निर्णय नं. ५०८२ - मोही प्रमाणपत्र पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०८२ - मोही प्रमाणपत्र पाउं भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/११/११ ५४२४ निर्णय नं. ५०८२ ने.का.प. २०५२ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने २०५१ सालको दे.पु.ई.नं. ४३ फैसला मिति:२०५१।११।११।५ मुद्दा : मोही प्रमाणपत्र पाउं । पुनरावेदक/वादी:जि.महोत्तरी बसविटी गा.वि.स. वडा नं. ९ बस्ने नइप खाँ पैठान । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ. ऐ. वडा नं. ५ बस्ने शिवनन्दलाल कायस्थ । ऐ. ऐ. वडा नं. शोभाकान्त कायस्थ । भूमि सम्बन्धी ऐन, २०२१ ले मोही कायम हुने सम्बन्धमा गरेको व्यवस्था हेर्दा ऐनको दफा २५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेद बमोजिमको मोहीको हक प्राप्त हुनेछ भन्ने र उपदफा (२) मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएको छ र सो व्यक्तिले मुख्य वार्षिक उब्जनीको एक वालीसम्म मोहीको हैसियतले कमाएको छ भने निज स्वतः सो जग्गाको यो परिच्छेद बमोजिमको हक प्राप्त मोही हुने व्यवस्था गरेको देखिन्छ । ऐनको दफा २५ को उपदफा १ बमोजिमको मोहीको हक प्राप्त गर्न भूमि सम्बन्धी नियम २०२१ को नियम (९) बमोजिम जोताहाको अस्थाई निस्सा प्राप्त गर्नुपर्ने र उपदफा (२) बमोजिमको मोही हक प्राप्त गर्नको लागि जग्गा धनी र मोही बीच दोहरो कबुलियत भई एक प्रति स्थानीय निकायमा समेत हुनुपर्ने सो बमोजिम भए गरेको भन्ने नदेखिंदा प्रतिवादीहरु बीच २०३४।१०।२७ मा पारित भएको अंशवण्डाको लिखतमा कि.नं. १० को जग्गामा मोही नइम खाँ उल्लेख भएकै आधारमा यी वादी विवादित जग्गाको मोही कायम हुने देखिन नआउने । (प्र.नं. ११) फिल्डबुकको कैफियत महलमा तथा प्रतिवादीहरु बीच भएको वण्डापत्रमा विवादित जग्गाको मोहीमा यी वादीको नाउँ उल्लेख भएको र दर्ता सम्बन्धमा प्रतिवादीहरुका बाबुले छुट जग्गा दर्ता गरी पाउँ भनी दिएको निवेदनमा कारवाही भई जग्गा दर्ता हुने नहुने भन्ने सम्म निर्णय गरे पुग्नेमा विवाद नै नभएको मोही हकको प्रश्नमा सो निर्णयमा मोही कायम हुने भनी भूमि प्रशासन कार्यालयले लेखी दिएको भरमा निर्णयाधारा मान्न मिल्ने नदेखिने । (प्र.नं. ११) पहिले आफ्नै जग्गा भनी दर्ता गराई सो दर्ता बदर भएपछि जग्गा धनीको हैसियतले जग्गा जोतेको कारणबाट मोही हकमा दावी गर्ने स्थिति नहुने । (प्र.नं. ११) आफ्नै हकको जग्गा कमाउने व्यक्ति सो जग्गाको मोही हुन नसक्ने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाट:विद्वान अधिवक्ता श्री राजन ढुङ्गाना विपक्षी प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस अवलम्बित नजीरःX फैसला न्या. केशव प्रसाद उपाध्यायः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. साविक किसोरी लालको नाउँमा दर्ता रहेको जि.म. वसविटी गा.पं. वडा नं. ९ कि.नं. ९० को ०–१५–५ जग्गामा निवेदक मोही भएकोमा निज किशोरी लाल मर्दा निजका छोरा विपक्षीहरुले २०३४।१०।२७ मा नामसारी गराई अंशवण्डा गरी कित्ताकाट हुँदा कि.नं. ४७५ को ०–७–१२ शोभाकान्त लालको र कि.नं. ४७६ को ०–७–१३ शिवनन्दनको नाउँमा दर्ता कायम भएकोले सो ज.ध.प्र.पु. को मोही महलमा मेरो नाउँ उल्लेख भएकोले मोही प्रमाण पत्र पाउँ भन्ने फिराद दावी। ३. वादीले दावी