निर्णय नं. २३१४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३१४ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/०७ २२९१ निर्णय नं. २३१४ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. १२४१ विषय : उत्प्रेषण । निवेदक : जिल्ला कपिलवस्तू तिलौराकोट गा.पं.वाडा.नं.५ मौजे रुघौला बस्ने अहमद मुसलमान । विरूद्ध विपक्षी :ऐ.ऐ. बस्ने पियारे केवट । भूमि सुधार कार्यालय,कपिलवस्तू तौलिहवाका भू.सु. अधिकृत ज्यू। आदेश भएको मिति : २०४२।३।७।६ मा जुन कबुलियत कानुन बमोजिम प्रमाणका लागि ग्राहृय हुन सक्दैन त्यस्तो कबुलियत सद्दे कीर्ते के हो भनी निर्णय गराई रहनु पर्ने स्थिति नै पर्दैन । (प्रकरण नं.१२) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल र विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश न्या.त्रिलोक प्रताप राणाः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. मेरा नाम दर्ताको जि.कपिलवस्तू गौवरी गा.पं.वडा नं. ९(क) को कि.नं. २१४ को ०–१–१५ कि.नं. २१५ को ०–१–१५, कि.नं. २१६ को ०–२–६, कि.नं. २१७ को ०–२–४ कि.नं. २०९ को ०–२–१५ समेत ०–१०–१५ जग्गा मैले आफ्नै तर्फबाट कमाई भोगी आएकोमा २०२८।१।४ मा जग्गाधनीले गरिदिएको कबुलियत र २०३८।११।२८ को भर्पाई छ । मोहियानी कायम गरी प्रमाणपत्र पाउँ भनी विपक्षी पियारेले २०३९ सालमा उजूर गर्नुभयो । मेरा नाममा म्याद आउँदा मोही होइन जग्गा कमाउन दिएको छ्रैन र कबुलियत भर्पाई गरिदिएको छैन गरिदिएको भए भू.सं.ऐनको दफा ३४ बमोजिम मौकैमा गा.पं.मा दाखिल हुनुपर्ने हो कबुलियत भर्पाई कीर्तेजालसाज हो भनी मेरो प्रतिवाद परी असर पर्ने व्यक्तिले सद्दे कीर्ते छुट्याई ल्याएका बखत कारवाही हुने तामेली राखी दिने ठहर्छ भनी २०३९।९।९ मा भू.सु.का.बाट निर्णय भयो । ३. उपरोक्त तामेली निर्णय बमोजिम असर पर्ने व्यक्ति विपक्षी पियारेले कबुलियत भर्पाई सद्दे कायम गराउन उजूर नगरी जग्गाधनीले कीर्ते जालसाजी ठहराउन अदालतमा नालिश नगरेकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी पुनः २०४०।७।३० मा उजूर गर्नु भयो । मेरा नाममा म्याद आउँदा एक कबुलियत भर्पाई दिएकै छैन । दोश्रो त दिएको भए गा.पं.दाखिल हुनु पर्ने सो पनि भएको छैन । २०३९।९।९ का निर्णय बमोजिम असर पर्ने विपक्षीले सद्दे कायम गराउन सकेको छैन मोही कायम हुन सक्ने होइन भनी बयान गरे । विपक्षी अधिकारीज्यूले जग्गाधनीले जि.अ.मा कीर्ते जालसाजीतर्फ मुद्दा दायर गर्न नसकेकोले निवेदक दावी बमोजिम रसिद कबुलियत कानुनी मान्यता प्राप्त सद्दे ठहरिएको हुँदा भू.सं.ऐनको दफा २५, ३४ बमोजिम गा.पं.गोवरी वडा नं. ९(क) कि.नं. २१४ को ०–१–१५ कि.नं. २१५ को ०–१–१५ कि.नं. २१६ को ०–२–६ कि.नं. २१७ को ०–२–४ कि.नं. २०९ को ०–२–१५ समेत ०–१०–१५ जग्गा प्रति विगहा रू. ८०। हुँदा शर्तमा मोही कायम हुने ठहर्छ भनी २०४१।३।४ मा निर्णय गर्नु भएको छ । उक्त निर्णयको पूर्वाधार २०३९।९।९ को तामेली आदेश बमोजिम जग्गाधनीले अदालतमा कीर्ते जालसाजी तर्फ उजूर नगरेको भनी अधिकारीज्यूले गलत तर्कको अवलम्बन गर्नु भएको छ । यो कुरा २०३९।९।९ को निर्णयले नै प्रष्ट गर्दछ । उक्त निर्णयको तपसील खण्डको प्रकरण १ मा असर पर्ने व्यक्तिले सद्दे कीर्ते छुट्याई ल्याएका बखत कारवाही हुने भनी स्पष्ट नि