निर्णय नं. ४७५८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७५८ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०५/१४ २५६० निर्णय ४७५८ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत २०४८ सालको रिट नं. १४०५ आदेश मिति: २०५०।५।१४।२ निवेदक : भ.पु.जि. चपाचोमिम्बर गा.वि.स. घर भै प.क्षे.स.प्र. गणमा दरबन्दी भई प्र.से.प्र. पोखरामा काजमा कार्यरत प्र.ना.नि. मुकुन्द कृष्ण श्रेष्ठ । विरुद्ध विपक्षी : श्री प्रहरी महानिरिक्षक, प्रहरी प्रधान कार्यालय, नक्साल समेत । विषय : उत्प्रेषण । (१) निवेदकलाई नोकरीबाट हटाउने गरी गरिएको निर्णय पर्चा ठीक छ वा छैन भनी पुनरावेदकीय अधिकार ग्रहण गरी ठहर गर्ने कार्य अर्ध न्यायिक प्रकृतिको कार्य हो । त्यस्तो अर्ध न्यायिक प्रकृतिको कार्यको निर्णय गर्ने अधिकारीले निर्णय गर्दा आफ्नो न्यायिक मन (Judicial mind) को प्रयोग गर्नुपर्ने हुन्छ । यो न्यायको एउटा स्थापित सिद्धान्त पनि हो । प्रस्तुत रिटमा निवेदकलाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने प्रहरी महानिरिक्षकको निर्णय पर्चा उपर परेको पुनरावेदनमा पुनरावेदन किनारा गर्दा माननीय गृह मन्त्रीले के आधार प्रमाणबाट पुनरावेदन जिकिर अस्वीकृत गरिएको हो उल्लेख नगरी अधिनस्थ कर्मचारीले राय व्यक्त गरी उठाएको टिप्पणीमा आफूले सदर भनी समर्थनसम्म जनाई गरिएको निर्णयलाई न्यायिक मन प्रयोग गरी गरिएको निर्णय भन्न मिल्ने नदेखिने । (प्र.नं. १५) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा । प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री वलराम के.सी. । आदेश न्या. मोहन प्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. निवेदक प्रहरी सेवामा प्र.स.नि. पदमा २०२८।७।३० मा प्रवेश गरेको छु । आफ्नो कर्तव्य पालना गरी आई रहेको अवस्थामा २०४७।१२।१३ को पत्रद्वारा निवेदकलाई सेवाबाट हटाउने पत्रको जानकारी दिइयो । उक्त पत्रमा प्रहरी नियमावली २०३३ को परिच्छेद १ को नियम ९.८ को देहाय (ङ) को कसुरमा ऐ नियमावलीको नियम ९.१ को देहाय (च) बमोजिम प्रहरी सेवाबाट हटाई दिने भन्ने ०४७।१०।४ मा पर्चा भएको रहेछ । निवेदकलाई पदबाट हटाउने सम्बन्धमा प्रत्यर्थी महानिरिक्षकज्यूले प्रहरी नियमावली २०३३ को नियम ९(६) (२) (ग) को सहारा लिएको पाइन्छ । उक्त निर्णयमा मिति ०४५।५।१६ को पत्रबाट १ ग्रेड (तलव) वृद्धि १ वर्षको लागि रोक्का भएको, सवारी जाँच पासमा अनियमित तरिकाले बदनियत कार्य गरेकोले भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट हटाई दिने भनी प.क्षे.प्र.का. पोखराको मिति २०४७।१।९ गतेको राय ठहर साथ लेखी आएको र त्यस उपर कारवाही भइरहेको अवस्थामा मिति ०४७।१।१४ मा ४०।५० जना प्रहरी कर्मचारीलाई उत्तेज्जित पारी नारा लगाई प्रहरी आचरण विपरित कार्य गरेको हटाई पाउँ भनी म.क्षे.प्र.का. को पत्र साथ सम्बन्धित मिसिल प्राप्त हुन आएकोले सो माथि आवश्यक अनुसन्धान कारवाही हुँदा आफ्नो जिम्मेवारी अनुसार आचरण नगरेको समेत देखिंदा यस्तो आचरणहीन कर्मचारीलाई निजले गरेको कसुरमा कसुर अनुसारको सजाय तत्काल नदिएमा फोर्समा रहेका अन्य प्रहरी कर्मचारीमा समेत प्रतिकुल प्रभाव पर्न जाने हुँदा प्र.ना.नि. मुकुन्द कृष्ण श्रेष्ठलाई प्रहरी नियमावली ०३३ को परिच्छेद ९ को नियम ९.६(२)(ग) अनुसार सफाई पेश गर्ने मौका दिइरहन उपयुक्त नहुने