निर्णय नं. २३०४ - उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३०४ - उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/१० २२४२ निर्णय नं. २३०४ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. २३६७ विषय : उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ । निवेदक : कावरा आधुनिक राइस मिल हनुमाननगर सप्तरीको प्रोपाईटर जिल्ला सप्तरी हनामान नगर गा.पं.वार्ड नं. १ बस्ने सीताराम कावरा । विरूद्ध विपक्षी :कर कार्यालय, राजविराज । कर विभाग,लाजिम्पाट,काठमाडौं । श्री कर फर्छ्यौट आयोग विघटन भै श्री अर्थ मन्त्रालय,वागदरबार,काठमाडौं । आदेश भएको मिति:२०४२।३।१०।५ मा असूल गरिसकेको आयकर मिललाई पछिको वर्षहरूमा लाग्ने आयकरमा मिन्हा गरी कानुनबमोजिम गर्नु भनी कर कार्यालय राजविराजका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सुसिल कुमार सिन्हा विपक्षी तर्फबाटः विद्बान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः कर कार्यालय राजविराजको मिति २०३०।७।२३ समेतको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ : २. कावरा आधुनिक राइस मिल्सको इजाजत पत्र २०२७।१२।१ मा प्राप्त गरी रु. ४,५०,०००।– को स्थिर पूँजी लगाई आधुनिक स्वचालित धान कुट्ने राइस मिल खडा गरी मिति २०२९।१०।७ देखि उत्पादन शुरू गरेको हुँदा औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(३)(ख) मा चामल बनाउने उद्योग पूँजीको आधारले अनुसूची २ बमोजिम ३ वर्षसम्म आयकर लगाउन नपाउने र निवेदकले बराबर आयकर मिन्हा हुनुपर्ने भन्ने पत्र लेख्दा पनि कर कार्यालय सप्तरीले आयकर निर्धारण मिति २०३०।७।२३ मा आ.व. २०२९।३० को कर रू. २७,५५०। र मिति ०३२।१।४ मा आ.व. २०३०।३१ मा कर रू. ३०,८५०। तथा मिति ०३४।११।१६ मा आ.व. २०३१।३२ को कर रू. १,९६,१७१।११ र कर फछ्र्यौट आयोगले आ.व. २०३२।३३ मा सो सुविधाको अवधि ६ महिना ६ दिन समेतको ०३७।१२।९ मा आयकर रू. १,०८,०००। निर्धारण गरी कानुन विपरीत सम्झौतामा सही गराई आदेश गरेको हुँदा हाम्रो आधुनिक राइस मिल भएको र औद्योगिक व्यवसाय ऐन, २०३८ ले दिएको सुविधाको अवधि भित्र आयकर निर्धारण गर्न नमिल्ने र उक्त ऐनले आवश्यक उपभोग वस्तु हुँदा १२ वर्षको अवधिसम्म आयकर सुविधा पाउनु पर्नेमा नपाएको र औ.व्य. ऐन, २०१८ अनुसार १० वर्ष सुविधा पाउनुपर्नेमा सो पनि नपाएको वा अन्य कुनै ऐन बमोजिमको आयकर सुविधा यस राइस मिलले नपाएको हुँदा औ.व्य.ऐन, ०३० को दफा ९(३)(ख) र दफा ९(१) अनुसार ३(तीन) वर्षसम्म उत्पादन मितिले आयकर लाग्नु र लगाउनु नपर्ने प्रष्ट छ। अतः मिति २०३०।७।२३, २०३२।१।४, ०३४।११।१६ र ०३७।१२।९ को कर कार्यालय सप्तरीको निर्णयपत्र बदर गरिपाउँ भन्ने निवेदकको रिट निवेदन । ३. विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेशगर्नु भन्ने सिंगल बेञ्चको आदेश । ४. २०२९।१०।७ देखि आ.व. २०३१।३२ दिपावलीको यस कार्यालयको कर निर्धारण आदेश बमोजिम लागेको कर जरिवाना विभिन्न मितिमा चुक्ता बुझाई आ.व. २०३१।३२ दिपावलीको माग भएको रू. ८,८८३।३३ र माग हुन बाँकी रू. १०५३।८० शुल्क समेत कर फछ्र्यौट आयोगमा निवेदन गरी सो आयोगको निर्णयले उपरोक्त शुल्क मिन्हा पाएको र आ.व. २०३२।३३ दिपावलीको निर्धारित आयकर रू. १,७९,३५५। समेत बढ