निर्णय नं. ९१६८ - सम्बन्ध विच्छेद, अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१६८ - सम्बन्ध विच्छेद, अंश भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/११/२८ ८३२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।११।२८।४ ०७०–CR–०२०७ मुद्दा : सम्बन्ध विच्छेद, अंश पुनरावेदक/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं.३१ बस्ने गोवर्धनलाल नकर्मीसमेत विरूद्ध विपक्षी/वादी : का.जि.का.का.म.न.पा.वडा नं.१८ भुरूङखेल बस्ने कमला नकर्मी § कसैको अंश भाग सगोल परिवारभित्रै कसैलाई दिँदा दाताको अंश भाग छुट्टिसकेको अवस्था वा आफ्नो भाग अंश छुट्याउन दाताले नालिस गरेको अवस्था वा त्यस्तो प्राप्त गर्नेले नै छुट्ट्याई लिई नसकेको अवस्थामा दाताको तर्फबाट मुद्दा सकार गरेको अवस्था हुनुपर्ने । § एकासगोलका अंशियाराबीच एकले अर्कोबाट सगोलको सम्पत्ति बकसपत्र पाएकै अवस्थामा पनि सो सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने । (प्रकरण नं. ६) § अरू प्रतिवादीलाई अंश प्रयोजनार्थ बुझ्दा निजको मृत्यु भइसकेको देखिएको र पक्ष कायम भई कसैले सकार गरेको पनि नदेखिएको हुँदा पक्ष कायम नभई सकार नभएकोमा पहिले नै मृत्यु भइसकेको व्यक्तिलाई अंशियार कायम गर्न नसकिने । (प्रकरण नं. ७) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री लक्ष्मीप्रसाद छुकां प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री खेमराज भट्ट अवलम्बित नजीर : सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा ६ (क) § मुलुकी ऐन, अंश बन्डाको महलको १, २, ५ नं § मुलुकी ऐन, लोग्ने स्वास्नीकोबन्डा महलको १(२), ४क नं. सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री माधव प्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री टीकाबहादुर हमाल मा.न्या.श्री विष्णुदेव पौडेल फैसला न्या. वैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, पाटनको मिति २०६८।७।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– गोवर्धनलाल नकर्मीसँग २०४४ सालमा सामाजिक परम्पराअनुसार मेरो विवाह भएको हो । निज विपक्षी पतिसँगको वैवाहिक सम्बन्धबाट मिति २०४७।९।२ गते छोरा अभिलाष नकर्मी र मिति २०५५।३।३ गते छोरी सृष्टिना नकर्मीको जायजन्म भएको छ । पछि निज पतिसमेत भई कुटपीट गर्ने तथा हेरविचार गर्नसमेत छाड्नुभयो र घरमा बस्ने नै स्थिति नभएपछि बाध्य भई हाल म नाबालिका छोरीसाथ माइतिमा बस्दै आएको छु । उहाँको व्यवहारले मलाई दिनदिनै मानसिक तनावलगायत दैनिक काममा नै अनावश्यक बोझ थपिदै गइहरेको छ । यी सबै कुराहरूलाई मध्यनजर राखी विपक्षी पतिसँग अलग हुने नै श्रेयस्कर हुने हुनाले मुलुकी ऐन, लोग्ने स्वास्नीकोबन्डा महलको १(२) नं. बमोजिम सम्बन्ध विच्छेद गरी पाउन र विपक्षी प्रतिवादीबाट पाउनुपर्ने अंश सम्बन्धमा लोग्ने स्वास्नीको महलको ४ नं. र अंश बन्डाको महलको १० नं. बमोजिम पाउनुपर्ने अंश दिलाई भराई चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको वादीको फिराददावी । विपक्षीको अंश माग दावी खारेज गरी पाउँ । विपक्षीले आफ्नो माइती पितापट्टिको कुरा सुनी यो मुद्दा दायर गरेको हो । विपक्षीसँग सम्बन्ध विच्छेद हुनुपर्ने पनि होइन । अंश सम्पत्ति प्राप्त गर्ने कुनियतले यो मुद्दा दिएको हो । विपक्षीको सम्पूर्ण फिरादपत्र खारेज गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर जिकीर । वादीको पतिसमेत मूल अंशियार ६ जना छन् । वादीले गोवर्धनलाल नकर्मीको