निर्णय नं. २३०१ - उत्प्रषेण मिश्रित परमादेश वा जो चाहिने अन्य आज्ञा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३०१ - उत्प्रषेण मिश्रित परमादेश वा जो चाहिने अन्य आज्ञा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/२७ २१०३ निर्णय नं. २३०१ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १४०५ विषय :उत्प्रषेण मिश्रित परमादेश वा जो चाहिने अन्य आज्ञा पुर्जी जारी गरिपाउँ । निवेदक : आठराई तेह्रथुमईवा गा.पं.वा.नं. १ बस्ने पूर्ण प्रसाद मैनाली । विरूद्ध विपक्षी :मालपोत कार्यालय झापा जि. झापा चन्द्रगढी । आदेश भएको मिति : २०४२।२।२७।१ मा नदीकाट बालुबूर्जा भएमा मालपोत मिन्हा वा लगत कट्टाको लागि निवेदन दिई मालपोत मिन्हा गराउने तर्फ भूमिप्रशासन ऐन, २०२४ को दफा १५ तथा मालपोत ऐन, २०३४ को दफा २० बमोजिम कारवाही चलाई मालपोत मिन्हा गराएको देखिँदैन यस स्थितिमा वादीको विवादित जग्गामा हक स्थापित भइरहेको नदेखिँदा हक प्रचलन गराउने प्रश्नै उठेन । (प्रकरण नं. ७) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश प्र.न्या. नयन बहादुर खत्रीः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. सम्वत् १९९४ साल र २००४ सालमा हाल आवादी गरी दर्ता भएको निवेदकहरू मध्येको म पूर्णप्रसाद मैनाली दर्ताको साविक जिल्ला मोरंग झापा माल अन्तर्गतको प्रगन्ना नजरपुर ७५ नं. मौजे थैलो डुवाको रै.नं. ७४ को दुई कित्ताको गरी जम्मा जग्गा विगहा ११–१–७ मध्ये २०२१ सालमा सर्भे नापी हुँदा जि.झापा थैलाडुवा गा.पं.वा.नं. ९ कि.नं. २२ मा जग्गा विगहा २–५–५ मात्र मेरो नाममा दर्ता भई उक्त जग्गा भन्दा पश्चिम उत्तर र पश्चिम दक्षिण कि.नं. ३९० भित्र परी वीरिंग खोला जनिएको मध्येको बाँकी जग्गा विगहा ८–१२–२ सो वीरिंग खोलाले मेरो नाउँमा नापी दर्ता भएको कि.नं. २२ को उल्लिखित जग्गातर्फ छाडी केही आवाद लायक भएको हुँदा मेरो नाउँमा नदी उकास दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी मैले अह्राए बमोजिम एकाघर सगोलका छोरा निवेदक म कृष्ण मैनालीले विपक्षी मालपोत कार्यालय झापामा मिति २०४० ज्येष्ठ ९ गते निवेदन दिएकोमा श्री ५ को सरकारको हाल भएको नीति नियम अनुसार नदीमा पानी बालुबूर्जा हुन गएको जग्गाको लाग्ने राजस्व सालसालै मिन्हा गराई रोखेको तिरो गरी राखेको जग्गा बाहेक अन्य नदी उकास भई उपरोक्त बमोजिम पालना नगरी आएको त्यस्तो जग्गा साविक नम्बरीको भन्दैमा नदी उकासा दर्ता गर्न जग्गा नापजाँच ऐनको म्यादभित्र दावी नपरेको हुँदा ०४०।२।९ को तोक आदेश बमोजिम कारवाही नहुने भनी २०४०।३।१२ को पत्रबाट अवगत गराइयो, मुलुकी ऐन जग्गा मिच्नेको महलको २ नं. बमोजिम मेरो साविक दर्ता मध्ये जग्गामा खोला पसी बालुबूर्जा भएकोमा हालै मात्र सो खोलाले मेरो सो दर्ताको साविक दर्ताकै जग्गातर्फ उकासा गरी छाडेको हुनाले तिरो भरो गरी भोग्न पाउने हकमा प्रतिकूल असर पर्ने गरी बिना कानुनी आधार श्री ५ को सरकारले नीति निर्धारण गर्न र त्यस्तो नीतिले कानुनी व्यवस्था खण्डित हुन सक्ने होइन नदीकाट बालुबूर्जा भएको जग्गामा सालसालैको तिरो लिएर दर्ता गर्ने कानुन पनि छैन र विपक्षी कार्यालयमा दिइएको निवेदन जग्गा नाप जाँच ऐन, २०१९ अन्तर्गत नभई जग्गा मिच्नेको २ नं. र मालपोत ऐन, २०३४ अन्तर्गत भएको हुनाले जग्गा