निर्णय नं. ५०७४ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०७४ - उत्प्रेषणयुक्त परमादेश भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०२/१२ २४९१ निर्णय नं. ५०७४ ने.का.प. २०५२ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको रिट नं. ३६८६ आदेश मिति : २०५२।२ ।१२।६ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदक :जि. मोरङ राजघाट गा.वि.स. वार्ड नं. ८ बस्ने डिल्ली सुब्बा पोमु । विरुद्ध विपक्षी : श्री त्रिभुवन विमानस्थल भन्सार कार्यालय, काठमाडौं । श्रीमान प्रमुख भन्सार अधिकृतज्यू,त्रि.वि.भं. कार्यालय,काठमाडौं । कानून बमोजिमको निर्णय वेगर जफत गर्न नमिल्ने । (प्र.नं. ९) समयमा सामान फिर्ता नलगेको कारणले श्री ५ को सरकारको भएको भन्ने हकमा निवेदक त्रि.वि. बाटै पासपोर्ट मुद्दाका सिलसिलामा पक्राउमा परी थुनामा रहेको र २०५१।३।९ मा मात्र थुनाबाट छुटेको देखिँदा थुनामा रहेका व्यक्तिले भन्सारमा उपस्थित भै सामान छुटाउन सक्ने अवस्था नदेखिँने । (प्रकरण नं. ९) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीरःX आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ द वको धारा २३।८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म नेपालको जन्मसिद्ध नागरिक हुँ । जीवन यापन गर्ने रोजगारीको खोजीमा लोटस मेन पावस सप्लायर्स कम्पनी,पाटन मार्फत म.इ.स. २६ फरवरी १९९० मा भारतेको बम्बै विमानस्थलबाट साउदी अरबको अलजोफको लागि उडान गरी उक्त स्थानमा गै ३ वर्ष र ८ महिना काम गरी साउदी अरेवियाबाट कराँची हुँदै मिति २०५०।७।९ गते पाकिस्तान कराँचीबाट पाकिस्थान एयरलाइन्सको उडान नं. २६९ बाट काठमाडौं त्रिभुवन विमानस्थलमा उत्रेको थिए । ३. म उक्त मिति २०५०।७।९ मा त्रिभुवन विमानस्थल उत्रिएपछि अध्यागमन कार्यालय त्रिभूवन विमानस्थलले मैले भारत बम्बैबाट साउदी अरेविया जानको लागि हजारी यादवको नामको जाली राहदानी प्रयोग गरेको भन्ने मलाई पक्राउ गरेपछि मैले साउदी अरवियाबाट कराँची हुँदै नेपाल आउँदा ल्याएका सामानहरु घडी थान ७ लेखिएको घडीहरु प्याकेट गरेको थान एक, डबल आरोरिमेस आर एक्स सि.यू ५५ (Double Auto Rx-c.u.55) को क्यासेट थान एक तन्नाले बेरिएको डोरीले बाँधेको भित्र कमल भएको सुटकेस थान एक त्रि.वि. भन्सार कार्यालयमा सोही मितिमा डिपोजिट गरी छाडी भरपाई समेत लिएको छु । सोही मिति देखि थुनामा राखी अध्यागमन ऐन, २०४९ को दफा ५ अन्र्तगत हजारी यादवको नामको जाली राहदानी प्रयोग गरेको अभियोगको का.जि.अ. मा मुद्दा दायर गरेकोमा उक्त अदालतबाट मलाई थुनामा रही मुद्दाको पूर्पक्ष गर्दै आएकोमा मिति २०५१।२।१५ गतेमा उक्त अदालतबाट मलाई हजारी यादवको नामको पासपोर्ट प्रयोग गरेको आरोपित कसूर ठहर भै कैद महिना ८ र ५०००।– (पाँच हजार) जरिवाना हुने फैसला भयो, सो को जरिवाना कैद दुवै भुक्तान गरी २०५१।३।९ मा थुनाबाट मुक्त भए । यसरी २०५०।७।९ देखि २०५१।३।९ सम्म निरन्तर थुनामा बसेको छ । ४. मिति २०५१।३।९ मा थुनाबाट छुटेपछि २०५०।७।९ मा त्रि.वि. भन्सार कार्यालयमा छाडी भरपाई लिए बमोजिमको सामानहरु फिर्ता पाउँ भनी मिति २०५१।३।११ मा निवेदन गर्न गएकोमा उक्त कार्यालयबाट तपाईको सामान फिर्ता हुँदैन भनीयो । मैले फिर्ता नहुनुपर्ने कारणको जानकारी माग्दा तपाईको सामानहरु फिर्ता गर्न मिल्दैन भन्ने ठाडो जवाफ दिई मेरो लिखित निवेदन समेत दर्ता गर्न इन्कार गरियो । ५. गलत