन्ने मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको। ७. सन् १९५० देखि १९५९ सम्म ड्वाङ गेल्छेन ड्रेपुङ गुम्बामा डनर्पा ढाँचामा भिक्षु बनी छुन्जे पदवी लिई गुरू साम्बे ग्वाछोसँग बसेका थिए । त्यस बेलाको प्रचलन अनुसार भिक्षु बन्न ठूलो रकम लाग्ने भएको भिक्षु बन्न चाहनेले आफ्नो अंशको रकम त्यसको लागि खर्च गर्ने चलन भएको व्यहोराको पत्र नेपाली दुःख निवारण कल्याण कोष, ल्हासाको मिति ०