निर्णय नं. ५०७३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०७३ - अंश भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०२/०२ ३२९८ निर्णय नं.५०७३ ने.का.प.२०५२ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५० सालको दे.पु.नं.१३२९ आदेश मिति:२०५२।२।२ मुद्दा : अंश । पुनरावेदक/वादी:जिल्ला रुपन्देही सिदार्थनगर न.पा.वडा नं.८ को हाल ऐ.न.पं.वडा नं.५ डेरा गरी बस्ने रितादेवी खाती क्षेत्री । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ. जिल्ला बुटवल न.पा. वडा नं. ५ बस्ने दम बहादुर खांती । ऐ.ऐ बस्ने चेत कुमारी खाती । ऐ.ऐ बस्ने भूपाल भन्ने भुपेन्द्र बहादुर खाती । ऐ.ऐ बस्ने राम बहादुर खाती । ऐ.ऐ बस्ने कृष्ण बहादुर खाती । ऐ.ऐ सिदार्थनगर न.पा.वडा नं.७ बस्ने सुधा देवी खाती । ऐ.ऐ बस्ने गजेन्द्र बहादुर खाती । ऐ.ऐ बस्ने अमृत बहादुर खाती । बण्डापत्र पास गरी छुट्टिई बसेकाले छुट्टिई अलग भई बसेपछि स्वास्नी विवाह गरी ल्याएमा त्यस्तो स्वास्नी र छोराले आफ्नो बाबुको अंश भागमा परेको सम्पत्तिमा मात्र बण्डा पाउने । (प्रकरण नं. १८) बण्डापत्रको सम्पत्तिबाट समेत वादीहरुले अंश पाउने हुँदा वादीहरुका हकमा फिराद परेको मिति मानु छुट्टिएको मिति कायम हुने । (प्रकरण नं. १९) पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र अधिवक्ता श्री मो. शेष अव्वास विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र श्री जुक्तिजंग लामिछाने अवलम्बित नजीरःX आदेश न्या.केशव प्रसाद उपाध्यायः तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) देहाय (ख) बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न अनुमति प्रदान भई पुनरावेदनको लागतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. अन्यायवाला मध्ये दमबहादुर ससुरा र बज्यै चेतकुमारी कान्छी सासु बज्यै र कृष्णबहादुर, भुपेन्द्रबहादुर देवर कान्छा बाबु हुन । रामबहादुर क्षेत्री पति र बाबु सुधा सौतेनी आमा र सौता, गजेन्द्रबहादुर, अमृत बहादुर सौतेनी छोरा र दाजुभाइ हुन, म रितादेवीसंग लोग्ने रामबहादुरको ०१६ सालमा जातीय रीतपूर्वक विवाह भै छोरा म राजेन्द्र बहादुरको जन्म र ४ छोरा जन्म भएको र सौतातर्फ अमृतबहादुर छोरा १ र उन्नती भन्ने १ छोरीको जन्म भएको र हामी तर्फ १ छोरीको जन्म भएको र हामीतर्फ १ छोरी सविताको विवाह भएको र बहिनी उन्नती, पवित्रा, बबिता र गुड्डु १ को र राजेन्द्रबहादुरको विवाह भएको छैन । हामीहरु संगोलमा बसी पाल्पा तानसेन र भैरहवा दुवै ठाउँमा घरवास गरी आएकोमा ०१९ साल देखि हामी आमा छोरीलाई खान लाउन नदिई घरबाट निकाला गरेकोले फिराद गर्न आएका छौं । विपक्षीहरुबाट तायदाती फाँटवारी लिई ५ भाग गरी सो ५ भागको १ भाग मध्ये ६ भागको एक भाग अंश छुट्याई पाउँ भन्ने समेत फिराद दावी। ३. मधेशको जग्गाको सम्बन्धमा २०१५।१२।२०।५ मा र रुपन्देही जिल्लाको भैरहवामा घर खेत बुटवलको जग्गा तथा बयर कट्टीको जग्गा समेत र पाल्पाको घर जग्गा २०१९।७।५ मा अंश बण्डापत्र पारित गरी लिई दिई अलग अलग बसी आएका छौं । वादीहरुलाई अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको दमबहादुर खाती भूपाल भन्न भुपेन्द्रबहादुर खांती, चेतकुमारी खातीको संयुक्त प्रतिउत्तर जिकिर । ४. प्र.मध्येका दमबहादुर समेतसंग २०१५।१२।२० मा मधेश तराइको जग्गा बण्डा गरी बण्डापत्र गरी अलग बसेको र अंशबण्डाको बाँकी जग्गाको मिति २०१९।७।५ मा बण्डापत्र पारित गरी अंश लिनुदिनु गरेको हो वादीलाई अंश दिनु पर्न