निर्णय नं. २३०७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३०७ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/२७ २४२७ निर्णय नं. २३०७ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. २२१३ विषय : उत्प्रेषण । निवेदक :जि.सप्तरी डिभन गा.पं.वा.नं. ८ बस्ने हरिनारायण शाहा । जि.सप्तरी डाढा गा.पं.वा.नं.२ बस्ने दिपेन्द्र कुमार शाहा । विरूद्ध विपक्षी :भूमि सुधार कार्यालय सप्तरी, राजविराज । जि.सप्तरी डाढा गा.पं.वा.नं.६ बस्ने रामलखन शाहा । आदेश भएको मिति:२०४२।२।२७।१ मा पेश भएका भर्पाईहरू जग्गाधनीलाई अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनु पर्नेमा सो समेत विपक्षी कार्यालयले सुनाएको पाइँदैन, अतः विपक्षी कार्यालयले त्यस्तो गैरकानुनी निर्णय गरेको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं.१२) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट :विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त र विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकारको छ : २. जि.सप्तरी डाढा गा.पं.वा.नं. ६ कि.नं. ३९४ को निवेदकहरू मध्येको म दिपेन्द्रकुमार शाहाको नाउँमा दर्ता भई हक भोग गरी रहेको र सर्भे नापीमा समेत यिनै मोही भएको विगहा ०–१६–१– जग्गा म निवेदक हरिनारायण शाहाले मिति २०३९।१२।२४ मा रजिष्ट्रेशन पारित गरी हालैदेखिको बकसपत्रद्वारा हक कायम हुन आई दर्ता तिरो भरो भोग गरिआएकोमा विपक्षी रामलखन शाहातेलीले कि.नं. ३९४ समेतको जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षीले विपक्षी कार्यालयमा निवेदन दिनु भएकोमा विपक्षीले उक्त जग्गा कमाएको छैन । उक्त जग्गा २०३९ सालमा नै बिक्री समेत गरिदिएको छु भनी दिपेन्द्रकुमार शाहाले प्रतिवाद गरेको र रजिष्ट्रेशन पारित गराई लिने व्यक्ति हरिनारायण शाहालाई बुझ्दै नबुझी विवादित जग्गाको मोहियानी प्रमाणपत्र दिने भन्ने विपक्षी कार्यालयले निम्नलिखित जिकिरमा उल्लेख गरे बमोजिम गैरकानुनी निर्णय गर्नु भएको छ भनी स्पष्ट गर्दछु । ३. जिकिर : विपक्षीले पेश गर्नु भएको २ नं. अनुसूचीमा विवादको क्षेत्रफल जग्गा मिल्दैन । निज विपक्षीले आधार लिएको २ नं. अनुसूची बमोजिम लगत प्रकाशन भएको हो भने पनि त्यसमा म दिपेन्द्रको बाबु शिवनारायणले उजूर गर्नुपर्ने कुनै कुरा खुल्दैन । शुभनारायण भन्ने काल्पनिक वा यथार्थ कस्तो व्यक्ति हो र निजले वतन वलिया भनी वतन देखाउनु भएकोमा डाढा बस्ने व्यक्तिले उजूर गर्नुपर्ने अवस्था पर्दैन । त्यसको अतिरिक्त विपक्षीले भूल स्वीकार गरेर पाउँ भन्ने निवेदन हुने कानुनले मान्यता नदिनेमा अमान्य अनधिकृत कारवाही चलाई जग्गाकै सम्बन्धमा पनि विपक्षीको आफ्नो शुरू दावी खण्डन गरी भूल स्वीकार गरिरहेको तर्फ कुनै ध्यान नदिई कानुनले अग्ररूप निवेदन लिई हाम्रो हितको प्रतिकूल निर्णय गर्न मिल्दैन । कि.नं. ३९४ को ०–१६–१– जग्गाको मोहियानी हकको दावीलाई संशोधन गरिपाउँ भनी अर्कै कि.नं. उल्लेख गरेकोले दावी नै समाप्त भइसकेको कुरामा निर्णय गरी विपक्षीले कि.नं. ३९४ को ७–१६–१– जग्गामा मोहियानीको प्रमाणपत्र दिने गरेको कानुनी त्रुटिपूर्ण छ । विपक्षीले पेश गरेका भर्पाईहरूलाई अ.बं. ७८ नं. को प्रकृया पूरा गर्नु पर्नेमा सो पूरा भएको छैन । नापी र फिल्डबूकमा