निर्णय नं. ५०७९ - खिचोला हक कायम समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०७९ - खिचोला हक कायम समेत । भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०३/०८ २७४४ निर्णय नं. ५०७९ ने.का.प. २०५२ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५१ सालको दे.पु.नं. ४५ फैसला मिति : २०५२।३।८ मुद्दा : खिचोला हक कायम समेत । पुनरावेदक/प्रतिवादी:का.न.पा. वार्ड नं. १३ टंकेश्वर बस्ने जोगमानन्द बज्राचार्य । विरुद्ध विपक्षी/वादी:ऐ वडा नं. ३० असन बालकुमारी बस्ने प्रेमधर तुलाधर । घर जग्गा वा कुनै सम्पत्ति उपर स्वामित्व हुने व्यक्तिले सो घर जग्गा वा सम्पत्ति कानून अनुसार निर्वाध रुपमा भोग चलन गर्न पाउँदछ । त्यस्तो घर जग्गा वा सम्पत्तिमा अरु कसैले आफ्नो भौगाधिकार वा अरु कुनै किसिमको हक रहेको भनी दावी लिएमा सो कुरा प्रमाणित हुनुपर्छ र त्यस्तो प्रमाण पुर्‍याउने अभिभारा त्यस्तो दावी गर्ने व्यक्ति उपर नै हुन्छ । (प्र.नं. १३) ठोस प्रमाणको अभावमा परम्परा देखि पञ्चदान तथा पूजा गर्दै आएको भन्दैमा अर्काको सम्पत्तिमा भोग गर्न मिल्ने होइन । (प्र.नं. १३) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी वादी तर्फबाट:विद्वान अधिवक्ता श्री मुकुन्द राज श्रेष्ठ अवलम्बित नजीरःX फैसला प्र.न्या. विश्वनाथ उपाध्यायः यसै अदालत संयुक्त इजलासबाट भएको २०४५।१०।१० को इन्साफ मिलेको नदेखिंदा दोहर्‍याई हैर्नुपर्ने अवस्था विद्यमान भएकाले मुद्दाको लगतमा दर्ता गरी नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश भए बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. का.न.पा. वडा नं. ३० कि.नं. १२४८ विपक्षीको कि.नं. १२४९ को घर छिडीको दलानमा वर्षको २ दिन पञ्चदा पूजा गर्न छोड्नुपर्ने ठाउँलाई नछोडी कि.नं. १२३७ को धलावटम पञ्चदान पूजा गर्ने ठाउँ हो भनी खिचोला गरेको मोल रु. ५०० जाने कि.नं. १२४९ को खुला दलानमा नै पूर्ववत् हरेक साल बाडा जात्राको दिन २ (दुई) पञ्चदान र पूजा गर्ने ठाउँ कायम गरी पाउँ र कि.नं. १२४८ र १२४९ को बीचमा रहेको मोल रु. ५०० जाने मेरो किलासलाई विपक्षको भनी गलत लेखाएकोले सो मेरै कायम गरी पाउँ र कि.नं. १२४८ र १२४९ पूर्व पश्चिम १५ फुट मात्र चौडाई भएकोलाई विपक्षीले पूर्व पश्चिम १८ फुट एक इन्च छ भनी जग्गा मिच्ने दाउ गरी मोल रु. १०० जाने जग्गा खिचोला गरेकोले खिचोला मेटाई कि.नं. १२३७ को साझा चोक नै कायम गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०३९।७।१।२ को फिराद दावी । ३. २ दिन पंचदान र दानबोट बाहेक अरु कुरामा पनि विपक्षीको दावा लाग्न सक्ने मानेको खण्डमा पनि मैले भाईहरुबाट छोडपत्र गरी लिएको लिखतको साविक घर भत्काई साविकको बाटो भर्‍याङ सोझै राखी नयाँ बनाउने मात्र भएकोले दावा उचित छैन झूठ्ठा दावाबाट फुर्सद पाउँ भन्ने प्र. जोगमानन्द बज्राचार्यको प्रतिउत्तर जिकिर । ४. कि.नं. १२४९ मा वादी दावी बमोजिम खिचोला भेटाई बाँडा जात्राको २ दिन पञ्चदान र पूजा गर्ने ठाउँ कायम हुन ठहर्छ अन्य वादी दावीको किलास एकलौटी कायम गरी पाउँ भन्ने र कि.नं. १२४८ र १२४९ को ३.६ फुट जग्गा साझा भोगनै कायम गरी पाउँ भन्ने तर्फ वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको मिति २०४१।३।१९ को फैसला । ५. उक्त का.जि.अ. को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी प्रतिवादी दुवै पक्षको गरी दोहोरो पुनरावेदन बा