निर्णय नं. २३०५ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३०५ - निषेधाज्ञा भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/२४ २८१४ निर्णय नं. २३०५ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.फु.नं. ६०१ मुद्दा : निषेधाज्ञा । पुनरावेदक/प्रतिवादी :कोशी अंचल मोरङ जिल्ला विराटनगर नगर पंचायत वडा नं.३ स्थित धनावत बिँडी फैक्टरीका मालिक रतनलाल धनावत । विरूद्ध विपक्षी/वादी:कोशि अंचल मोरङ जिल्ला विराटनगर नगर पंचायत वडा नं. ३ स्थित शिव बिँडी फैक्टरी विराटनगरका स्वामिनन्द किशोर बोहरा । फैसला भएको मिति: २०४२।३।२४।२ मा अन्तिम फैसला समेतबाट वादीको हक भइराखेको कुरामा तेरो मेरोको प्रश्न उठी श्री ५ को सरकारमा विचाराधीन रहेको भन्न मिल्ने अवस्था रहँदैन । (प्रकरण नं.११) फैसला न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अन्तर्गत पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. विपक्षी रतनलालले धनावत बिँडी उद्योगका तर्फबाट ०१४।५।६ मा २१२ गणेश बिँडी ट्रेडमार्क रजिष्ट्रर गराएको र सो अगावै राजा बिँडी उद्योगले ०१४।१।२० मा नं. १९७ को ट्रेडमार्क रजिष्ट्रर्ड गराई लिएकोमा नं.२१२ को गणेशबिँडी धनावतबिँडी उद्योगले ०१९।४।३० मा खरिद गरी आफ्नोनाममा कायम राखी नामसारी गराएको थियो । शिव बिँडी उद्योगले ट्रेडमार्क रजिष्ट्रर्ड ०१८।६।१९ मा नं. ६२४ मा रजिष्टर्ड गराई लिएको असली गणेश बिँडीको विरूद्धमा विपक्षले दोहरा पर्ने गरी ट्रेडमार्क रजिष्ट्रर्ड भएकोले सो बदर गरिपाउँ भनी उजूर पर्दा अन्तिम तवरमा मध्यमान्चल क्षेत्रीय अदालतबाट उद्योग विभागले ०२०।२।९ मा नालेश गरी हक कायम गरी सकेको र धनावत बिँडी उद्योगले ०१९।४।३० मा नं. ६९७ मा ट्रेडमार्क दर्ता गराएकाले सो दर्ता भएको र हक प्राप्त भएको मितिबाट असली गणेश बिँडीको ट्रेडमार्क पारख बिँडीले ०१८।६।१९ मा नं. ६२४ मा दर्ता भएको देखिँदा धनावत भन्दा उक्त असली गणेश बिँडीको ट्रेडमार्क पुरानो र अघिको देखिनाले सो नै कायम गर्ने गरी बा.अं.अ.बाट ०३०।३।२७ मा भएको फैसलालाई ०३२।६।१९ मा वादीको उजूरी दावी पुग्न नसक्ने गरी अं.अ.को इन्साफ मनासिव ठहरी मध्यमान्चल क्षेत्रीय अदालतबाट निर्णय भयो । उक्त निर्णयबाट हक प्राप्त व्यक्ति बिजयकुमार पारखले ०३३ सालमा बिक्री गरेको आधारबाट असली गणेश छाप संचालन गर्न पाउने हक निवेदकको भएकोले धनावत बिँडीका मालिक विपक्ष रतनलाल धनावतले श्री ५ को सरकारमा उजूरी निवेदन गरी उ.वा.मन्त्रालयबाट कारवाई चल्दैछ भन्ने कुरा विपक्ष धनावत उद्योगका कामदारबाट थाहा पाएँ । हाम्रो उद्योगमा आघात पुर्याउन विपक्ष मन्त्रालयले मेरो कानुनी अधिकारयुक्त ट्रेडमार्क र अदालतको अन्तिम फैसला लाईसमेत असर पर्ने गरी निवेदन लिन र कारवाई गर्न नपाउने हुँदा नागरिक अधिकार ऐन, २०१२ को दफा १७ बमोजिम निषेधाज्ञा जारी गरी क्षतिपूर्ती समेत दिलाई भराई पाउँ भन्ने समेत नन्दकिशोर बोहराको निवेदन । ३. ०३१ साल पछि नवीकरण नभएकोले फर्म बाहाल नरहेको नेमचन्द्र पारखको नाममा दर्ता भएको पारख बिँडी उद्योगका नाममा असली गणेश बिँडी नामको ट्रेडमार्क मास भइरहेको स्वयं निस्कृय भइसकेकोलाई ०३३ सालसम्म निज नेमचन्द्रको हकवाला छोरा धुरचन्द्रले नामसारी दर्ता गराई नवीकरण समेत नगराएकोबाट बाबुकै हक नपुगेकोमा छोरा बिजयकुमारले आफ्नो नाममा नामसारी दर्ता नगराई सो बेगर शिव बिँडी उद्योगले झुठ्ठा व्यहोरा