निर्णय नं. ५०७५ - उत्प्रेषण वा जो चाहिने अन्य आदेश जारी गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०७५ - उत्प्रेषण वा जो चाहिने अन्य आदेश जारी गरी पाउं भाग: ३७ साल: २०५२ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०७/१४ २६६० निर्णय नं. ५०७५ ने.का.प. २०५२ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५० सालको रिट नं. ३४४० आदेश मिति : २०५१।७।१४।२ विषय : उत्प्रेषण वा जो चाहिने अन्य आदेश जारी गरी पाउं । निवेदक :जिल्ला सुनसरी मघेली गा.वि.स. वडा नं. ५ स्थित कविरस्थान गुठीको कार्य समितिको तर्फबाट सोही समितिका अध्यक्ष गुणीलाल चौधरी । विरुद्ध विपक्षी :श्री जिल्ला प्रशासन कार्यालय सुनसरी इनरुवा । श्री मघेली गा.वि.स. कार्यालय, सुनसरी । श्री अध्यक्ष, मघेली गा.वि.स. सुनसरी । मघेली गा.वि.स. वडानं. ६ बस्ने ब्रम्हलाल दास । ऐ. ऐ. बस्ने पानालाल चौधरी ऐ. ऐ. बस्ने जग्गु चौधरी । ऐ. ऐ. वडानं. १ बस्ने कन्सालाल दास । ऐ. ऐ. वडा नं. २ बस्ने सानो श्रवण कुमार चौधरी । ऐ. ऐ. वडा नं. ५ बस्ने कालुराम चौधरी ऐ.ऐ. वडा नं. ६ बस्ने जितेन्द्र प्रसाद शाह । ऐ.ऐ. वडा नं. २ बस्ने बुधनारायण चौधरी । ऐ.ऐ. वडा नं. ३ बस्ने बेचनदास चौधरी । कुनै पनि कानूनी व्यक्ति वा पदाधिकारी जुन कार्य कानूनमा आधारित हुनु पर्दछ । कानूनी व्यक्ति वा पदाधिकारीलाई कुनै पनि कार्य गर्न कानुनले अख्तियार दिएको र सो अख्तियारको प्रयोग विधि कानूनमा तोकिएको भएमा सो विधि पनि अनुसरित हुनुपर्ने । (प्र.नं. ११) गा.वि.स लाई र प्र.जि.अ. लाई संगठित संस्था कविरस्थान गुठी कानूनी व्यक्तिको स्वामित्वको परिचालन र बन्दोवस्त गर्ने अधिकार दिएको नदेखिएको, यस्तो अख्तियार गा.वि.स. वा प्र.जि.अ. लाई भएको भन्ने अर्थ गरिएमा उक्त कविरस्थान गुठी संस्थाको रुपमा दर्ता गर्नु कानूनी व्यक्तित्व प्राप्त गर्नु प्रयोजनहीन हुन जाने हुँदा अनिश्चितकालसम्म उक्त गुठीको सम्पत्ति गा.वि.स. ले बन्दोवस्त गरिरहन पाउने भन्न न्यायोचित नहुने । (प्र.नं. ११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती । विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ । अवलम्बित नजीरःX आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ तथा ८८ (२) अन्र्तगत यसै अदालतको अधिकार क्षेत्र भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. जिल्ला प्रशासन कार्यालय सुनसरीमा संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको कविरस्थान गुठीको नाममा दर्ता रहेको मघेली गा.वि.स वडानं. ३ क को कि.नं. १७१, १८० र २१८ ऐ वडा नं. ५ ग को कि.नं. २७, ७९, ९७, ९८, ७४, ९६, ९५, ९९, १००, ३९ ऐ वडा नं. ३ क को कि.नं. २१७ को जम्मा ७–४–१ जग्गा विभिन्न किसानहरुलाई अधियामा कमाउन दिने गरेकोले यस वर्षपनि कविर स्थान गुठीको संचालक समितिको मिति २०४१।१२।२९ मा बसेको बैठकले गुठीका उक्त जग्गाहरु विगत वर्षहरुमा कमाउने किसानहरुलाई नै अधियामा कमाउन दिने निर्णय भए अनुसार कबुलियतनामा समेत गरी जग्गा खनजोत गर्ने अख्तियारी समेत दिई सकेको थियो । ३. यहि अवस्थामा मघेली गा.वि.स ले उक्त जग्गाहरु जिल्ला प्रशासन कार्यालय सुनसरीको प.सं. ०४९।०५० च.नं. ३८०७ मिति २०४९।१२।२६ को परिपत्र अनुसार र सो गा.वि.स को मिति २०५०।१।७ गतेको वोर्डको बैठकको निर्णयानुसार प्रति विगाहा वार्षिक २० मनमा नघटाई डाक बढाबढ गराई ठेक्का दिने भनी मिति २०५०।१।१३ मा प्रथम पटक सूचना प्रकाशित गरेको र सोही जग्गाहरु मध्ये मघेली गा.वि.स. वड