निर्णय नं. २३०० - लोग्ने कायम गरी न्वारान गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३०० - लोग्ने कायम गरी न्वारान गराई पाउँ भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/२९ २५१४ निर्णय नं. २३०० ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ५१२ मुद्दा : लोग्ने कायम गरी न्वारान गराई पाउँ । पुनरावेदक/प्रतिवादी:जि.लमजुङ चिति गा.पं.वा.नं. ४ वानिया पधेंरा बस्ने दयानिधी गोल्ने । विरूद्ध विपक्षी/वादी:ऐ. ऐ. बस्ने मंगल कुमारी । फैसला भएको मिति :२०४२।२।२९।३ मा जन्मेको बच्चाको पितृत्वको ठेगान गर्नु पर्दा आमाको भनाइले महत्व पाउने । (प्रकरण नं. २१) पुनरावेदक प्रतिवादी तर्फबाटःX विपक्षी/वादी तर्फवाट :विद्वान अधिवक्ता श्री हरिशंकर निरौला उल्लेखित मुद्दाःX फैसला प्र.न्या. नयन बहादुर खत्रीः पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपर प्रतिवादीको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विवाहित खसम तुल्सीप्रसादसँग अंश मुद्दामा पटक–पटक तारेख लिन आवत जावत हुँदा ०२४।१२।७, ८ र ९ गते राति ३ दिनसम्म दयानिधीको र मेरो करणी लिनु दिनु भई निजको करणीबाट गर्भ रहन गई उक्त चैत्र ७ गते म रजस्वला भएको ७ दिन भएको थियो अर्को तारेखमा आउँदा निजसँग लौ के गर्ने भन्दा मेरो घरमा गई सबै विवरण खोली पितासँग भनी घरमा गई बस भन्नु भएकोले ससुरा देवीदत्तसँग भन्दा घरमा बस्न दिन्न भनी बस्न नदिएकोले खसम भएको कुन्छामा आई ४ दिनसम्म बसी मलाई साथै लिई घरमा लगी राख्नु भएपछि मलाई खान लाउन समेत नदिई घरबाट निकाला गरेकोले अंश मुद्दाको फिराद गरेपछि खसम दयानिधीले मेरो नोकरीमा धक्का पुग्छ तिमी र म लोग्ने स्वास्नी छँदै छौं भनेबाट कायलनामाको कागज गराई मुद्दा खारेज गराई आउ भनेबाट कायलनामा कागज गराई मुद्दा खारेज भएपछि मेरो यी विवाह दिर्घनिधी र एकलाल उपर अंश भाग र जालसाजी मुद्दा समेत देउ दस्तूर म दिन्छु भनी नालेश पारेपछि ०२५।८।२ गते खसम समेत भई घरबाट निकाला गरी ०२४ चैत्र ७, ८, ९ गतेका करणी विर्यबाट मेरो गर्भ रही ०२५।१०।३ गते छोरो जन्मेपछि न्वारान गराउनु होस् भनी खबर पठाउँदा वास्ता नगर्नु भएकोले फिराद गर्न आएकी छु भन्ने समेत व्यहोराको मंगलकुमारीको फिरादपत्र । ३. विपक्षी मंगलकुमारी, तुल्सीप्रसादसँगको अंश मुद्दामा तारेख लिन आवत जावत गर्दा मेरो डेरामा बसी ०२४।१२।७, ८, ९ गते करणी लिनु दिनु भएर निजलाई घरमा लगी बस्न दिएको र मेरो करणीबाट निजको गर्भ रही छोरो जन्मेको समेत होइन । विपक्षीले मेरो नाउँमा अंश मुद्दा समेत दिई सो मुद्दामा कायलनामा कागज गरी मुद्दा खारेज गराई सकेपछि एकलाल समेतका उपर अंश मुद्दा र दिर्घनिधी समेत उपर जालसाजी मुद्दा दायर गरेको कुरा वादी बोल्दै आएकी छिन् । वादीमा उल्लेख भए अनुसार यसै विषयको उजूर परेको छैन भन्न कसरी मिल्छ सो ख्यालै नराखी गरिएको दावी खारेज गरिपाउँ निज वादीको लोग्ने एकलाल नै हुन् वादी मेरो डेरामा बस्ने खाने गरेको र उक्त चैत्र ७, ८, ९ गते करणी लिनु दिनु गरेको नभई निजको विर्यबाट गर्भ रही छोरो जातक पाएकी हुन् न्वारान गराई लोग्ने कायम गरिपाउँ भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. दयानिधी शर्माको प्रतिउत्तर जिकिर । ४. यिनै वादी र एकलाल पाण्डे भएको अंश मुद्दामा प्रतिवादी एकलाल पाण्डे पनि आफूले यी वादीलाई करणी गरी गर्भ बोकाएको हैन छैन भन्ने तर्फ केही सबूद प्रमाण दिन गुजार्