निर्णय नं. ५०७२ - सार्वजनिक बाटो कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०७२ - सार्वजनिक बाटो कायम भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०१/०५ ७४७६ निर्णय नं. ५०७२ ने.का.प.२०५२ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०५१ सालको दे.पु.नं.१८८३ फैसला मिति : २०५२।१।५।३ मुद्दा : सार्वजनिक बाटो कायम । पुनरावेदक/वादी: का.जि.का.न.पा.वडा नं. ३२ बस्ने चन्द्रिकानन्द खरेल । विरुद्ध प्रत्यर्थी/प्रतिवादी:भ.पु.जि.दिव्यश्वरी लोकन्थली गा.वि.स.वडा नं.१ बस्ने सोमेन्द्र नेवा । ऐ.ऐ बस्ने मिलन श्रेष्ठ । भक्तपुर जिल्ला अदालतले गरेको फैसला उपर दुवै थरको पुनरावेदन परेकोमा पुनरावेदन अदालतले ३’ को बाटो कायम हुने गरी गरेको फैसला उपर प्रस्तुत मुद्दाका प्रत्यर्थी प्रतिवादीले पुनरावेदन नगरी चित्त बुझाई बसेको स्थितिमा ३ फिटको बाटो कायम गरेको सम्बन्धमा अरु विचार गर्नु पर्ने अवस्था नरहने । (प्रकरण नं.१२) प्रमाण पुर्‍याउनु पर्ने दायित्व भएका वादीले सो को प्रमाण दिन नसकेको अवस्थामा अदालतले अनुमानको आधारमा ६ फिटको बाटो कायम गर्न नमिल्ने । (प्रकरण नं.१३) परापूर्व देखि हिंडी आएको ६ फिटको बाटोको प्रमाण पुग्न आएको अवस्थामा मात्र जग्गा आवाद गर्नेको ४ नं. बमोजिम अरुको जग्गा भए पनि परापूर्व देखिको ६ फिटको बाटो कायम गर्नु पर्ने हुन्छ । सो को समर्थन हुने प्रमाणको अभाव छ भने जग्गा आवाद गर्नेको ४ नं. लाई आकर्षित गर्ने अवस्था नरहने । (प्रकरण नं.१३) पुनरावेदक वादीले पेश गरेको मिसिल सामेल रहेका फोटोहरुबाट नै सो बाटो आलीको बाटो देखिएको र आलीको बाटो ६ फिटको कायम हुन सक्ने अवस्था नपर्ने । (प्रकरण नं.१४) मिति २०४८।१०।२३ को भक्तपुर जिल्ला अदालतको डोरबाट भै आएको नक्शाको न.नं. ८ मा ५, ६” भनी उल्लेख भएको देखिए पनि सो ५, ६” बाटो रहेको क्षेत्र सार्वजनिक जग्गा भएको र त्यस्तो सार्वजनिक जग्गामा रहेको बाटोको आधारमा आलीको गोरेटो बाटो ६” को हो भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१४) प्रमाण ऐन, २०३१ ले साधिकार निकायमा रहेको श्रेस्ताले प्रामाणिकता पाउने स्थितिमा सो श्रेस्ताबाट देखिए भन्दा बढी १(एक फिट) बाटो कायम गरेकोमा प्रत्यर्थीले चित्त बुझाई बसेको अवस्थामा ३’ को बाटो कायम गरेको पुनरावेदन अदालत पाटनको मिति २०५२।६।३ को फैसला मिलेको देखिँदा सदर हुने । (प्रकरण नं.१५) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली । प्रत्यर्थी तर्फबाट:विद्वान अधिवक्ता श्री सुशील कुमार पन्त,श्री शम्भु थापा र श्री शिवराज अधिकारी। अवलम्बित नजीरःX फैसला न्या.केशव प्रसाद उपाध्याय : पुनरावेदन अदालत पाटनको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्र्तगत यसै अदालतको अधिकार क्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. भ.पु.जि. दिव्यश्वरी गा.वि.स.वार्ड नं. १(ख) स्थित कोदारी राजमार्गबाट ऐ. गा.वि.स. वडा नं. १(ख) र १(ग) को बीचमा कि.नं. ३९६,१११,४५७,४५६,१०६ हुदै पूर्व तर्फ जाने ६ फुटको परम्परागत सार्वजनिक बाटो भएको र सोही बाटोबाट फिरादीको श्रीमतीले खरिद गरेको कि.नं. १०९,४५६, ४५७ को जग्गामा आवात जावत गरी वाली समेत लगाई आएको छ । फिरादीको जग्गा हडप्ने दुषित मनसायले विपक्षीले ०४७।२।१७ मा कामदार लगाई उक्त सार्वजनिक बाटो ताछी आफ्नो जग्गामा घुसाई सिमाना समेत नष्ट गरेकोले जग्गा आवाद गर्नेको ४ नं. घर बनाउनेको ३ नं. जग्गा मिच्नेको १, ४,५,रजग्गा नाप जाच ऐन, २०१९