निर्णय नं. ४७५९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७५९ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०३/०४ २५४१ निर्णय नं. ४७५९ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४६ सालको रिट नं. ८६८ आदेश मिति: २०५०।३।४।६ निवेदक : दाङ जिल्ला ढिकपुर गा.पं. वडा नं. ५ तेधरा बस्ने नरेन्द्र बहादुर शाह । विरुद्ध विपक्षी : मोहियानी समिति दाङ, घोराही समेत । मुद्दा : उत्प्रेषण । (१) सर्वोच्च अदालतबाट परमादेशको आदेश जारी हुँदा प्रचलित कानून बमोजिम निर्णय गर्नु भनेकै हुँदा निर्णय गर्दाको अवस्थामा प्रचलित ऐन नियम बमोजिम कारवाही गर्न उक्त फैसलाबाट नै मोहियानी समिति दाङलाई बाधा नपर्ने हुँदा तदनुकूल नियम बमोजिम विपक्षीलाई सूचना दिई कारवाही निर्णय गर्नु भनी मोहियानी समिति दाङको नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री लोकभक्त राणा प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री वलराम के.सी. : विद्वान अधिवक्ता प्रभुनारायण चौधरी अवलम्बित नजीर: ने.का.प. २०४१, नि.नं. १९१९, निवेदक दामोदर उपाध्याय विरुद्ध भूमि सुधार मन्त्रालय समेत भएको उत्प्रेषण मुद्दामा सिद्धान्त प्रतिपादित । आदेश न्या. मोहन प्रसाद शर्मा १. नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा तथा आदेश यस प्रकार छ । २. मेरो कुनै पनि जग्गा मोहियानीमा जोत्दै नजोतेको विपक्षी सिताराम चौधरीले मेरो विरुद्ध उच्चस्तरिय समिति दाङ समक्ष मोही कायम गरिपाउँ भनी कारवाही चलाएकोमा दाङ ढिकपुर गा.पं. वडा नं. ५ (क) कि.नं. ८९ को ज.वि. २२–७–१६ मध्ये पूर्व उत्तरतर्फको ज.वि. २–१०–० जग्गा विपक्षी सितारामको नाउँमा तितकुर शर्तमा मोही कायम गरी मोहियानी हकको प्रमाणको दिने ठहराई २०४०।८।७।४ मा निर्णय भएकोमा सो निर्णय उपर यस अदालतमा निवेदन चढाएको थिए । भू.सु.ऐन २०२१ को दफा २५(क) (१) बमोजिम मोही कायम गर्ने निर्णय गर्दाका अवस्थामा कायम रहेको दफा २५(क) (२) तथा भू.सु. नियम (नवौं संशोधन) २०२१ को नियम ११ क प्रारम्भ भएको अवस्थामा सोनियमले तोकिएको कार्यविधि नअपनाई सर्जमिनका आधारमा निवेदकको जग्गा प्रत्यर्थीलाई मोही कायम गर्ने गरेको प्रत्यर्थी उच्चस्तरिय समिति दाङको २०४०।८।७ को निर्णय भू.सु. ऐनको दफा २५(क) (२) र नियम (नवौं संशोधन) को नियम ११(क) को त्रुटि गरी निर्णय गरेको देखिएकोले सोनिर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ र कानून बमोजिम निर्णय गर्न परमादेशको आदेश समेत जारी हुने गरी २०४२।३।१४ मा यस अदालतबाट आदेश भएको थियो । उक्त आदेश बमोजिम विपक्षी सितारामले शुरु म्यादै गुजारी बसेको हुँदा हुँदै पनि २ नं. लगत तयार गरी ०४४।१।१० मा प्रकाशित गर्दा म निवेदकको कुनै प्रतिक्रिया नआएको र वादीले म्याद गुजारी बसेतापनि सर्जमिनका बहुसंख्यक व्यक्तिले किटानी साथ उजुरवाला सिताराम चौधरीले जोति आएका छन भनी लेखाई दिएको समेत आधारमा दावीको दाङ ढिकपुर गा.पं. वडा नं. ५ क. कि.नं. १०३ को ज.वि. २–१०–० जग्गा सिताराम चौधरी नाउँमा मोही कायम हुने ठहर्छ भनी २०४४।९।३।६ मा निर्णय भयो । उक्त निर्णय उपर रा.अं.अ. मा पुनरावेदन गरेकोमा मोहियानी समिति दाङको निर्णय बदर गर्ने गरी २०४५।११।१८ मा फैसला भयो । सो उपर म.प.क्षे.अ. मा अनुमतिको लागि निवेदन दिएकोमा अनुमति नहुने गरी २०४६।३।१ मा आदेश भएबाट यो रिट दिन आएको छु । ३. सर्वोच्च अदालतबाट २०४२