निर्णय नं. २३०६ - जग्गा खिचोला दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३०६ - जग्गा खिचोला दर्ता बदर भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/३० २३३० निर्णय नं. २३०६ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ६२०।६२१ मुद्दा : जग्गा खिचोला दर्ता बदर । पुनरावेदक/वादी :का.जि.का.न.पं.वडा नं. १ नक्साल कमलपोखरी बस्ने विश्व राज्यलक्ष्मी । पुनरावेदक/प्रतिवादी:का.जि.का.न.पं.वा.नं. ७ चुच्चेपाटी बस्ने नानु कुमारी रिसाल । विरूद्ध विपक्षी/प्रतिवादी:जि.धादिङ्ग जिवनपुर गा.पं.वार्ड नं. ५ बस्ने खिलकुमारी थापा । फैसला भएको मिति:२०४२।३।३०।१ मा पेटबोलीबाट बुझ्न पर्ने देखी झिकाउने भनी आदेश भई आदेश बमोजिम हाजिर भएका व्यक्तिलाई हाजिर भइसकेपछि अ.बं. १३९ नं. बमोजिम बयान गराई निर्णय गर्नु पर्ने । (प्रकरण नं.१०) निवेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी निवेदनहरूमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. मेरो हक भोगको नु.जि. कुमारी गा.पं. वडा नं. ८ को कि.नं. ११५३, ११५४, ११५५, ११५६, ११५७, ११६१, ११६२ का जग्गाहरू २०३१ सालमा रैकरमा धादिङ्ग मालमा रै.नं. ०७५ मा रैकरमा परिणत गरी मालपोत समेत तिरी आएको जग्गा मध्ये ११५३, ११५४ को रोपनी ३–२–० जग्गा अपानका नाउँमा र ११५५ को रोपनी १–६–० इन्द्रदासका नाउँमा र ११५६ को रोपनी ८–७–१ मदनराजका नाउँमा कि.नं. ११५७ को जग्गा रोपनी ४–३–२ बालकृष्णको नाउँमा कि.नं. ११६१ को रोपनी ३–४–०–१ खिलकुमारीका नाउँमा कि.नं. ११६२ को रोपनी २–२–३ नन्दकुमारीका नाउँमा श्री ७ नं. नापी गोश्वारा नुवाकोट अन्तर्गत ६ नं. नापी टोलीबाट दर्ता गरिदिएको बारेमा ७ नं. नापी गोश्वारामा निवेदन गरेको निजहरूको समेत बयान भएपछि सो जग्गा निजहरूका नाउँमा दर्ता गरिदिने चित्त नबुझे ३५ दिनभित्र अदालतमा नालेश गर्नु भनी मलाई ०३४।८।१८।७ मा जनाउ दिएको मितिबाट म्यादभित्र नालेश गर्नु पर्नेमा नासकी हु.प्र.बाट म्याद थामिएका म्यादभित्र फिराद गर्न आएको छु । १९१७ साल पौष सुदी १०। रोज २ को सुक्री बिक्रीको लालमोहर बमोजिम २०३१ सालमा रैकर परिणत गरी तिरो भरो समेत गरिआएकोमा जग्गा अन्यायहरूले निजको दर्ताको भनी नापीमा लेखाएको उपरोक्त लेखिएबमोजिम कि.नं. ११५२, ११५४ को मोल रु.७००। जाने र कि.नं. ११५५ को मोल रू. २५०। जाने र ११५६ को मोल रू. १७००। जाने र ११५७ को मोल रू. ९००। जाने ११६२ को मोल रू. ७००। र ५००। जाने समेत जग्गा जम्मा मोल रू. ४७५०। जाने जग्गा खिचोला गरेमा विपक्षीहरूलाई सजायँ गरी निजहरूको दर्ता बदर गरी मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको विश्वराज्यलक्ष्मीको का.जि.अ.मार्फत चढाएको फिरादपत्र । ३. विपक्षी वादीले आफ्नो विर्ता जग्गा भनेको ०३१ सालमा विपक्षको नाउँमा दर्ता भएको भनेको जग्गा कहाँ छ जग्गाको किल्ला केही दावी गर्न नसकेको हुँदा हामीलाई थाहाजनक छैन । हामी प्र.हरूले का.जि.क्षेत्रपाटी धोबीचौर बस्ने हेमकुमारीको हक खाने सानुकुमारी रिसाल्नीको विर्ता जग्गाको मोही भई जग्गा कमाई आएका थियौं । सो हामीले कमाएको जग्गाको तिरो मालपोत समेत निज विर्तावालालाई तिरो बुझाएको हुँदा विर्ता उन्मूलन ऐन, २०१६ को दफा २(ख) बमोजिम धादिङ्ग मालमा हामीहरू