निर्णय नं. २२९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/२९ १९७९ निर्णय नं. २२९९ ने.का.प. २०४२ अङ्क ३ फुल बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट फु.नं. ४८ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जि.सुनसरी महेन्द्रनगर गा.पं.वा.नं.३ को हाल परिवर्तित वा.नं.२ बस्ने कोमल बहादुर बस्नेत । विरूद्ध विपक्षी :श्री भूमि सुधार अधिकारी, जिल्ला कार्यालय भूमि सुधार शाखा, सुनसरी । जिल्ला प्रहरी कार्यालय,सुनसरी । जि.सुनसरी महेन्द्रनगर गा.पं.वा.नं. ८ बस्ने वल बहादुर राय क्षेत्री । आदेश भएको मिति:२०४२।२।२९।३ मा बिगो असूलउपर गर्ने तथा जरिवाना गर्ने कार्य गर्दा न्यायिक तवरले गर्नुपर्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. महेन्द्रनगर गा.पं.वा.नं. ४, ६, ८, ९ को मेरो राइस मिलमा जम्मा भएको बचत धान मन २८४ को रू. ६,६३७।७७ बुझाउन ल्याउनु भनी मलाई पत्र पठाएकोमा वा.नं. ८ का वार्डअध्यक्ष विपक्षी बल बहादुर समेत बुझी हामी जिम्मा रहेको ०२६ सालसम्मको बचत धान सम्बन्धी हिसाब चुक्ता भई ०३२।१२।१ को भू.प्र.का.सुनसरीको निर्णयअनुसार मिसिल तामेलीमा राखिएको थियो । पछि विपक्षी बल बहादुरले विभिन्न जनताबाट उठाएको बचतको धान कार्यालयबाट खटी आएको कर्मचारीलाई अडिटमा नदेखाई पेशगरेको, धान बुझी लिएनदिएको मलाई ख्यालछैन । कोमल राइस मिलमा जम्मा गरेको २४० मन, १५ शेर १ कनुवा धानको भर्पाई पेश गरेको छु । मिलबाट असूल उपर गरिपाउँ भन्ने समेत व्यहोराको ०३३।६।२९ मा भू.प्र.का.मा निवेदन दिएछन् । धान मिलमा जम्मा भएको छैन, मैले भर्पाई दिएको छैन । भर्पाई कीर्ते हो भन्ने समेत मेरो बयान भएकोमा पेश भएको भर्पाई खिची नक्कलसम्म मिसिल संलग्न गरी तारिख गुजारी बसेकोमा विपक्षी भू.प्र.का. सुनसरीले अ.बं. ७८ नं. को प्रकृया समेत पूरा नगरी लेखा परीक्षण नै नभएको, रिकर्डबाटै नदेखिएको बचत धान मन २४०–१५–१ कनुवाको हुने बिगो रू. ९३७४।७० मबाट असूल गर्ने र बिगो बमोजिम जरिवाना समेत गर्ने भन्ने समेतको निर्णय गरेकोमा सो निर्णय उपर मेरो सम्मानीत अदालतमा ०३५ सालको १३१९ को रिट पर्दा अ.बं. ७८ नं. को त्रुटि गरी नलाग्ने कलमको सजायँ गरेको त्रुटिपूर्ण भएको भनी उक्त भू.प्र.का. को निर्णय बदर गर्ने गरी ०३६।३।७ मा परमादेश समेत जारी भयो । त्यसपछि विपक्षी अधिकारीले सर्वोच्च अदालतको निर्णय अनुसार धान मिलमा राखिएको भनिएको र कीर्तेमा विवाद भएको रकमसम्बन्धमा अ.बं. ७८ नं.बमोजिम सम्बन्धित अदालतबाट सद्देकीर्तेमा कारवाही चलाई सोको निर्णय आएपछि कारवाही हुने र हाललाई कोमलबहादुरलाई तारेखमा राख्न नपर्ने र बल बहादुरले हिना मिना गरेको भनिएको छुट्टैरकमको सम्बन्धमा सोही अदालतको निर्णय अनुसार भू.सं.ऐन, ०२१ को दफा ५१(घ) अनुसार कारवाही किनारा गर्नु पर्ने हुँदा निज बल बहादुरको हकमा तारेखमा राखी कारवाही गर्ने भनी आदेश गरी मलाई तारिख टुटाएको थियो । विपक्षीले पेश गरेको सक्कली भर्पाई नै मिसिल सामेल नगरेको हुँदा मैले नालिश गर्ने कुरै भएन