निर्णय नं. २३१३ - पर्चा बदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३१३ - पर्चा बदर समेत भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/३१ २३१६ निर्णय नं. २३१३ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको दे.फु.नं. ५७२ मुद्दा : पर्चा बदर समेत । पुनरावेदक/प्रतिवादी: वागमती अंचल नुवाकोट जिल्ला त्रिशुली गा.पं. ८ वडा त्रिशुली बजार बस्ने जोहरण मियाँ । विरूद्ध विपक्षी/वादी: बागमती अंचल नुवाकोट जिल्ला त्रिशुली गा.पं. ४ वार्ड वगवा बजार बस्ने खड्गमान श्रेष्ठ । फैसला भएको मिति : २०४२।२।३१।५ मा कुनै व्यक्ति जग्गा चलन गर्न आउँदैमा यो यति कारण एवं आधारमा जग्गा चलन गर्न आएको भनी थाहा हुने स्थिति पर्दैन, जग्गा चलन गर्न आएको कारण एवं आधार पत्ता लगाउनै पर्छ, त्यस्तो पत्ता नलागेसम्म जग्गा चलन गर्न आएको कारण वादीलाई जानकारी हुन सक्दैन । (प्रकरण नं.१६) पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल विपक्षी वादी तर्फवाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.त्रिलोक प्रताप राणाः मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : २. पूर्व छेउखी खोला दोभान र पुरानो मूल बाटो, पश्चिम राईसिंगे बगर केही सामरी बगर र सामरी खोला, उत्तर बाटोको हाल सु.वीर बहादुर के.सी.को समेत राईसिंगे खेत, दक्षिण सामरी खोला समेतको ४ किल्लाभित्रको दलबहादुरबाट मेरा पिता गणेशमानले राजीनामा गरिदिनु भएको सामरी बगर भन्ने खेत माटो ६ जग्गा पिता पछि मेरो हक भोगचलन तिरोको हुँदा ०३३ साल तक अविच्छिन्न भोगचलन गरिआएको छु । विपक्षीमध्ये रहिमुल्ला मियाँ समेतको र मेरो पितासँगको लुटपीट मुद्दामा ०२७।९।१६ मा र खिचोला मुद्दा ०२८।१।७ मा र चन्द्रलालसँगको जग्गा मुद्दामा ०२७।९।१६ मा समेत जग्गा पिता गणेशमानको हक कायम भई फैसला भएको छ। पिता गणेशमान, विष्णेलाल श्रेष्ठ र चन्द्रमानसँगको आयस्ता बाली भराई जग्गाबाट हटाई पाउँ भन्ने मुद्दामा भूमि सुधारको ०३३।१०।२७ को मिलापत्रबाट जग्गा मेरो हक कायम भएको छ । विष्णुलाल र पिता समेतको दोहरा दर्ता मुद्दामा जग्गा पिताको ठहराई ०३३।८।२३ मा नुवाकोट मालबाट पर्चा भएको छ । पूर्व गणेशमानको केउरेनी दोभान खेत ।६ को साँध, पश्चिम राईसिंगे खोला र सामरी खोला दोभान, उत्तर सु.वीर बहादुर के.सी.को खेत ।२२।१० को साँध, दक्षिण सामरी खोला ४ किल्ला भित्रको राईसिंगे बगर गणेशमानसँग मुद्दा पर्दा बा.अं.अ. बाट समेत मैले जिती पाएको जग्गा दर्ता गरिपाउँ भनी रहिमुल्लाले नुवाकोट मालमा दिएको ०३१।७।१९ को निवेदनमा चाँडो कारवाही गरिदिनु भन्ने हु.प्र.बक्स पाउँ भनी ०३२।५।२७ को बिन्तिपत्र समेतबाट रहिमुल्लाका नाउँमा तिरो सकार गरिदिएको र प्रकरण १ मा लेखिएको मेरो जग्गा एउटै हो, रहिमुल्लाको नाउँमा तिरो सफाई गरिदिएको जग्गा र प्रकरण १ मा लेखिएको मेरो जग्गा एउटै हो, रहि मुसलमानको बिन्तिपत्र र सरजमीन समेतको आधारमा निवेदन दावीको उत्तर किल्ला सरजमीनले देखाएको राईसिंगे बगर खेत कायम गरी पुरानो दर्ताको खेत माटो ४४ मध्ये, २२ न.पं.को ८ नं. बमोजिम निवेदकवालाबाट ०२२ सालदेखि ०३० साल तकको तिरो रू. ११४।४० असूल गरी निवेदक रहि मुसलमानका नाउँमा दर्ता नम्बरी गरी जग्गा चलन पुर्जी दिने ठहर्छ भनी मालबाट ०३८।८।२८ गते पर्चा गरिदिएको रहिमुल्लाले ०३४।२।१३ गते जग्गा चलन गर्न आएबाट ०३४।४।३ मा नक्शा सारी