निर्णय नं. ५०८१ - उत्प्रेषण मिश्रित परमादेश समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०८१ - उत्प्रेषण मिश्रित परमादेश समेत । भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०२/२५ २८४५ निर्णय नं. ५०८१ ने.का.प. २०५२ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल २०५० सालको रि.पु.ई.नं. – ६३ आदेश मिति: २०५२।२।२५।५ विषय : उत्प्रेषण मिश्रित परमादेश समेत । निवेदक :महन्त रामचन्द्र भारती का.प.जि. खोपासी गा.वि.स. वडानं. ३ नरसिंह मठस्थान । विरुद्ध विपक्षी :नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालय । गुठी संस्थान, केन्द्रिय कार्यालय । मालपोत विभाग, बबरमहल । निवेदकले दिएको विन्तिपत्रमा पनौती विद्युत योजना भित्र गुठीको जग्गा परेमा सो गुठीको मुआब्जा वापत श्री ५ को सरकारको तर्फबाट दिनुपर्ने रुपैयाँ नेपाल राष्ट्र बैंकमा जम्मा गरी दिनु र सो गुठीको जग्गाको सट्टा भर्ना खरिद गर्न पर्ने हुनाले सम्बन्धित व्यक्तिले जग्गा खोजी ल्याएका बखत सो जम्मा भएको रुपैयाँबाट जग्गा खरिद गराई दिनु भनी २०१७ सालमा श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भएको र यसै अदालतको संयुक्त इजलासबाट समेत सो बक्स भएको प्रमांगी बमोजिम गर्न हुन भनी मिति २०३८।८।१६ मा आदेश भएको पाइन्छ । विद्युत प्राधिकरणले मिति २०४६।२।२५ मा निर्णय गर्दा निवेदक समेत सम्बन्धित पक्षहरुलाई राखी निर्णय गरेको नदेखिँदा विद्युत प्राधिकरणको मिति २०४६।२।२५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराई सम्बन्धित पक्षहरुलाई समेत सामेल गरी हुकुमको प्रमांगी र पूर्व निर्णयको कार्यान्वयन सम्बन्धमा समाधान गर्न जलश्रोत मन्त्रालयलाई लेखी पठाउने ठहराएको माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंहको राय मुनासिव ठहर्ने । (प्र.नं. १७) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की ,विद्वान अधिवक्ता श्री मुकुन्द राज श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ,विद्वान अधिवक्ता श्री प्रकाश राउत अवलम्बित नजीरःX आदेश न्या. त्रिलोक प्रताप राणाः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निवेदकका पुर्खाले १४।१५ सय वर्ष अघि जग्गाहरु किनी त्यसको आयस्ताबाट श्री नरसिंह उग्रदेवताको नित्य पर्व पूजा गुठी चलाई मठ मन्दिर जिर्णोद्धार गरी बाँकी रहेको आयस्ता सन्तान दरसन्तानले खाने समेतको व्यवस्था गरी गुठी राखी गएका थिए । पछि सालको रु. २००० सलामी श्री ५ को सरकार गुठी तहसिलमा बुझाई साविक बमोजिम गरी सन्तान दरसन्तानले खानु भनी छुट गुठीको १९७० मा सनद गरी दिएको र सोही बमोजिमको काम चलाई आएको थिएँ, कुनै खरखिचोला थिएन । ३. यसै बीच २०१६ सालमा खोपासीमा पनौती जलविद्युत योजना शुरु गर्दा यो नरसिंह गुठी जग्गा साविक माटो मुरीको हिसाब गरिकन ७५ रोपनी आवादी १३५ रोपनी पर्ती जग्गा उक्त योजनाको लागि भनी कब्जा गरि लिई काममा लगाएका थिए । उक्त योजनाको लागि अरुबाट जग्गा लिंदा फार्छे राजिनामा गराई लिएका थिए । ४. सर्भे नापी अनुसार सो योजनामा पर्न गएको गुठीको जग्गा खोपासी आ.गा.पं. वडा नं. ३ कि.नं. ३८३, ४४२, ४४३, ४४४ र ऐ. गा.पं. वडा नं. १ कि.नं. ६०७, ६२४, ६२५, ६४१, ६५३ समेत १३ कित्ता जग्गाको रोपनी १२४–१५–२–३ हुन गएको छ । त्यसको सालको आयस्ता जिन्सी धान मुरी ११७ र नगदी रु. १४ आयस्ता गुठीको क्षति हुन गएको छ । योजनाको शुरु अवस्था देखिने साँधकै ज