निर्णय नं. २२९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/२५ १९९२ निर्णय नं. २२९६ ने.का.प. २०४२ अङ्क ३ फुल बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.फु.नं. ४१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक : जि.धनुषा हंसपुर कठपुल्ला गा.पं.वा.नं. २ बस्ने फेतन सिंह राजपूत । विरूद्ध विपक्षी :भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय, धनुषा । जि.महोत्तरी मनारा गा.पं.वा.नं.५ बस्ने इन्द्रजीत सिंह राजपुत । आदेश भएको मिति: २०४२।२।२५।६ मा अंश वा अपुताली परी उक्त अधिकतम हदभन्दा बढी जग्गाको मोहियानी हक प्राप्त हुन आएमा त्यस्तो बढी जग्गा जतिको मोहियानी हक समेत श्री ५ को सरकारले तोकिए बमोजिम प्राप्त गरी तोकिए बमोजिम बिक्री वितरण गर्नेछ भन्ने व्यवस्था भएको देखिन्छ । (प्रकरण नं.११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री जयनारायण हुजेदार उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम फुल बेञ्च लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. धुनषा जिल्ला हंसपुर कठपुल्ला गा.पं. वडा नं. २ कि.नं. १२१ को २–१–१९ से कि.नं. २१५ को ०–४–१६ को प्रत्यर्थी मध्ये इन्द्रजीत सिंह जग्गाधनी र म निवेदक मोही हुँ । विपक्ष ज.ध.ले ऐनको दफा ८ को उपदफा १ को प्रतिकूल म निवेदककै नाममा चार बिगहा भन्दा बढी जग्गा दर्ता रहेकोले जग्गा कमाउन नपाउने व्यहोरा दर्साई म निवेदकको मोही हक समाप्त गरिपाउँ भनी निवेदन चढाउनुभएको रहेछ । म निवेदकका नाउँमा दर्ता देखिएको जग्गा मेरो एकलौटी नभई पुर्खौली सम्पत्ति हो अंश भाग लाग्ने व्यक्तिहरू विभिन्न छन् तेह्र कठ्ठा चानचुन जग्गा मात्र म निवेदकको हुन आउँछ । मोही हक छोड्न पर्ने होइन भनी प्रतिवाद गरेको थिएँ । फेतन सिंहको नाममा १६–१४–१६ जग्गा दर्ता देखिएको, एउटा परिवारले राख्न पाउने मोही हक ४–०–० बिगहा भन्दा फेतन सिंहका नाममा आफ्नो समेत जग्गा मिलाउँदा भू.सं. ऐन, २०२१ को दफा ८ बमोजिम हद भन्दा बढी जग्गा देखाएकोले निजले कमाइरहेको हंसपुर कठपुल्ला वडा नं. २ कि.नं. १२१ को २–१–१९ ऐ. कि.नं. २१५ को ०–४–१६ समेत २–६–१५ जग्गा भू.सं.नियमहरू, २०२१ को नियम १४ बमोजिम प्राप्त गरी ऐ. को नियम १६ बमोजिम बिक्री वितरण गर्ने ठहर्छ भनी ०४०।७।२९ मा भू.सु.का. धनुषाबाट आदेश भएको छ । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ११ को प्रतिबन्धात्मक वाक्यांशले जग्गा प्राप्त गर्ने सम्बन्धमा भू.सु.अ.लाई तोकिएको अधिकार भू.सं. ऐन, ०२१ को दफा ८ लागू भइसकेको अवस्थाको लागि हो म ऐन प्रारम्भ हुनुभन्दा अगाडिको मोही हुँदा सो जग्गा प्राप्त गर्ने अधिकार भू.सु.अ.लाई छैन । श्री ५ सरकारको अधिकार क्षेत्रभित्र पसी मेरो जग्गा प्राप्त गरी बिक्री वितरण गर्ने गरी भएको भू.सु.का.को निर्णय अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण हुँदा अ.बं. ३५ नं. ले बदरभागी छ, परिवार समेत नछुट्याई म बाहेकका अंशियारको अंश भागको जग्गा समेतलाई मेरो एकलौटी ठहर्याई भएको निर्णय उक्त ऐनको दफा ८ र २(ग) को समेत प्रतिकूल छ, मैले प्रतिवाद गर्दा सबै अंशियारको नाम उल्लेख गर्नुको साथै तत्सम्बन्धमा ७ नं. फाँटवारी तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा समेत पेश गर