निर्णय नं. २३०३ - दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३०३ - दर्ता बदर भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/०३ २२०८ निर्णय नं. २३०३ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ४७५ मुद्दा : दर्ता बदर । पुनरावेदक/वादी :का.प.जि.नम मुढा गा.पं.वार्ड नं.१ श्याम पाटी बस्ने तिलक बहादुर थापा क्षेत्री मरी मु.स.गर्ने ऐ. बस्ने धनकुमारी थापा क्षेत्री । विरूद्ध विपक्षी/प्रतिवादी:गुठी संस्थान अन्तर्गत का.प.जि.गुठी तहसिल खर्च कार्यालय धुलिखेल । फैसला भएको मिति:२०४२।३।३।२ मा विवादको जग्गा नापी दर्ता भएको उपर वादीको नापी टोलीमा जग्गा नापजाँच ऐन, ०१९ को दफा ८(१) को म्यादभित्र उजूर परी नापी टोलीबाट चित्त नबुझे उजूर गर्न जानु भनी सूचना दिएको आधारमा प्रस्तुत फिरादपत्र मिति ०३५।७।७ मा परेकोलाई प्रचलित जग्गा मिच्नेको १८ नं. ऐनको हदम्याद नाघी दायर भएको भन्ने उक्त प्रतिपादित सिद्धान्त समेतबाट नमिल्ने । (प्रकरण नं.१४) पुनरावेदक/वादी तर्फवाट:विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री श्यामध्वज कार्की उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. जि.चक्रबहादुर जिम्मा अर्चले खेत मुरी १।४५ को धान ९।१।२ घ्यू रु.२।९० चा.ठे. ।५ तिर्नुपर्ने कित्ता १ तिन मुडेखेत मुरी ।५ को धान ।६।२ घ्यू ।१० चाठो ।५ तिर्नुपर्ने जग्गा मेरो बाजेका पालामा श्यामपाटी गुठीमा निजी गुठी राख्नु भई विर्ता उन्मूलन ऐन, ०१६ अनुसार रैकर परिणत गरिपाउँ भनी ०१९ सालमा दिएको दर्खास्त अनुसार अर्चले खेत क्षेत्रफल ४५।४५ रोपनी ४ जग्गाको मालपोत बुझाई तिलकबहादुरका नाउँमा दर्ता भएको भोलानाथ हुमागाई १ सोमप्रसाद न्यौपाने १ चाउरे कामी १ समेत मोही भई कमाई आएका रविओपीको हाल भमरकोट पञ्चायत एरियामा नापी हुँदा वडा नं. १ को कि.नं. १०९ को जग्गाको मोही भोलानाथ ऐ. वडा नं. २ को कि.नं. ६० को चाउरे कामी ऐ. वडा नं. १ कि.नं. ३७८ को सोमप्रसादले कमाएको जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी २ नं. नापी गोश्वारा ८ नं. टोलीमा मेरो उजूर पर्दा कि.नं. १०९, ३७८, ६० को जग्गा समेतमा गुठी संस्थानका प्रतिनिधिले गुठीको जग्गा भनी जग्गाधनीमा दर्ता गराएकोले सम्बन्धित अदालतमा गई नालेश गर्न जानु भन्ने २ नं. नापी गोश्वारा ८ नं. टोली धुलिखेलबाट ०३५।५।२२ मा सूचना गरेकोले जग्गा पजनीको १ दफा गुठी संस्थान ऐन, ०३३ को दफा ६२ ले फिराद पेश गरेको छु । सो जग्गा गुठी संस्थानका प्रतिनिधिले जग्गाधनीमा बेहिसाबसित नापीमासमेत दर्ता गरेको बदर गरिपाउँ भन्नेसमेत तिलकबहादुरको ०३५।७।७ को फिराद । ३. वादीले दावी गरेको जग्गा वादीका बाजेले राखेको गुठी नभई श्री क.गम्भीरजंग थापाले सरकार बक्साई श्यामपाटी सदावर्त गुठी राखेको हो । सो गुठीको बाली असूल तहसिल गर्न भनी ८५ साल माघ २५ गते वादीका बाबु गजराजलाई मुखियाली काम गर्न सम्म राखेको हो । सोही आधारमा वादीले काम चलाई आएको हुन् । वादीले गुठी राख्ने थापा थरी र आफ्नो थर पनि थापा भएबाट वादीले रैकर परिणत गरेछन् । का.प.मालमा गुठी धर्मलोप मुद्दा चली मालबाट राजगुठी ठहराई विवरण बदर गरी लगत काटी दिने गरी ०२४।११।६ मा फैसला भएको र ०२५।११।१७ मा सदर गरी प्र.जि.अ. कार्यालय