निर्णय नं. २३१२ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३१२ - दर्ता बदर भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/१६ २२०८ निर्णय नं. २३१२ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ५०३ मुद्दा : दर्ता बदर । पुनरावेदक/वादी: जिल्ला धनुषा जनकपुर नगर पंचायत वडा नं. ८ बस्ने वशिष्ट जा शरण वैष्णव। विरूद्ध विपक्षी/प्रतिवादी:जनकपुर गुठी तहसिल तथा खर्च कार्यालय । जि.धनुषा जनकपुर नगर पंचायत वडा नं. ८ बस्ने जानकी वल्लभ शरण वैष्णव । फैसला भएको मिति : २०४२।२।१६।४ मा वादी बमोजिमको केही कुरामा फैसला गरी केही कुरा बाँकी राख्न मिल्ने होइन । (प्रकरण नं.१४) फैसला न्या.त्रिलोक प्रताप राणाः मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : गुरू महिसुता शरणले पिडारी चन्द्रकला कुञ्ज कुटी स्थापना गरी उक्त कुटी अधीनस्थ जग्गाको आयस्ताबाट पूजा आजा धर्म सदावर्त चलाई रहनुभएको गुरू स्वर्गीय भएपछि उक्त कुटीको महन्त्याइएको बदर पड्डी मटिहानी स्थानबाट मैले पाएको हुनाले उक्त कुरो अधीनस्थ रहेको जग्गा स्वर्गीय गुरूको नाउँबाट दाखिल दर्ता मेरो नाउँमा गरिदिनलाई ०२८।५।४ मा विपक्षी नं. १ ले लेखेको पत्रको आधारमा तत्कालीन पिडारी गा.पं.अ.को विभिन्न वार्डमा पर्ने कि.नं., ४४, ८९, ९९, १००, १०२, २५।१४१ समेतको जग्गा हाल ज.न.पं. वार्ड नं. १३ मा पर्न गएको, मेरा नाउँमा दाखिल दर्ता भई लाग्ने पोत तिरी रसिद लिने गरेको छु । तत्कालीन पिडारी गा.पं.वा.नं. ४ मा पर्ने कि.नं. ४४ को ०–१–२, कि.नं. ८९ को ०–०–८, कि.नं. ९९ को ०–१–३, कि.नं. १०० को ०–२–३७, कि.नं. १०२ को ०–०–१७, कि.नं. १४१ को ०–४–११ वार्ड नं. ३(ख) कि.नं. २५ को ०–३–११ समेतको जग्गा मेरो हक भोग तिरोको जग्गा एकाको नाउँमा दाखिल दर्ता भइसकेपछि सोही अधीनमा दर्तावालाको दर्ता बदर वातिल गरी अरूको नाउँमा कानुनी प्रकृया समेत विपरीत दाखिला दर्ता गर्न विपक्षी नं. १ लाई अधिकार छैन। उल्लिखित जग्गाको दर्ता सही वा गलत के हो उजूरी लिई सो को निराकरण गरी अघि भएको दर्तालाई बदर गरी अर्काको नाममा दर्ता गर्नलाई निर्णय निरोपण गर्ने अधिकारी विपक्षी १ नं. होइन । मेरो दर्तालाई जालसाजीको संज्ञा दिई उल्लिखित जग्गा विपक्षी नं. २ को नाउँमा दाखिल दर्ता गरिदिनलाई ०३६।१०।१८ मा विपक्षी १ नं. ले निर्णय गरेको विस्तृत जानकारी ०३७।७।१८ को दिन नक्कल लिँदा थाहा पाएँ । मेरो अनुपस्थितिमा निर्णय गर्नु भएको छ । विपक्षीहरूले मिलीमतो गरी कोलम १०,०००। पर्ने हकभोग दर्ता तिरोको जम्मै गैरकानुनी प्रकृया हुँदा बदर वातिल गरी विपक्षी नं. १ ले गरेको टिप्पणी आदेश २. विपक्षी २ नं. नाउँको दाखिल दर्ता बदर गरी मेरा नाउँमा कायम गरी खिचोला मेटाई पाउँ भन्ने समेत वादी । २. महिसुता शरणले आफ्नो जीवनकालमै मिति ०१५।३।२७ गते बकसपत्रको लिखत गरी हक हस्तान्तरण गरिदिनु भएको छ । पारित बकसपत्रमा उल्लिखित जग्गामा मेरो नाउँमा दाखिल दर्ता गरिपाउँ भनी जानकीबल्लभ शरणले बकसपत्रको लिखत समेत संलग्न राखी यस कार्यालयमा निवेदन दिनुभएको आधारमा प्र.जानकीशरणको नाउँमा ०३६।१०।१८ गतेको टिप्पणी आदेश बमोजिम यस कार्यालयमा दर्ता गरेको युक्तिसंगत नै भएको र महिसुता शरणले प्र.जानकीबल्लभ शरणलाई ०१५।३।२७ गते गरिदिएको बकसपत्र लिखतमा स्वयं फिरादी अन्तरसाक्षी भई सही गरी हक हस्तान्तरणको कृयालाई पूर्ण भएमा स्वीकृति प्रदान गरेको ह