निर्णय नं. २२९८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२९८ - लेनदेन भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/२२ २४०१ निर्णय नं. २२९८ ने.का.प. २०४२ अङ्क ३ फुल बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फु.नं. ३४ मुद्दा : लेनदेन । पुनरावेदक/वादी:सिरहा ईटाटार तेनवापती गा.पं.वा.नं. ९ बस्ने रामेश्वर यादव । विरूद्ध विपक्षी/प्रतिवादी:जिल्ला धनुषा लक्कडबम नादरवाल गा.पं.वा.नं. १ बस्ने हरिहर गोइत यादव । फैसला भएको मिति:२०४२।२।२२।३ मा प्रतिवादीको जिकिरबाट रुपैयाँ लिए नलिएको विवाद उठेपछि लिखतका साक्षीहरूलाई अ.बं. १३९ नं. बमोजिम बुझी गराएको बयानलाई अन्यथा सम्झन मिल्ने देखिएन । (प्रकरण नं.२२) पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. प्रतिवादीले मसँग भा.रू. २५,००१। कर्जा लिई त्यसको सयकडा १० का दरले ब्याज समेत बुझाउँला भनी ०१७।१।५ मा कपाली तमसुक लेखिदिएकोमा साँवा ब्याज केही पनि नदिएकोले जम्मा साँवा ब्याज रू. ६२,०७३।३७। र अन्तिम फैसला मितिसम्मको ब्याज समेत भराई पाउँ भन्ने समेत वादीको फिराद । ३. तमसुकमा उल्लेख भएको मितिमा म तमसुक भएको भनिएको ठाउँमा उपस्थित नरहेको र उक्त तमसुक सत्य साँचो व्यवहारबाट गराएको नभई पञ्चायतको गर्ने सिलसिलामा पञ्चहरूले बन्देजको रूपमा गराउनुभएको सोही बमोजिमको अरू नै जालसाज तमसुक भएको हुँदा त्यस्तो तमसुकको आधारबाट निजले दावी गरे बमोजिमको साँवा ब्याज कोर्टफी मैले बुझाउनुपर्ने होइन । वादी रामेश्वर यादव सिराहा जिल्लाको र प्रतिवादी धनुषा जिल्लाको भएको हुँदा पक्की घर बनाउन अनाज र जग्गा बिक्री गरेको कुरा मलाई थाहा हुन नसक्ने, ४. मेरो छोरा, भतिजा नाउँको नम्बरी जग्गाहरू समेत जबरजस्ती आफ्नो घडेरी जग्गामा मिलाउने प्रयास गर्नुभएकोमा निज बौकुको र मेरो बीचमा वैमनस्यता उत्पन्न भएको थियो । धनुषा जिल्लाको र सिराहा जिल्लाको समेत प्रमाणमा उल्लिखित गन्यमान्य व्यक्तिहरूले मिलाउने विचार गरी ०२१ साल श्रावण २६ गतेका दिन बकड गा.पं. मा उपस्थित भई पञ्चायतको निर्णयबाट कसैले पनि उम्कन नपाओस् भन्ने उद्देश्यबाट पञ्चायत गर्नु भन्दा अगावै निज बोकु र मसँग समेतमा भा.रू. २५,००१। का दरले पृथक–पृथक कागज लेखाई सो कागजमा उस दिनको मिति राखे प्रशस्त टिकट लाग्ने र त्यतिको टिकट उपलब्ध हुन नसक्ने हुँदा टिकट प्रथा लागू हुनुभन्दा अगाडिको मिति ०१७।१।५।१ को मिति राख्न लगाइयो । ५. कागज जिम्मा राख्ने जमुनाप्रसाद सिंहको मेरो छोरा नकुललाल गोइतसँग चुनावको सम्बन्धमा रिस परेको अदालतमा परिराखेको र बौकु यादवसँग मिलापत्र गराई दिए भनी निज बौकुले पनि भित्रभित्रै रिस कायम राखी छाडेको रहेछ दुवैजना मिली उक्त कागज लिनु दिनु गरी विपक्षी रामेश्वर यादवबाट यो मुद्दा चलाउन लगाएको हुनुपर्छ भन्ने प्रतिउत्तर जिकिर । ६. लिखत सद्दे हो भन्ने समेत व्यहोराको प्रतिवादीको वारिस राजगिर गोइतको बयान। ७. मैले रहिमान कुन्जरालाई कुनै कागज गरिदिएको छैन । कुनै कागज जुमना जिम्मा राखेको पनि छैन भन्ने समेत बौकु यादवको बयान । ८. बौकु र हरिहर यादवको बीच जग्गा विषयमा झगडा भई मिलाउँदा पञ्च भलाद्मी बसी कुरा नमाने क