निर्णय नं. ५०७१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०७१ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०१/०५ २२७५ निर्णय नं.५०७१ ने.का.प.२०५२ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा २०५१ को रिट.नं....२२९६ आदेश मिति : २०५२।१।५।३ विषय : उत्प्रेषण । निवेदक :गणेश बहादुरको छोरा का.जि. कपन गा.वि.स. वडा नं. २ बस्ने रामहरी थापा । विरुद्ध विपक्षी :वडा प्रहरी कार्यालय बौद्ध काठमाडौं । का.जि.का.न.पा. वडा नं.३३ ज्ञानेश्वर बस्ने श्रीमती पुष्पलता अग्रवाल(ढकाल) । हक छाडी सकेको कुरा लुकाई अनधिकृत कागज बदर गरी पाउँ भनी निवेदन दिएको सफा हात लिई अदालतमा प्रवेश गरेको मान्न सकिने अवश्था नभएबाट माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.८) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री माधव प्रसाद बास्कोटा विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री प्रेम प्रसाद अधिकारी अवलम्बित नजीरः X आदेश न्या.मोहन प्रसाद शर्माः नेपाल अधिाज्यको संविधान, २०४७ को धारा ८८(२) अन्र्तगत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवदक र मेरो दाज जय बहादुर थापा समेत एका सगोलमा बसि आएकोमा हाम्रो मोहीयानी हकको घरवारी जग्गामा नापी हुँदा मेरो दाजु जय बहादुर थापाको नाउँमा का.जि.कपन गा.वि.स. वडा नं. २(क) कि.नं. ९ को १–९–० जग्गा र कि.नं.११ को ३–११–० समेत दुई कित्ता नापी भै मोहीयानी हकको घरवारी जग्गामा बसोवास गरी आएकोमा दाजु जय बहादुर ०३१ सालमा परलोक हुनु भयो । निजको स्वास्नी, छोरा, छोरी नर्भै निवेदकले नै बसोवास गरी आएको भु्.सु.ऐन, २०२१ को दफा २६(क) नं. र अपुतालीको १,२नं.बमोजिम अपुताली हक समेत भएको उक्त जग्गामा विपक्षी पुष्पलताले २०५१।४।२ का दिन उक्त कि.नं. ९ ११ को मेरो जग्गामा रहेको घरहरु भत्काई लैजानु भनेकोमा मैले घर भत्काउन दिन्न भनी जवाफ दिएको थिए । २०५१।२।१ का दिन विपक्षी पुष्पलताले वडा प्रहरी कार्यालयबौद्धको ३ जना प्रहरी साथमा ल्याई विना पूर्जि जबरजस्तीसंग मलाई पक्राउ गरी अ.व. ३५ नं प्रतिकुल गरी गैर कानूनी थुनामा राखि कुटपिट गर्न लगाई ३ थान सादा कागजमा सहिछाप गराई सकेपछि कि.नं. ९र११ को घरवारी जग्गामा रहेको घरहरु समेत २०५१।४।१० भित्र भत्काई पाताल गरी विपक्षी नं. २ लाई जिम्मा लगाई दिनु सो बमोजिम गरेन भने जीन्दगी भर थुनामा राखि दिन्छौ भनी डर त्रास देखाएकोले नागरीक अधिकार ऐन, २०१२ द्वारा प्रदत्त अधिकार र संविधानद्वारा प्रदत्त मौलिक हक अपहृत भएबाट यो निवेदन प्रस्तुत गरेको छु । ३. विपक्षीहरुले मलाई यातना समेत दिई स्वेच्छा विरुद्धको कागजहरु उत्प्रेषणको आदेश द्वारा बदर गरी अब उप्रान्त कुनै पनि त्यस्तो गैर कानूनी काम कारवाही समेत नगर्नु गर्न नलगाउनु भनी प्रतिषेध लगायत उपयुक्त परमादेशको आदेश समेत जारी गरीपाउँ भन्ने समेत रिट निवदेन रहेछ । ४. यसमा के कसो भएको हो ? माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाई आई सके पछि वा अवधी नाघे पछि नियम बमोजिम पेशगर्नु भन्ने यस अदालतबाट २०५१।४।१८ मा भएको आदेश । ५. विपक्षी निवेदकलाई यस कार्यालयबाट प्रहरी खटाई २०५१।२।१ मा पक्राउ नगरेका र थुनामा समेत राखिएको छैन । डर धाक देखाई २०५१।४।१० भित्र घर भत्काई दिनु भन्ने किसिमको कार्य यस कार्यालयबाट नगरीएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत वडा प्रहरी कार्यालय बौद्धको लिखित जवाफ । ६. म पुष्पलताले २०४९।१२।२९ मा रिणी पदम कुमारी थापा धनी म निवेदक भै का. जि