निर्णय नं. २३१५ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३१५ - जालसाजी भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/१६ २४४४ निर्णय नं. २३१५ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ४६१ मुद्दा : जालसाजी । पुनरावेदक/प्रतिवादी:जि.धनुषा जनकपुर न.पं.वडा नं. ८ बस्ने वशिष्ट शरण वैष्णव । विरूद्ध विपक्षी/वादी: जि.धनुषा जनकपुर न.पं.वार्ड नं. ८ बस्ने जानकी बल्लभ शरण वैष्णव । फैसला भएको मिति:२०४२।२।१६।४ मा कुनै न्यायिक निकायले आफ्नो अधिकारक्षेत्र बाहिरको मुद्दा हेरे छिनेको बदर हुने भएपछि सो परिरहेको मुद्दाबाट फेरि कारवाई किनारा गर्न भनी उक्त मुद्दा अधिकार प्राप्त निकायमा पठाउने व्यवस्था प्रचलित नेपाल कानुनमा भएको पाइन्न । (प्रकरण नं.१७) फैसला न्या.त्रिलोक प्रताप राणाः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. स्व.गुरूदेव महिसुता शरणजीको म जेठोचेला भएको हुँदा ०१५।२।२७ मा स्थानसहित १०–२–१४ जग्गा मलाई बकसपत्र गरिदिएबाट विपक्षीले ज.पु.न.पं.वार्ड नं. ८(ख) कि.नं. २७६ को १–१२–१७ जग्गा निजी तवरले आवाद गरेकोले यस्तो किनभयो भनी बुझ्दा स्व.महिसुता शरणको अरू चेला नभएको भनी ०२८।९।१३ मा भू. प्र.का.मा निवेदन दिई ०२८।९।२६ गते सनाखतसमेत गरी जनकपुर मैनेजरीपटवारी स्व.सुरतलाललाई मिलाई जालसाजी गरी नामसारी दर्ता गराएकोले कीर्तेको १० नं.ले सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र। ३. गुठी संस्थान ऐन, ०३३ को दफा ६२ ले गरेको व्यवस्थालाई गम्भीर रूपमा उल्लंघन गरी दायर गरेको प्रस्तुत मुद्दा बदरभागी छ । गुठी संस्थान वादी वा प्रतिवादी भएको मुद्दाको शुरू कारवाही गर्ने अधिकार अञ्चल अदालतलाई मात्र छ । विपक्षीले प्रतिवादी बनाएको गु.त.तथा ख.का.निर्जीव कानुनी व्यक्ति हो र यसले कुनै फौजदारी अपराध गर्न सक्दैन भने वादीले आफूलाई यो फाइदा हुने कार्य गर्यो भन्न नसकेबाट वादी दावी खारेज गरिपाउँ भन्ने समेत गुठी तहसिल तथा खर्च कार्यालयको प्रतिउत्तरपत्र । ४. वादी दावी अनुसार कीर्ते जालसाजी गरेको होइन । स्व.महिसुता शरणको जग्गा अपुताली खाने हकवालाको नाताले ०२९।१।५ मा आफ्ना नाममा नामसारी दर्ता गराएको छु । रोहवरमा विपक्षीले पनि स्वीकृति दिनु भएको थियो भन्ने समेत व्यहोराको बशिष्टजा शरणको प्रतिउत्तर । ५. वादी जानकी बल्लभलाई बकसपत्र गरिदिएको कागजमा खूद यिनै प्रतिवादी बशिष्टजा शरण साक्षीमा बसेको समेत रेकर्डबाट स्पष्ट देखिएकोले प्रतिवादीले जानाजानी हकदार मेटाउन जालसाजीपूर्ण कार्य गरेकोले जालसाजी गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरू जि.अ.को फैसला । ६. सो फैसलामा चित्त नबुझी प्रतिवादीले ज.अं.अ.मा पुनरावेदन गरेको । ७. यिनै पक्ष विपक्ष भएको फौ.पु.नं. ४२१ को जालसाजी मुद्दामा शुरू फैसला बदर भएकोले यसमा पनि शुरूको खारेजी फैसला बदर हुनेठहर्छ भन्नेसमेत व्यहोराको मिति ०३८।५।२६ को ज.अं.अ.को फैसला । ८. उक्त फैसला उपर पुनरावेदक वादीको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन । ९. अञ्चल अदालतमा लाग्ने मुद्दा शुरू जिल्ला अदालतमा वादीले दर्ता गर्न ल्याए पछि दरपिठ गर्नु पर्ने अथवा भूलबाट दर्ता भएपछि अधिकारक्षेत्र भएको अदालतमा पार्नु पर्नेमा सो नगरी शुरू जि.अ.ले निर्णय गरेको अदालतको गल्ती देखियो । पुनरावेदनको रूपमा जनकपुर अञ्चल अदालतमा मुद्दा आइसकेपछि शुरू जिल्ला