निर्णय नं. २२९७ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२९७ - उत्प्रेषणयुक्त परमादेश भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/०७ २०९४ निर्णय नं. २२९७ ने.का.प. २०४२ अङ्क ३ फुल बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ को रि.फु.नं. ५२ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदक :लोकसेवा आयोग, कमलपोखरी, काठमाडौं । विरूद्ध विपक्षी :१६।४६३ लैनचौर काठमाडौं बस्ने श्री ५ को सरकार आवास, भवन तथा भौतिक परियोजना विभागको इन्जिनियर शशि बहादुर थापा । आदेश भएको मिति:२०४२।३।७।६ मा परीक्षामा कुनै उम्मेदवारले अत्यधिक बढी अंक प्राप्त गरेको वा कुनै उम्मेदवारले अस्वाभाविक रूपले कम अंक प्राप्त गरेको मात्र एक आधारमा सो परीक्षालाई निष्पक्ष तरिकाले भएन भनी दोषारोपण गर्न मिल्दैन । (प्रकरण नं.८) निवेदक तर्फबाट:विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा डिभिजन बेञ्चबाट किनारा भएको उत्प्रेषण परमादेशको रिट निवेदनको मिसिल झिकाई फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमाङ्गी फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. इन्जिनियरिङ्ग सेवा सिभिल समूह विल्डिङ्ग एण्ड आर्किटेक्चर उपसमूह रा.प. द्वितीय श्रेणीको पद संख्या १ भन्ने समेत खुलाई विपक्षी आयोगको पदोन्नति शाखाको नं. १।०३६।३७ को विज्ञापन मिति ०३६।६।११ को गोरखापत्रमा प्रकाशित भएकोमा सम्बन्धित उम्मेदवारको हैसियतमा म निवेदकले पनि उक्त पदमा बढुवाका लागि विज्ञापन अनुसार दर्खास्त फाराम भरेर परीक्षामा सम्मिलित भएँ । प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण भएपछि विपक्षी आयोगले म निवेदक समेतका दुइजनाको अन्तर्वार्ता २०३६।१०।१७ मा लियो । एकजना उम्मेदवारको अन्तर्वार्ता लिखित परीक्षाको नतीजा प्रकाशित नहुँदै लियो । पछि विपक्षीआयोगले मिति २०३६।१०।१७ को अन्तर्वार्तालाई अपूर्ण देखिएकोले सो अन्तर्वार्ता लाई रद्द गरिएकोछ भन्दै म निवेदकसमेतको पुनः मिति २०३६।११।२७ मा अन्तर्वार्ता लियो । पछि आयोगको पदोन्नति शाखाको विज्ञापन नं. १।०३६।३७ अनुसार नेपाल इन्जिनियरिङ्ग सेवा सिभिल समूह विल्डिङ्ग एण्ड आर्किटेक्चर उपसमूहको रा.प. द्वितीय श्रेणी पद १ मा बढुवाको लागि लिइएको आन्तरिक प्रतियोगितात्मक परीक्षा रद्द गर्ने मिति ०३७।२।२८ मा आयोगबाट निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ भनी परीक्षा नै रद्द गरियो । निर्णयको प्रतिलिपि पाउन सकिँन । ३. लोकसेवा आयोग कार्यविधि ऐन, २०२० र सो ऐन अन्तर्गत बनेको लोकसेवा आयोग कार्यविधि नियमहरू, २०२७ मा विपक्षी अयोगले परीक्षा लिई त्यसको नतिजा प्रकाशित गरी अन्तर्वार्ता समेत लिने काम सकेपछि परीक्षा रद्द गर्ने अधिकार पाएको देखिँदैन । निजामती सेवा नियमावली, २०२१ को नियम ३.३।१०। र ११ ले पनि विपक्षी अयोगलाई परीक्षा रद्द गर्ने अधिकार दिँदैन । बरू सो नियमले सम्बन्धित कर्मचारीको बढुवा निजले लिखित परीक्षा र अन्तर्वार्तामा प्राप्त गरेको अंकको आधारमा गरिने छ भन्ने व्यवस्था गरी म निवेदकले पाएको अंकलाई अन्यथा