निर्णय नं. ५०८० - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०८० - जग्गा खिचोला भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०३/०८ २६९७ निर्णय नं. ५०८० ने.का.प. २०५२ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५१ सालको दे.पु.नं. ४९ फैसला मिति:२०५२।३।८।५ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/वादी:ललितपुर जि. ललितपुर नगरपालिका वडा नं. १४ बस्ने गंगाराज पात्रवंश। विरुद्ध विपक्षी/प्रतिवादी:ऐ. ऐ. बस्ने नारायणलाल श्रेष्ठ । आफ्नो जग्गामा अर्को पक्षले नगर पंचायतबाट पर्खाल लगाउने स्वीकृति पाए पछि आफ्नो जग्गा भए तत्काल नै उजुर बाजुर गरी पर्खाल भत्काउन लाउने अथवा जग्गामा आफ्नो हक कायम गराउन पर्ने स्वभाविक प्रक्रिया केही नगरी चूप लागी बस्नु र १५ वर्ष पछि गएर खिचोला गर्नुबाट वादीको नालेस परेकोमा आफ्नो राजिनामा भित्र नपर्ने जग्गालाई आफ्ना भनी दावी गरेकालाई खिचोला गरेको मान्नुपर्ने हुँदा खिचोला ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४७।७।११ को इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १७) पुनरावेदक, वादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी,विद्वान अधिवक्ता श्री शिव कुमार श्रेष्ठ विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली,विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर अवलम्बित नजीरःX फैसला न्या. गोविन्द बहादुर श्रेष्ठः अदालत संयुक्ता इजलासबाट दोहोर्‍याउने आदेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. पता पूर्खाका पाला देखि भोगचलन गरी आएका निस्सा प्रमाण केही नभएको बगैंचावारीमा मेरो ल.पु. थथुन झ्यालको केबवारीको साँध पूर्व आफ्नै पर्खाल पश्चिम मुलबाटो उत्तर आफ्नै पर्खाल यति ४ किल्ला भित्रको नाप नक्सा बमोजिम लम्बाई फिट ४८ चौडाई फिट १।। उचाई फिट ७ पर्खाल बनाउने पास पूर्जि गरी पाउँ भनी २०२० साल चैत्रमा नक्सा दरखास्त दिएकोमा टाँसेका म्याद भित्र पूर्व पर्खाल भनी लेखेको हकमा निज गंगाराजको वारीदेखि पूर्व तमोटहरुको वारी देखि पश्चिम का.जि. मोसाको टोल बस्ने सु. कविरमानसँग १९९०।१२।५ मा पास गरी लिई इरादाले पूर्व पट्टिको पर्खाल मेरो भनी निज दरखास्तवालाले झूटटा उजुर दरखास्त गरेमा उक्त फार्छे पत्र र अरु निस्सा प्रमाणहरु अड्डाले झिकाएका बखत पेश गर्ने छु र उक्त आफ्नै पर्खाल लेखेको हकमा १९९३ साल श्रावण १२ गते सु.मान बहादुरसँग मेरा बाबु पृथ्वी लालले चारै तर्फ पर्खाल सहितको वारी फार्छे गरी लिई हाल भोगी आएकोले उक्त पर्खाल समेत मेरो र चन्द्रवीरहरुको हक भएबाट वादीले झुट्टा दरखास्त गरेकोले नक्सा बदर गरी पाउँ भनी विरलाल श्रेष्ठको २०२१।१।५ मा प्रतिवादी सरहको उजुरी दरखास्त परेको । अत एवं प्रकरणमा दर्ता भए बमोजिम माथि उल्लेखित ४ किल्ला भित्रको नक्सा बमोजिमको लम्बाई फिट ४८ चौडा फिट १।। उचाई फिट ७ पर्खाल समेत बनाएको जग्गा मध्ये सिंह खोला सोको जग्गाको मोल रु. ५०० पर्ने निस्साको हकमा अघि देखि भोग गरी आएको तिरोतिरान नलागेको मेरो नक्सा अनुसार ल.पु.न.पं. का फैसलाले समेत मेरो हक ठहरी सकेको हुँदा सो जग्गामा प्रतिवादीले निस्सा प्रमाण बेगर मिति २०३६।५।१६ मा जग्गा फोडी टंटा खिचोला गरेको हुँदा प्रतिवादीको उक्त दावी छोडाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको गंगाराज पात्रवंशको फिराद । ३. मति १९८०।४।१२।५ मा सु. कविरमानसँग मेरा पिता विरलाल श्रेष्ठले राजिनामा फार्छे गरी लिएबाट हक भई आजसम्म भोग गरी आएको जग