निर्णय नं. २३०८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३०८ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/०२ २२३० निर्णय नं. २३०८ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं. ५५१ सम्वत् ०४० सालको फौ.सा.नं. १६८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी: रोल्पा गा.पं.वार्ड नं.९ ग्वाहा खोला घर भै हाल जि.का.कारागार शाखा दाङ तुलसीपुर थुनामा रहेको रहेको लाल बहादुर बुढामगर । विरूद्ध विपक्षी/वादी:मनमायाको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।३।२।२ मा स्याल मार्न भरिराखेको बन्दूक साथैमा भएकोबाट तत्काल उठेको रिसको आवेसमा फायर गर्दा मृतकको मृत्यु भएको प्रष्ट देखिन आएको र मार्न पूर्व योजनाबद्ध तरिकाबाट मारिएको भन्ने कर्तव्यबाट देखिन नआएकोले पुनरावेदकलाई अ.बं. ११८ नं. अनुसार कैद वर्ष १० (दश) मात्र लाग्ने गरिदिने ठहर्छ । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्रीमती इश्वरी दाहाल र विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ विपक्षी वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः अन्यायवालाको घर र मेरो घर अं. १० गज फरकमा भएकोले ०३८।५।२१ गते दिन १२ बजेको समयमा लोग्ने नरपति अन्यायवालाको घर तर्फबाट लाग्दा बन्दूकले हानी मारेछ कि के को आवाज हो भनी म घर बाहिर निस्की हेर्दा लोग्नेको शरीरमा बन्दूकको घाउ परी घाउ लागी मरेको देख्दा लोग्नेलाई कसले मार्यो भनी गुहार माग्दा लोग्नेको पत्नीलाई गुहार माग्ने भएकी भनी मलाई पनि कुटपीट गरेका र लोग्नेलाई बन्दूकले हानी ज्यान कर्तव्य गरी मारेकाले दर्खास्त दिएको छु । लाश जाँच गरी मेरो शरीरको घाउ समेत जाँची पाउँ भन्ने ०३८।५।२८ को जाहेरी दर्खास्त । २. मृतक नरपतिको बायाँ हात पाखुरामा बन्दूकको छर्रा लागी भाँचिएको बायाँ काखी मुनि छेडिएको एक इन्च गोलाईको छर्राको घाउ घाँटी अगाडि घ्याकुरी घाँटी फोरेको २ इन्च लम्बा १ इन्च चौडा घाउ पाखुरामा १ इन्च गोलाईको घाउ समेत भएको भन्ने ०३८।५।३१ को लाश प्रकृति मुचुल्का । ३. मृतक नरपति मेरो सहोदर भाइ र जाहेरवाली मेरी बुहारी हो हामी भिन्न भएका छौं गोहार खोला समेत तङवाङ भन्ने ठाउँमा मृतक नरपतिको र मेरो जग्गा तथा गोठ छ गोठमा मेरो खर्च सकिएकोले खर्च ल्याउन ०३८।५।१९ गते बिहान ८ बजे घर गोहा खोला आउँदा गोठैमा भएको ढिकीको ओखलमा गुहु हगेको देखेँ २० हात फरकमा भएको नरपतिको घरमा गई हेर्दा जाहेरवाला वहीँ रहिछ, निजलाई मेरो ढिकीमा कसले गुहु हगेछ भनी सोधनी गर्दा मैले होइन म सोर्दिन भनी जवाफ गरेकीले ढिकी झिकी अर्को ठाउँमा राखेर ८.३० बजेको समयमा खर्च नखाई तङवाङ गोठैमा गई बसेको अवस्था मनमाया पनि आफ्नो गोठमा गई बसेकी रहिछ निजले जेठाजु लाल बहादुरले ढिकी झिके भनी भाइ नरपतिलाई सुनाएकी रहिछ । निजहरूले आफ्नो गोठबाट ढिकी झिक्ने भनी कराई गाली गरेको मेरो गोठबाट जे गर्नु पर्छ गर भन्ने जवाफ गरी कंकड सकिएकोले कंकड ल्याउने विचारबाट ०३८।५।२१ गते बिहान ७ बजे गोहा खोला गोठमा आई खाना खाई काँचो पातको डाँठ हाते ओखलमा राखी कुटिरहेको मौका सो दिन १२ बजेको समयमा मृतक नरपति कुन समयमा हो घरमा आएको रहेछ । मैले निज बोलेको बोली सुनी सो सुन्नासाथ आफ्नो घरबाट मेरो आँगनको ढिकी ल्याइस् तँलाई नमारी छाड्दिन भनी मलाई भन्दा साथै स्याललाई हान्न भनी मेरा नाउँमा दर्ता लाइसेन्स भएको प्यू गो.नं. १२३१ को एकनाले भरूवा बन्दूकमा ३ अंगुल बारूद फलामक