निर्णय नं. २३१६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३१६ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/१८ २४०० निर्णय नं. २३१६ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको फौ.सा.नं. १०८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:आनन्दकुमार नेपालको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:पाल्पा जि.बुझङ गा.पं.वा.नं. ९ बस्ने जीवन कुमारी नेपाल । फैसला भएको मिति:२०४२।३।१८।३ मा प्रहरीमा भएको मेरो कागज सुनी पाएँ, सो मैले भने बमोजिम लेखिएको हो भनी बयान गरेको देखिँदा जिउँदो जन्मेको बालिका मरेको सम्झी गाडेको भन्ने निजको जवाफ मिल्दो देखिन्न । (प्रकरण नं.१६) पुनरावेदक वादी तर्फबाटःX विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.त्रिलोक प्रताप राणा: प्रस्तुत मुद्दा साधक सदरको लागि पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छः म आनन्दकुमार नेपाल २ वर्ष अगावै भारतमा नोकरी गर्न गई यही ०३८।१।१ गते घरमा आएको र म भारतमा भएको मौकामा मेरो श्रीमती लछिमादेवी नेपालले नमालुम कस्को गर्भ बोकेकी रहिछन् । मिति ०३८।१।२७ गतेका दिन पेटमा रहेको गर्भ तुहाई पतन गराई तरुल झिकेको खाल्डोमा सो जातक गाडेकी रहिछन् खोजतलास गर्दा फेला परेकोले को कसको गर्भ बोकी सो जातक जन्माई गर्भ पतन गर्ने लछिमादेवीलाई कानुन बमोजिम कारवाही होस् भन्ने व्यहोराको ०३८।१।२९ को आनन्दकुमारको दर्खास्त । ३. गिरीराज नेपाल समेतले गरिदिएको ०३८।१।२० को लाश प्रकृति मुचुल्का । ४. यो बच्चा जिउँदो जन्मेको र जन्मेपछि सास लिएको हो र जन्मेको १ घण्टाभित्र रगत बगी मरेको हो जन्मेको बेलामा नली खुट्टाको हड्डी फुस्केको पनि देखिन्छ भन्ने समेत व्यहोराको ०३८।२।१ को पोष्टमार्टम रिपोर्ट । ५. गाउँको ढुण्डीराज नेपालको छोरा शम्भु नेपालले मलाई करणी गरेकोले सोही करणी विर्यबाट मेरो गर्भ रहन गएको हो र सो गर्भबाट ०३८।१।२७ गतेको दिन सिसु जातक छोरी जन्मेकोले सो बच्चा जन्मेकी मेरो सासु जीवनकुमारी नेपालले पनि थाहा पाएकीले मैले बच्चा जन्माएको कोठीमा आई यो बालक यसै राख्नु हुँदैन । तैंले बच्चा लिएर हिंड् भनेपछि म अगाडि गई खल्टुकको रुखनेर तरुलको खाल्डोमा सो जातकलाई जिउँदै उत्तानो पारी सुताई माथिबाट खल्टुकको पातले छोपी दिएको हो । सासुले पछिबाट कोदालोले माटो खनी पुरिदिएकी हुन् भन्ने समेत व्यहोराको अभियुक्त लछिमादेवी नेपालले गरेको ०३८।२।७ को मौका बयान कागज । ६. मैले बुहारी लछिमादेवीलाई तँ कि जेल जानु पर्यौं नत्र भाग भनी रिसको झोकमा भनेकी हुँ मैले तरुलको खाल्डोमा उक्त जातक राख्न लगाई कोदालोले माटो खनी पुरेको होइन किन लछिमाले मलाई समेत पोल गरिन मलाई थाहा छैन भन्ने समेत व्यहोराको ०३८।२।७ को जीवनकुमारी नेपालको प्रहरीमा कागज । ७. जीवनकुमारीले गर्भ तुहाउन लगाई सहयोग गरी मारी दवाए जस्तो लाग्दैन निज लछिमादेवीले नै मारी फालेको होला भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको भोजराज उपाध्याय समेतले गरिदिएको ०३८।२।१३ को सरजमीन मुचुल्का । ८. अभियुक्त लछिमादेवी नेपालले जिउँदो बालक छोरी जातक जन्माई कर्तव्य गरी मुलुकी ऐन ज्यानसम्बन्धी १ नं.को अपराध गरेकोले निज लछिमादेवी नेपाल उपर सोही ऐनको १३ को देहाय ३ बमोजिम कारवाही र सजायँ हुन र निजकी सासु जीवनकुमारीले छोरी जातक जन्माई कर्तव्य गरी मारेको कुरा थाहा पाई लुकाई छिपाई राखेकीले निजलाई मु.ऐन ज्यानसम्बन्धीको २६ नं. बमोजिम कारवाही र सजायँको माग दावी भन